Pairabi logo

असोज २६, २०८३, सोमबार                    

चामल र चुराको तौल कम गरी बेच्ने केएल दुगडलाई कारवाही गर्ने सभापति खानको भनाई

सम्वाददाता

सम्वाददाता

चामल र चुराको तौल कम गरी बेच्ने केएल दुगडलाई कारवाही गर्ने सभापति खानको भनाई
ADVERTISEMENT

बाँके, ७ फाल्गुन । बाँकेको गनापुरमा रहेको केएल दुगड समूहले चामल र चुरामा तौल कम गरी ठगी गरेको आरोपमा कारवाहीको दायरामा आउने भएको छ । उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति एंव पूर्व खानेपानी मन्त्री अब्दुल खानले केएल दुगडको अनुगमनको क्रममा तौलमा उपभोक्तालाई ठगी गरेको भेटिएपछि नियम बमोजिक जरिवाना र आवश्यक कारवाही गर्ने बताउनु भयो । 

केएल दुगडले उत्पादन गरेको २० किलो चुरा र ५० किलोको अरुवा मोटा चामलको बोरामा ५० ग्राम देखि २०० ग्राम घटाएर बेचेको गुनासो आएपपछि  सभापति खानले आकस्मिक निरीक्षण गर्दा उपभोक्तलाई ठगी गर्दै आएको भेटेको बताउनु भयो । केएल दुगडको अनुगमन गरेर फर्किए पछि सोमबार पत्रकारहरु संग कुरा गर्दै सभापति खानले उपभोत्तालाई ठगेको भेटिएकोले उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कारवाही गर्ने जिकिर गर्नु भयो ।

सभापति खानले भन्नुभयो, हामीले शिक्षा दिने गरी बजार अनुगमन थालेका छौँ, मानिसको स्वास्थ्यसँग खेलवाड गर्नेगरी खाद्यवस्तु बिक्रीवितरण नगर्न, तौल कम गरेर उपभोक्तालाई ठग्नेहरु जुन स्तरको व्यापारी भए पनि समितिले कारवाही गर्ने चेतावनी दिनु भयो । 

केएल दुगडका केही कर्मचारीहरुले सभापति खानलाई अनुगमन गर्नमा केही समय अवरोध गरे पछि प्रहरीको सहयोगमा खानले उद्योग भित्र अनुगमन गर्दा उक्त समस्या देखा परेको सभापति खानका निजि सचिव अतिउल्ला मुसलमानले जानकारी गराउनु भयो । 

यस्तै केएल दुगडका प्राविधिक म्यानेजर प्रेम कुमार शर्माले अनुगमनका क्रममा अवरोध भएको स्विकार गर्नु भयो । उहाँले कर्मचारीमा शिक्षाको कमी भएकोले उक्त समस्या आएको बताउदै भविष्यमा सुधार गरेर जाने जिकिर गर्नु भयो । केही खाद्यान्नमा तौल कम भएको बताउदै उक्त गल्तीलाई सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । 

सभापति खानले आईतबार बाँकेको गनापुरमा रहेको केएल दुगड, पानस कम्पनी र अम्बे टिलको समेत अनुगमन गरी उद्योगहरुमा काम गर्ने मजदुरहरुको समस्या र पारिश्रमिकका विषयमा छलफल गर्नु भएको थियो ।

सभापति खानले अम्बे स्टिलमा काम गर्ने मजदुरहरुले समयमा पैसा पाउन नसकेको गुनासो गर्नुका साथै सुरक्षा कब्जहरु समेत कम्पनीले उपलब्ध नगराउद जोखिम मोलेर काम गरी रहेको पिडा सुनाएको बताउनु भयो । उहाँले फ्याक्ट्री म्यानेजर अनुज श्रेष्ठलाई अम्बे स्टिलमा देखा परेको समस्यालाई तत्काल समाधान गर्न निर्देशन दिएको बताउदै काठमाडौ फर्किए लगत्तै लिखित रुपमा आवश्यक निर्देशनहरु पठाउने बताउनु भएको थियो ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…