Pairabi logo

असोज २६, २०८३, सोमबार                    

विपद् व्यवस्थापनबारे अध्ययन गर्न भियतनामी टोली राप्ती सोनारीमा

सम्वाददाता

सम्वाददाता

विपद् व्यवस्थापनबारे अध्ययन गर्न भियतनामी टोली राप्ती सोनारीमा
ADVERTISEMENT

बाँके, २३ फागुन : बाँकेको राप्ती सोनारी गाउँपालिकामा विपद् व्यवस्थापनसम्बन्धी सिकाइका लागि भियतनाम सरकारको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणको टोली आइपुगेको छ । 

बाँकेको राप्ती सोनारी गाउँपालिकाले गर्दै आएको विपद् व्यवस्थापन कार्यको अवलोकन र सिकाइ आदान–प्रदानका लागि भियतनामको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवन्धक निर्देशिक एनजीजेन भान तिइनको नेतृत्वमा आएको नौ सदस्यीय टोली राप्ती सोनारीमा आइपुगेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले राससलाई जानकारी दिनुभयो ।

“विपद् व्यवस्थापनको क्षेत्रमा हामीले यहाँ गर्दै आएका काम, योजना र अनुभव जानकारी गराएका छाँै, उनीहरुले पनि आफूहरुले गर्दै आएको कामबारे जानकारी गराएका छन्”, प्रमुख प्रशासकीय अधिकृत देवकोटाले भन्नुभयो, “दुवै देशको अनुभव आदान–प्रदान गर्ने काम भएको छ ।”

भियतनाम सरकारको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणको टोलीले गाउँपालिकामा रहेको स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्र, बाढी मापन केन्द्र कुसुम, साइरन प्रणाली, कुसुममा निर्माण गरिएको बाढी प्रतिरोधात्मक घरको प्रत्यक्ष अवलोकन गरी विपद् व्यवस्थापनको क्षेत्रमा भइरहेको कामका बारेमा जानकारी आदान–प्रदान गरेको गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले बताउनुभयो । 

बाँकेको राप्ती सोनारी गाउँपालिका राप्ती नदीमा आउने बाढीजन्य विपद्बाट बढी प्रभावित रहेको छ । बाढीजन्य विपद्बाट हुने क्षति कम गर्न दुवै देशका प्रतिनिधिबीच छलफल गरिएको उहाँको भनाइ छ । बाँकेको राप्ती सोनारी गाउँपालिका हुँदै बग्ने राप्ती नदीको बाढीबाट बच्न वडा नं १ कुसुममा बाढी मापन केन्द्र सञ्चालनमा रहेको छ । नदीमा ठूलो बाढी आउनासाथ राप्ती नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई जोगाउन साइरन बजाउने गरिएको छ ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…