Pairabi logo

असोज २६, २०८३, सोमबार                    

हिन्दू र मुस्लिमको आस्थाको केन्द्र बन्दै मुसबेटवा बाबा मजार

सम्वाददाता

सम्वाददाता

हिन्दू र मुस्लिमको आस्थाको केन्द्र बन्दै मुसबेटवा बाबा मजार
ADVERTISEMENT

नेपालगन्ज, ३ फागुन : बाँकेको खजुरा गाउँपालिका –४ स्थित मुसबेटवा बाबा मजार हिन्दू र मुस्लिम धर्मावलम्बीको आस्थाको केन्द्र बन्दै गएको छ । प्रत्येक वर्ष श्रीपञ्चमीको दिनदेखि तीन दिनसम्म मुसबेटवा बाबा मजारमा लाग्दै आएको मेलामा हिन्दू र मुस्लिम दुवै समुदायका सर्वसाधारणले च्यादर ओढाएर श्रद्धा व्यक्त गर्ने गर्दछन् । 

    “यो मजारमा मुस्लिम धर्मगुरु रहने भए पनि हिन्दू समुदायकोसमेत उत्तिकै आस्था र विश्वास छ”, स्थानीय अगुवा झकबहादुर पौडेलले भन्नुभयो, “मजारमा हिन्दू र मुस्लिम समुदाय अन्य दिनमाभन्दा मेलाको समयमा अधिक आउने गर्दछन् ।” 

    खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले मुसबेटवा बाबा मजार मेला धार्मिक सद्भावको नमुनाका रुपमा रहेको बताउनुभयो । यहाँ भारतका विभिन्न स्थानबाट समेत मनोकामना पूरा हुने भन्दै भक्तजन आउने गरेका छन् । 

    हिन्दू र मुस्लिम समुदायले एकसाथ विश्वास गर्ने भएकाले मुसबेटवा बाबाको मजार दुवै समुदायको आस्थाको केन्द्र बन्दै गएको गाउँपालिका अध्यक्ष विकको भनाइ छ । हरेक वर्ष श्रीपञ्चमीको दिनदेखि तीन दिनसम्म मुसबेटवा बाबाको मजारमा मेला लाग्ने गर्दछ । 

    हजरथ मुसा सा रामतुल्ला अलय र मुसबेटवा बाबाको नामले चिनिने उक्त मजारमा वर्षौँदेखि दुवै धर्मावलम्बीले पूजा गर्दै आएका छन् । मजारमा हुने सामूहिक पूजाले दुवै धर्मावलम्बीबीच सद्भाव बढाएको स्थानीय अगुवा सतिश निरौलाले जानकारी दिनुभयो ।

    उहाँका अनुसार, दैनिक पूजा हुने मजारमा बिहीबार र शुक्रबार भक्तजनको भीड लाग्ने गर्छ । मजारमा श्रीपञ्चमीका दिन वार्षिकरूपमा ठूलो मेला लाग्ने र विभिन्न धर्मावलम्बीले मेला भर्ने गरेका छन् । 

    आस्था र विश्वासको धरोहर भएकाले पनि मजारमा सन्तान नभएकाले छोराछोरी प्राप्तिका लागि वर माग्ने गरेका छन् । विश्वासले पूजाका लागि फरक धर्मका भक्तजन मजारमा आउने र धार्मिक–सामाजिक सद्भावको सन्देश प्रवाह गरेको उहाँले उल्लेख गर्नुभयो ।

    हिन्दू र मुस्लिमबीचको साझा धार्मिक सद्भाव बोकेको यस मजारमा पूजाआजा गरे मनोकाङ्क्षा पूरा हुने विश्वासका कारण दुवै समुदायका भक्तजन दर्शन गर्न आउने गरेका छन् । दुवै समुदायमा मुसबेटवा बाबासँग मागेको कुरा पूरा हुने धार्मिक विश्वास छ । सरस्वती पूजाका दिन यहाँ बाबाको दर्शन गर्न भन्दै हिन्दु र मुस्लिम दुवै धम्र्मालम्बीको भीड लाग्छ ।

    “यहाँ २०२३ सालदेखि नै हिन्दू र मुस्लिम समुदायले पूजाआजा गर्दै आएको किंवदन्ती रहेको छ”, खजुरा गाउँपालिका वडा नं ४ का वडाध्यक्ष टेकबहादुर रोकायाले भन्नुभयो, “दुवै धर्मालम्बीको आस्थाको केन्द्रका रुपमा धार्मिक र ऐतिहासिक महत्व बोकेको मजारको ऐतिहासिक महत्व दर्शाउन संरक्षण जरुरी रहेको छ ।”

     मुसवेटवा बाबालाई च्यादर चढाएमा मागेको कुरा पूरा हुने दुवै धर्मावलम्वीको विश्वास छ । चाहे हिन्दू होस् या मुस्लिम, दुवै समुदायलाई धार्मिकरुपमा मुसवेटवा बाबाले एकतामा बाँधेर आपसी सद्भावलाई बलियो बनाएको वडाध्यक्ष रोकायको भनाइ छ ।  

    वडाध्यक्ष रोकायले धार्मिक र सामाजिक सद्भावको मजारलाई थप व्यवस्थित बनाउन सङ्घ र प्रदेश सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…