Pairabi logo

पुस ०३, २०८२, बिहीबार                    

गुणस्तरिय र समयमा काम गर्ने निर्माण व्यवसायीलाई सरकारले सम्मान गर्ने : मन्त्री ज्वाला

सम्वाददाता

सम्वाददाता

गुणस्तरिय र समयमा काम गर्ने निर्माण व्यवसायीलाई सरकारले सम्मान गर्ने : मन्त्री ज्वाला
ADVERTISEMENT

खजुरा (बाँके), ४ फागुन : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले गुणस्तरिय र समयमा काम सम्पन्न गर्ने निर्माण व्यवसायीलाई सरकारले सम्मान गर्ने बताउनुभएको छ ।

 हुलाकी सडक अन्तर्गत नेपालगन्ज गुलरिया सडकको अनुगमन पश्चात बाँकेको खजुरामा आज आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै मन्त्री ज्वालाले आफ्नै कार्यकालमा गुणस्तरिय काम गर्ने र समयमा कार्य सम्पन्न गर्ने निर्माण ब्यवसायीलाई सम्मान गर्ने परम्परा बसालेको बताउनुभयो । 

उहाँले नेपालगन्ज गुलरिया सडक खण्डमा ठेक्का पाएको निर्माण व्यवसायीले गुणस्तरिय र द्रुतगतिमा काम गरेको भन्दै ठेक्का पाएको शर्मा एण्ड कम्पनीको प्रशंसा गर्दै मन्त्री ज्वालाले नेपालगन्ज–गुलरिया खण्डमा निर्माण व्यवसायीलाई काम गरेको भुक्तानी दिन बाँकी रहेको भन्दै अर्थ मन्त्रालयमा बजेट माग गरिएकाले कामलाई निरन्तरता दिन आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो,‘बजेट निकासाका लागि लगातार प्रयास भइरहेको छ, कामलाई निरन्तरता दिनुस, पैसा आउँछ, ढुक्क भएर काम गर्नुहोस्, काम राम्रो भएको छ ।’ विकास निर्माणका आयोजनामा हुनेगरेको ढिलासुस्ती र गुणस्तरमा सरकारले कुनै सम्झौता नगर्ने उहाँले बताउनुभयो ।

‘ठेक्का लिने, काम नगर्ने निर्माण व्यवसायी र काम बिगार्ने कर्मचारीलाई कारवाहीको दायरामा ल्याएका छौं, यसमा कुनै पनि खालको सम्झौता गरिने छैन ।’ मन्त्री ज्वालाले भन्नुभयो । 

हुलाकी सडक अन्तर्गत बाँके र बर्दियाका विभिन्न स्थानसहित मन्त्री ज्वालाले परसपुर–गौघाट सडक खण्डको स्थलगत निरीक्षण गर्नुभएको थियो । 

त्यसक्रममा मन्त्री ज्वालालाई खजुराका स्थानीयबासीले अलपत्र पारिएको एक हजार आठ सय मिटर सडक हुलाकी सडकलाई हस्तान्तरण गरि छिटो बनाउन माग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।

नेपालगन्ज–गुलरिया सडक निर्माण सुरु भएको एक बर्षमा ५७ प्रतिशत प्रगति भएको छ भने परसपुर–गौघाट सडक निर्माणमा ढिलाइ भएको छ । २७.६२ किलोमिटर लामो यो सडकमध्ये ११.६ किलोमिटर चार लेन सडक बन्दैछ । 

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

यो पनि

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

नेपालगन्ज, २९ कात्तिकः बाँकेको बैजनाथ गाउँपालिकामा अवस्थित गाभर भ्याली सामुदायिक घर…

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

बाँके, २३ कात्तिकः सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार …

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज, २१ कात्तिकः पश्चिम नेपालको नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्…