Pairabi logo

असोज २६, २०८३, सोमबार                    

गुणस्तरिय र समयमा काम गर्ने निर्माण व्यवसायीलाई सरकारले सम्मान गर्ने : मन्त्री ज्वाला

सम्वाददाता

सम्वाददाता

गुणस्तरिय र समयमा काम गर्ने निर्माण व्यवसायीलाई सरकारले सम्मान गर्ने : मन्त्री ज्वाला
ADVERTISEMENT

खजुरा (बाँके), ४ फागुन : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले गुणस्तरिय र समयमा काम सम्पन्न गर्ने निर्माण व्यवसायीलाई सरकारले सम्मान गर्ने बताउनुभएको छ ।

 हुलाकी सडक अन्तर्गत नेपालगन्ज गुलरिया सडकको अनुगमन पश्चात बाँकेको खजुरामा आज आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै मन्त्री ज्वालाले आफ्नै कार्यकालमा गुणस्तरिय काम गर्ने र समयमा कार्य सम्पन्न गर्ने निर्माण ब्यवसायीलाई सम्मान गर्ने परम्परा बसालेको बताउनुभयो । 

उहाँले नेपालगन्ज गुलरिया सडक खण्डमा ठेक्का पाएको निर्माण व्यवसायीले गुणस्तरिय र द्रुतगतिमा काम गरेको भन्दै ठेक्का पाएको शर्मा एण्ड कम्पनीको प्रशंसा गर्दै मन्त्री ज्वालाले नेपालगन्ज–गुलरिया खण्डमा निर्माण व्यवसायीलाई काम गरेको भुक्तानी दिन बाँकी रहेको भन्दै अर्थ मन्त्रालयमा बजेट माग गरिएकाले कामलाई निरन्तरता दिन आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो,‘बजेट निकासाका लागि लगातार प्रयास भइरहेको छ, कामलाई निरन्तरता दिनुस, पैसा आउँछ, ढुक्क भएर काम गर्नुहोस्, काम राम्रो भएको छ ।’ विकास निर्माणका आयोजनामा हुनेगरेको ढिलासुस्ती र गुणस्तरमा सरकारले कुनै सम्झौता नगर्ने उहाँले बताउनुभयो ।

‘ठेक्का लिने, काम नगर्ने निर्माण व्यवसायी र काम बिगार्ने कर्मचारीलाई कारवाहीको दायरामा ल्याएका छौं, यसमा कुनै पनि खालको सम्झौता गरिने छैन ।’ मन्त्री ज्वालाले भन्नुभयो । 

हुलाकी सडक अन्तर्गत बाँके र बर्दियाका विभिन्न स्थानसहित मन्त्री ज्वालाले परसपुर–गौघाट सडक खण्डको स्थलगत निरीक्षण गर्नुभएको थियो । 

त्यसक्रममा मन्त्री ज्वालालाई खजुराका स्थानीयबासीले अलपत्र पारिएको एक हजार आठ सय मिटर सडक हुलाकी सडकलाई हस्तान्तरण गरि छिटो बनाउन माग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।

नेपालगन्ज–गुलरिया सडक निर्माण सुरु भएको एक बर्षमा ५७ प्रतिशत प्रगति भएको छ भने परसपुर–गौघाट सडक निर्माणमा ढिलाइ भएको छ । २७.६२ किलोमिटर लामो यो सडकमध्ये ११.६ किलोमिटर चार लेन सडक बन्दैछ । 

 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…