Pairabi logo

कात्तिक १८, २०८२, सोमबार                    

हिन्दू र मुस्लिमको आस्थाको केन्द्र बन्दै मुसबेटवा बाबा मजार

सम्वाददाता

सम्वाददाता

हिन्दू र मुस्लिमको आस्थाको केन्द्र बन्दै मुसबेटवा बाबा मजार
ADVERTISEMENT

नेपालगन्ज, ३ फागुन : बाँकेको खजुरा गाउँपालिका –४ स्थित मुसबेटवा बाबा मजार हिन्दू र मुस्लिम धर्मावलम्बीको आस्थाको केन्द्र बन्दै गएको छ । प्रत्येक वर्ष श्रीपञ्चमीको दिनदेखि तीन दिनसम्म मुसबेटवा बाबा मजारमा लाग्दै आएको मेलामा हिन्दू र मुस्लिम दुवै समुदायका सर्वसाधारणले च्यादर ओढाएर श्रद्धा व्यक्त गर्ने गर्दछन् । 

    “यो मजारमा मुस्लिम धर्मगुरु रहने भए पनि हिन्दू समुदायकोसमेत उत्तिकै आस्था र विश्वास छ”, स्थानीय अगुवा झकबहादुर पौडेलले भन्नुभयो, “मजारमा हिन्दू र मुस्लिम समुदाय अन्य दिनमाभन्दा मेलाको समयमा अधिक आउने गर्दछन् ।” 

    खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले मुसबेटवा बाबा मजार मेला धार्मिक सद्भावको नमुनाका रुपमा रहेको बताउनुभयो । यहाँ भारतका विभिन्न स्थानबाट समेत मनोकामना पूरा हुने भन्दै भक्तजन आउने गरेका छन् । 

    हिन्दू र मुस्लिम समुदायले एकसाथ विश्वास गर्ने भएकाले मुसबेटवा बाबाको मजार दुवै समुदायको आस्थाको केन्द्र बन्दै गएको गाउँपालिका अध्यक्ष विकको भनाइ छ । हरेक वर्ष श्रीपञ्चमीको दिनदेखि तीन दिनसम्म मुसबेटवा बाबाको मजारमा मेला लाग्ने गर्दछ । 

    हजरथ मुसा सा रामतुल्ला अलय र मुसबेटवा बाबाको नामले चिनिने उक्त मजारमा वर्षौँदेखि दुवै धर्मावलम्बीले पूजा गर्दै आएका छन् । मजारमा हुने सामूहिक पूजाले दुवै धर्मावलम्बीबीच सद्भाव बढाएको स्थानीय अगुवा सतिश निरौलाले जानकारी दिनुभयो ।

    उहाँका अनुसार, दैनिक पूजा हुने मजारमा बिहीबार र शुक्रबार भक्तजनको भीड लाग्ने गर्छ । मजारमा श्रीपञ्चमीका दिन वार्षिकरूपमा ठूलो मेला लाग्ने र विभिन्न धर्मावलम्बीले मेला भर्ने गरेका छन् । 

    आस्था र विश्वासको धरोहर भएकाले पनि मजारमा सन्तान नभएकाले छोराछोरी प्राप्तिका लागि वर माग्ने गरेका छन् । विश्वासले पूजाका लागि फरक धर्मका भक्तजन मजारमा आउने र धार्मिक–सामाजिक सद्भावको सन्देश प्रवाह गरेको उहाँले उल्लेख गर्नुभयो ।

    हिन्दू र मुस्लिमबीचको साझा धार्मिक सद्भाव बोकेको यस मजारमा पूजाआजा गरे मनोकाङ्क्षा पूरा हुने विश्वासका कारण दुवै समुदायका भक्तजन दर्शन गर्न आउने गरेका छन् । दुवै समुदायमा मुसबेटवा बाबासँग मागेको कुरा पूरा हुने धार्मिक विश्वास छ । सरस्वती पूजाका दिन यहाँ बाबाको दर्शन गर्न भन्दै हिन्दु र मुस्लिम दुवै धम्र्मालम्बीको भीड लाग्छ ।

    “यहाँ २०२३ सालदेखि नै हिन्दू र मुस्लिम समुदायले पूजाआजा गर्दै आएको किंवदन्ती रहेको छ”, खजुरा गाउँपालिका वडा नं ४ का वडाध्यक्ष टेकबहादुर रोकायाले भन्नुभयो, “दुवै धर्मालम्बीको आस्थाको केन्द्रका रुपमा धार्मिक र ऐतिहासिक महत्व बोकेको मजारको ऐतिहासिक महत्व दर्शाउन संरक्षण जरुरी रहेको छ ।”

     मुसवेटवा बाबालाई च्यादर चढाएमा मागेको कुरा पूरा हुने दुवै धर्मावलम्वीको विश्वास छ । चाहे हिन्दू होस् या मुस्लिम, दुवै समुदायलाई धार्मिकरुपमा मुसवेटवा बाबाले एकतामा बाँधेर आपसी सद्भावलाई बलियो बनाएको वडाध्यक्ष रोकायको भनाइ छ ।  

    वडाध्यक्ष रोकायले धार्मिक र सामाजिक सद्भावको मजारलाई थप व्यवस्थित बनाउन सङ्घ र प्रदेश सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

ताजा

सबै

अझै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद सुरु गरेन

नेपालगन्ज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित कार्यालयलले यहाँक…

नेपालगन्जमा इस्लामिक कला अन्तर्राष्ट्रिय दिवस मनाइने

नेपालगन्ज ।द मदर फाउण्डेशनले विगत लामो समयदेखि सांस्कृतिक कूटनीतिको माध्यमबाट अन्तर्र…

नेपालगञ्जमा पौडी प्रशिक्षण

नेपालगञ्ज, १२ कात्तिकः नेपालगञ्ज स्वीमिङ क्लबले नेपालगञ्ज नेसनल स्वीमिङ च्याम्पियनसीपको …

नेपालगञ्जमा जयगुरुदेवको सतसङ्ग

नेपालगन्ज ,१२ कात्तिकः बाबा जयगुरुदेव आध्यात्मिक सङगत नेपालको आयोजनामा नेपालगञ्जमा स…

लोकप्रिय

यो पनि

नारायणपुर–राजपुर खण्ड नबन्दा हुलाकी सडक अधुरो

नारायणपुर–राजपुर खण्ड नबन्दा हुलाकी सडक अधुरो

नेपालगन्ज , ९ कात्तिकः राप्तीसोनारी गाउँपालिका३ नारायणपुरबाट दाङको राजपुर गाउँपालि…

पुष्पखेती घट्दै गएपछि नेपालगञ्जमा फूलको अभाव

पुष्पखेती घट्दै गएपछि नेपालगञ्जमा फूलको अभाव

नेपालगन्ज । भारतबाट आउने अवैध प्लास्टिकजन्य फूलमाला र अन्य फूलका कारण बाँकेमा पुष्प व्…