Pairabi logo

भदौ १५, २०८३, सोमबार                    

नागरिकता नहुदाको पीडा ......

सम्वाददाता

सम्वाददाता

नागरिकता नहुदाको पीडा ......
ADVERTISEMENT

बितिशा चौधरी 

बासगढी (बर्दिया) फागुन १७  ।  बर्दियाको बढैयाताल नगरपालिका ९ मुनाल बस्तीकी ४० बर्षिय सीता थारु बर्ष भइन तर उनको अहिले सम्म नागरिकता बनेको छैन । उनका एउटा छोरा र चार छोरी छन । उनका  श्रीमान सिताराम थारु अर्को विवाह गरे पछि लामो समय देखि सम्पर्क बिहिन छन ।    

श्रीमानले कान्छी श्रीमति लिएर गाउ छोडेको  करिब १६ वर्ष भयो । पछिल्ला दिनहरुमा श्रीमान कहा बस्छन के गर्छन भन्ने सीतालाई थाहा   छैन । सीताका   तीन वटा छोरीको पनि विवाह पनि भई सकेको छ ।  सीता एउटा छोरा र एउटी छोरीसंग संगै बस्दै आएकी छिन । कान्छि श्रीमति ल्याए पछि श्रीमानले  आफु र आफ्ना छोरा छोरीहरुलाई हेला गर्न थालेको सीताले बताइन ।

सीताको नागरिकता नबन्दै सानै उमेरमा बिबाह भयो । बिबाह पछि राम्रै संग घर परिबार चल्दै आएको थियो । बिबाह पछि पनि श्रीमानले कान्छि श्रीमति लिएर हिड्दा सम्म सीताको नागरिकता बनेको थिएन । सीता भन्छिन — त्यति बेला नागरिकताको कामै  परेको थिएन । छोरीहरु ठुला भए पछि नागरिकता आबश्यक पर्यो ।

छोरीहरुका लागि नागरिकता बनाउनका लागि उनका बुवाको नागरिकता चाहिदो रहेछ । बुवा नहुदा आमाको नागरिकता भए पनि हुदो रहेछ । बुबा  सिताराम  लामो समय देखि सम्पर्क बिहिन छन । मेरो नागरिकता नै बनेको छैन । मेरो नागरिकता नबनेका कारण छोरीहरु नागरिकता बनाउन  सकिएन । बिबाह भएर गए पछि उनीहरुको नागरिकता श्रमिानको घरबाट बन्यो ।

छोरीहरुको बिबाह पछि श्रीमानको घरबाट नागरिकता बने पनि छोराको नागरिकता बनाउन बाबु आमाको नागरिकता चाहिदो रहेछ । बुवा सम्पर्क बिहिन भएका कारण छोराको नागरिकता बनाउन पनि समस्या परेको छ । छोरा बिजय अहिले १५ बर्षमा भए । १६ बर्ष पुगे पछि नागरिकता बनाउन सकिने कानुनी ब्यबस्था छ । 

सुचना र मानब अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिबक्ता बिश्वजित तिबारी अनुसार बुवा बेपत्ता र आमाको नागरिकता नभएको अबस्थामा भएका  आमा र छोराको नागरिकता जिल्ला प्रशासन कार्यालयले नबनाइदिने समस्या छ । यस्तो समस्या बर्दियामा मात्रै नभएर बाके लगायत देशका अन्य जिल्लाहरुमा पनि छ । त्यस्तो समस्या भए पछि प्रशासन कार्यालय बिरुद्ध उच्च अदालतमा मुद्दा दायर गरेर अदालतबाट नागरिकता दिनु भन्ने आदेश गराएर नागरिकता बनाउन सकिने बिकल्प कायमै छ ।

सीता र उनका छोरा छोरीले अनुरोध गरेमा उनीहरुको नागरिकता बनाउनका लागि आबश्यक पर्ने कानुनी सहायता मानब अधिकार अनुसन्धान केन्द्रले निशुल्क उपलब्ध गराइदिने अधिबक्ता तिबारीले बताए । नेपालको संबिधानले सबै नेपाली नागरिकहरुलाई नागरिकताको हक प्रदान गरेको छ । नागरिकताबाट कुनै पनि नेपाली नागरिकलाई बन्चित गर्न पाइदैन ।  

पछिल्ला दिनहरुमा छोरा छोरीलाई स्कुलमा भर्ना गर्दा पनि उनीहरुको जन्मदर्ताको कागज चाहिदो रहेछ । बुवा बेपत्ता र आमाको नागरिकता नभएका कारण सानो छोरा र छोरीको जन्म दर्ताको कागज पनि बनेको छैन ।  जन्म दर्ता नहुदा स्कुलले भर्ना गर्न गर्न नमाने पछि आफ्नै वडाका  जनप्रतिनिधिलाई भनेर छोरा र छोरीको भर्ना गराएको सीताले बताइन ।

 श्रीमान घरमा छैनन । हुर्किएका छोरीहरुको बिहे भई सक्यो । घरमा साना छोरा छोरी छन । ती पनि स्कुलमा पढ्न जाने भएका कारण सिङो घर चलाउने जिम्मेबारी सीताको काधमा छ । आफ्नो नाममा एक कठठा पनि जग्गा जमिन छैन । ४/५ कठठा ऐलानी जग्गामा घर बनाएर बस्दै आएकी सीताले ज्याला मजदुरी गरेर घर खर्च चलाउदै आएकी छिन ।

नागरिकता नहुदा गरिब तथा बिपनन नागरिकका ालगि आएका सीप मुलक तालिम, अनुदानबाट समेत बन्चित हुनु परेको सीताले  बताइन । सीताको छोरा बिजय अहिले  १५ वर्षका भए । छोरी दुर्गा १० बर्ष कि भइन । बिजय र दुर्गाले गाउकै  कालिका मावि मुनाल बस्तीमा  पढ्छन ।

घरको आर्थिक अवस्था पनि कमजोर भएको कारण फुसको छानो भएको कच्चि घरमा बस्दै आएकी छिन । गाउमा गठन हुने बिभिन्न समुहमा समेत सीता बस्न पाएकी छैनिन । गाउका अधिकाश ब्यक्तिको घरमा  खानेपानीको धारा भए पनि उनको घरमा धारा  छैन । नागरिकता नभएका कारण बडा कार्यालय र संघ संस्थाबाट धारा जडान गर्न समेत समस्या परेको छ ।

आजकाल  जे काम गर्दा पनि नागरिकता चाहिन्छ । त्यहि नागरिकता नहुदा नहुदा सरकारर संघ संस्थाहरुले दिने कुनै पनि सुबिधाहरु पाउनबाट बन्चित भएको उनको दुखेसो छ । बढैयाताल नगरपालिकाका पुर्ब  कार्यपालिका सदस्य  जित बहादुर सुनारका अनुसार नागरिकता नहुदा सीता र उनको परिबार नगरपालिकाले उपलब्ध गराउने सेवा र सुबिधा बाट समेत बन्चित छन । गरिब तथा बिपन्न परिबारका लागि सरकारले उपलब्ध गराएको सुरक्षित आबास कार्यक्रमले तोकेका मापडन्डमा सीताको परिबार परे पनि नागरिकता नहुदा सुरक्षित आबास कार्यक्रममा समाबेस गर्न सकिएन ।

सीताको नागरिकता बनाउनका लागि वडा कार्यालयबाट सिफारिस गरेर जिल्ला प्रशासन कार्यालय बर्दियामा पठाए पनि कागजपत्र र प्रमाण नपुगेको जानउदै प्रशासन कार्यालयले नागरिकता बन्दैन भनेर फर्काइ दिएको पुर्ब कार्यपालिका सदस्य सुनारले बताए ।

जित बहादुर भन्छन  अहिले म  कार्यपालिका सदस्य छैन तर सीताको परिकारले खेप्नु परेका समस्याका बारेमा जानकार छु । सीताको घरमा नागरिकता खानेपानीको धारा जडान गराउनका लागि पहल गरि रहेको छु । सीता एलानी प्रति जग्गामा बसोबास गर्दै आएकी छिन । नागरिकता नभएका कारण  सीताको अब्यबस्थित बसोबासीको नाम दर्ता समेत हुन सकेको छैन ।

बढैयाताल नगरपालिका वडा नं ९ का वडा अध्यक्ष्ँ विर बहादुर थारु भन्छन म वडा अध्यक्ष बने पछि सीताको नागरिकता बनाउनको लागि वडा कार्यालयबाट सिफारिस  सहितको कागजपत्र बनाएर जिल्ला  प्रशासन कार्यालयमा पठाएको थिए । तर प्रशासन कार्यालयले कागजपत्र र प्रमाण नपुगेको भनेर फर्काइदिए छ । श्रीमानबाट नागरिकता बनाउन गाहे भए पछि माइतीबाट बनाउने प्रयास गरियो । 

बिबाहित छोरीको अब माइतीबाट नागरिकता बन्दैन भनेर फकाइ  नागरिकता नहुदा सीता र उनका छोरा छोरीले धेरै दुख्ख पाएका कारण लामो समय देखि सम्पर्क बिहिन भएर बसेका सीताका श्रीमान सीताराम थारुलाई खोजेर गाउमा ल्याएर नागरिकता बनाउन लगाउने भन्ने बिकल्पमा छलफल भई रहेको वडा अध्यक्ष थारुले बताए । 

सीताको नागरिकता नभए पनि उनको आर्थिक अबस्थाका बारेमा जानकारी भएका कारण मिले सम्म वडा कार्यालयबाट उनको परिबारलाई पहिलो प्राथमिकता मै राखेर अनुदान लगायतका सुबिधाहरु दिने गरेको बताए । विद्यालयबाट प्रदान गरिने छात्राबृत्तिमा पनि सीताका छोरा बिजय र छोरी दुर्गालाई प्राथमिकतामा राखेर दिने ब्यबस्था मिलाएको वडा अध्यक्ष थारुले बताए ।  

ताजा

सबै

समाजसेवी शकिल जसगढद्धारा दुई लाख एघार हजार सहयोग

नेपालगन्ज १३ भदौ । नेपालगन्जका प्रसिद्ध व्यवसायी वरिष्ठ समाजसेवी नेपाल ज्वेलर्सका सञ्चाल…

बर्दियाको बारबर्दियामा तहगत तथा विषयगत शिक्षक सञ्जाल गठन

बर्दिया, १३ भदौ। गुणस्तरीय शिक्षाको आधार सुदृढ गर्ने उद्देश्यले सुरक्षित भविष्य परियोजन…

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

बसन्त गौतम काठमाडौँ, । हामी सबै नागरिक कुनै न कुनै रूपमा उपभोक्ता हौँ । खाना, औषध…

मोहम्मद जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा

काठमाण्डौ ९ भदौ । सरकारले मोहम्मद जयन्तीका अवसरमा बुधबार मुस्लिम धर्मावलम्बीहरूका लाग…

लोकप्रिय

सबै

बर्दियाको बारबर्दियामा तहगत तथा विषयगत शिक्षक सञ्जाल गठन

बर्दिया, १३ भदौ। गुणस्तरीय शिक्षाको आधार सुदृढ गर्ने उद्देश्यले सुरक्षित भविष्य परियोजन…

समाजसेवी शकिल जसगढद्धारा दुई लाख एघार हजार सहयोग

नेपालगन्ज १३ भदौ । नेपालगन्जका प्रसिद्ध व्यवसायी वरिष्ठ समाजसेवी नेपाल ज्वेलर्सका सञ्चाल…

यो पनि

नयाँ सुधांशु र पुराना इस्तियाकबीच काँटेका टक्कर ! सुशील कोइरालाको विरासत जोगाउने कसरतमा कांग्रेस

नयाँ सुधांशु र पुराना इस्तियाकबीच काँटेका टक्कर ! सुशील कोइरालाको विरासत जोगाउने कसरतमा कांग्रेस

तुला अधिकारी निर्वाचनलाई नेपालगञ्जको स्थानीय लवजमा चुनाउ भनिन्छ । २ वर्षअघि नै अकस्मा…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

पदयात्रा गर्न पाउँदा खुसी हुन्छन् पर्यटक

पदयात्रा गर्न पाउँदा खुसी हुन्छन् पर्यटक

नेपालगञ्ज, ८ मङसिर : बाँकेमा विभिन्न स्थानमा रहेका पर्यटकीय क्षेत्रमा पदयात्रा गर्न पाउ…

नयाँ पेसा र पहिचानको खोजीमा महाउत समुदाय

नयाँ पेसा र पहिचानको खोजीमा महाउत समुदाय

भेषराज बस्नेत । बाँकेको डुडुवा गाउँपालिका६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम महाउ…