Pairabi logo

पुस ०३, २०८२, बिहीबार                    

नेपालगन्ज जनकपुर उडान सुरु

सम्वाददाता

सम्वाददाता

नेपालगन्ज जनकपुर उडान सुरु
ADVERTISEMENT

नेपालगन्ज, ५ फागुन : आन्तरिक धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पहिलो पटक नेपालगञ्जबाट जनकपुरका लागि हवाई उडान शुरु गरिएको छ । यति एयरलाइन्सले आज पहिलो प्रवर्द्धनात्मक उडान दिउँसो नेपालगञ्ज विमानस्थलबाट जनकपुरका लागि गरेको यति एयरलाइन्सले जनाएको छ ।

जनकपुरको जानकी मन्दिर दर्शन गर्न जाने र जनकपुरबाट नेपालगञ्जको बागेश्वरी मन्दिरसहित भारतको अयोध्यास्थित राम मन्दिर दर्शन गर्न आउने धार्मिक यात्रुको सुविधालाई ध्यानमा राखेर नेपालगञ्ज–जनकपुर सिधा हवाई उडान शुरु गरिएको यति एयरलाइन्स नेपालगञ्जका प्रमुख दिलीप कार्कीले बताउनुभयो । 

उहाँले निकै उत्साहका साथ शुरु भएको उडानको पहिलो खेपमा ७२ जना यात्रु र एक जना बच्चासहित जहाज जनकपुर प्रस्थान गरेको र आजै उक्त जहाज नेपालगञ्ज फर्किको बताउनुभयो । 

जनकपुरका लागि गरिएको पहिलो प्रवर्द्धनात्मक उडानमा लुम्बिनी प्रदेशका सहरी विकासमन्त्री कृष्णा केसी, लुम्बिनी प्रदेश सभाका सदस्य अम्बिका काफ्ले, बागेश्वरी मन्दिरका मूल महन्त योगी चन्द्रनाथ, नेपालगञ्ज उपमहानगरपालिका मेयर प्रशान्त विष्ट, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टङ्क धामी, पूर्व अध्यक्षहरू नन्दलाल वैश्य र कृष्णप्रसाद श्रेष्ठसहित नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देल जनकपुर पुग्नुभएको थियो । 

उडान शुरु हुनुअघि आयोजना गरिएको एक संक्षिप्त कार्यक्रममा प्रदेशका सहरी विकास मन्त्री केसीले यो उडानले देशका दुई ऐतिहासिक धार्मिक सहरबिच सम्बन्ध जोड्नुका साथै आन्तरिक पर्यटन प्रवर्धनमा ठुलो टेवा पुरयाउने विश्वास व्यक्त गर्नुभयो । 

नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) बाँके च्याप्टर र नाट्टा मधेस प्रदेशको संयोजनमा यति एयरलाइन्सले यो उडान गरेको नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्ट्स बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले बताउनुभयो । उडानका लागि यति एयरलाइन्सले एकतर्फी भाडा रु आठ हजार पाँच सय निर्धारण गरेको छ ।
–––
 
ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

यो पनि

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

नेपालगन्ज, २९ कात्तिकः बाँकेको बैजनाथ गाउँपालिकामा अवस्थित गाभर भ्याली सामुदायिक घर…

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

बाँके, २३ कात्तिकः सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार …

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज, २१ कात्तिकः पश्चिम नेपालको नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्…