Pairabi logo

मंसिर २५, २०८२, बुधबार                    

लैङ्गिक समानता सशक्तीकरणमा राज्यको लगानी बढ्दै

सम्वाददाता

सम्वाददाता

लैङ्गिक समानता सशक्तीकरणमा राज्यको लगानी बढ्दै
ADVERTISEMENT

नेपालगन्ज, २५ फागुन स् लैङ्गिक समानताका विषयमा राज्यले लगानी बढाउँदै लगेको सरोकारवालाले बताएका छन् । एक सय १४औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बाँकेको नेपालगञ्जमा सरोकारवालाबीच भएको छलफलमा सहभागीले सो कुरा बताएका हुन् । 

राज्यले लैङ्गिक समानता तथा सशक्तीकरणका क्षेत्रमा लगानी गरे पनि त्यसको प्रतिफल आउन नसकेकामा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । ‘लैङ्गिक समानता, सामाजिक समावेशीकरण एवं एचआइभी एड्ससम्बन्धी नीति र त्यसको कार्यान्वयनको अवस्था र भोलिको सोच’ विषयमा यहाँका सरोकारवालाबीच छलफल भएको थियो । 

मूल समारोह समिति एवं नगरस्तरीय लैङ्गिक हिंसा निगरानी सञ्जाल नेपालगञ्जका ९लुम्बिनी प्रदेश० को आयोजनामा गरिएको उक्त छलफल कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईले राज्यले तेस्रोलिङ्गीका लागि रोजगारीको व्यवस्था नगरे यौन व्यवसायको बाटो अपनाउन बाध्य हुने बताउनुभयो । उहाँले तेस्रोलिङ्गीलाई पनि सम्मानपूर्वक जीवन बाँच्ने अधिकार भएको भन्दै त्यसतर्फ राज्यको ध्यानाकर्षण गराउनुभयो ।

जिल्लास्थित विपन्न तथा गरिब परिवारका लागुऔषध प्रयोगकर्तालाई पुनःस्थापना केन्द्रमा राख्नलाई उपमहानगरले आफैँ लगानी गरी सहयोग गरिरहेको उपप्रमुख राईले बताउनुभयो । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख मञ्जु पाण्डेले महिला सशक्तीरकणका लागि शिक्षा सबैभन्दा महत्वपूर्ण विषय रहेको बताउनुभयो । उहाँले उपमहानगरका २३ वडामध्ये १८ मा महिला तथा बालबालिकासम्बन्धी कार्यक्रम पुगेको जानकारी दिनुभयो । साथै महिला सशक्तीकरणका लागि पाँच वटा सहकारी संस्था बनाइएको उहाँको भनाइ छ ।

सेवा दिएरमात्र नहुने भन्दै व्यवस्थालाई उपयोग गर्नतर्फ लाग्न एएचएफ नेपालका ‘कन्ट्री प्रोग्राम म्यानेजर’ दिव्यराज जोशीले बताउनुभयो । उक्त कार्यक्रममा डा सङ्केत रिसालले सरकारले एचआइभी न्यूनीकरण गर्नका लागि ओसिएमसी ९अस्पतालमा आधारित लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र० कार्यक्रम लागू गरेको बताउनुभयो । उहाँका अनुसार बाँकेको भेरी अस्पतालमा उक्त एकद्वार प्रणाली प्रभावकारीरुपमा सञ्चालन भइरहेको छ । 

भेरी अस्पतालमा आकस्मिक सेवाका रुपमा ओसिएमसी कार्यक्रम सञ्चालन भइरहेको डा रिसालले जानकारी दिनुभयो । अस्पतालमा एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमा चिकित्सक, प्रहरी, वकिललगायत सबै सेवा एकै ठाउँबाट दिइँदै आइरहेको उहाँले बताउनुभयो । 

पश्चिम तारा नेपालका कार्यक्रम संयोजक परिना चौधरीले झण्डै एक दशक पहिले र अहिले नेपालगञ्जमा तेस्रोलिङ्गीलाई गरिने हिंसामा न्यूनीकरण भएको बताउनुभयो । विगत एक वर्षयता तेस्रोलिङ्गीलाई शारीरिक हिंसा नभई मानसिक हिंसा भइरहेको उहाँको भनाइ थियो ।

उहाँका अनुसार कोभिडको समयमा मानसिक हिंसाका कारण देशैभरि ४३ जनाले आत्महत्या गरेको तथ्याङ्कमा उल्लेख छ । कार्यक्रममा सहभागीले बाँकेमा विशेष गरेर लागुपदार्थ सेवनकर्ताका श्रीमती घरेलु हिंसामा सिकार हुन गरेको बताएका थिए । 

ताजा

सबै

केन्द्रीय तहका नेता एक निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने : राठौर

नेपालगन्ज । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता एउटा…

तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्छ : सहमहामन्त्री राठौर

बर्दिया । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिँह राठौरले तोकिएकै मितिमा निर्वाचन ग…

लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुदा पिडितले न्याय पाएनन

नेपालगन्ज, १८ मसिंर । लैङ्गिक हिंसाविरुद्ध अहिले थुप्रै कानुनहरु भएपनि त्यसको प्रभावक…

कार्यस्थलमा समेत महिला असुरक्षित

नेपालगन्ज १७ मसिंर ।कार्यस्थलमा महिलामाथी विभिन्न किसिमका हिंसाहरु हुने गरेको एक का…

लोकप्रिय

सबै

तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्छ : सहमहामन्त्री राठौर

बर्दिया । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिँह राठौरले तोकिएकै मितिमा निर्वाचन ग…

केन्द्रीय तहका नेता एक निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने : राठौर

नेपालगन्ज । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता एउटा…

यो पनि

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

नेपालगन्ज, २९ कात्तिकः बाँकेको बैजनाथ गाउँपालिकामा अवस्थित गाभर भ्याली सामुदायिक घर…

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

बाँके, २३ कात्तिकः सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार …

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज, २१ कात्तिकः पश्चिम नेपालको नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्…

नेपालगन्जमा इस्लामिक कला अन्तर्राष्ट्रिय दिवस मनाइने

नेपालगन्जमा इस्लामिक कला अन्तर्राष्ट्रिय दिवस मनाइने

नेपालगन्ज ।द मदर फाउण्डेशनले विगत लामो समयदेखि सांस्कृतिक कूटनीतिको माध्यमबाट अन्तर्र…