Pairabi logo

असोज २६, २०८३, सोमबार                    

साँघुरा गल्लीमा आगजनीको जोखिम कम गर्न पूर्वसतर्कता

सम्वाददाता

सम्वाददाता

साँघुरा गल्लीमा आगजनीको जोखिम कम गर्न पूर्वसतर्कता
ADVERTISEMENT

नेपालगन्ज, २० माघ : नेपालगञ्जका साँघुरा गल्लीमा हुनसक्ने आगजनीको जोखिम कम गर्न पूर्वसतर्कता अपनाइएको छ ।

नेपालगञ्जको वडा नं ३ र वडा नं ७ मा चारपाङ्ग्रे सवारी प्रवेश गर्न नसक्ने गल्लीभित्र पुराना बस्ती रहेका छन् । यी बस्तीलाई आगजनीबाट जोगाउन यो कार्यमा नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाले प्राविधिक सहयोग गर्दै आएको छ । 

वडा नं ७ मा पुराना कुवालाई संरक्षण गरी चार हजार लिटर पानी २४सै घण्टा ट्याङ्कीमा राख्ने व्यवस्था मिलाइएको सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाका अधिकृत शिव सुवेदीले जानकारी दिनुभयो । 

“वडा कार्यालय र स्थानीय टोलवासीसँगको सहकार्यमा कुवा संरक्षण गरी आगजनीका बेला पानीलाई प्रयोग गर्नसक्ने अवस्थामा ल्याइएको छ”, सुवेदीले भन्नुभयो, “केही गरी साँघुरो गल्लीभित्रको बस्तीमा आगजनी भइहाले पनि अब कुवाको पानी जम्मा गरिएको ट्याङ्कीमा बस्तीभित्र पुग्ने पाइप जडान गरी आगो नियन्त्रण गरिनेछ ।”

आगो नियन्त्रण तथा समुदायस्तरमा खोज उद्धार र प्राथमिक उपचारका लागि एक सय ८३ स्वयंसेवक परिचालन गरिनुका साथै वडा नं ३ र ७ मा जनचेतनाका लागि तालिमसमेत सञ्चालन भएको सुवेदीले बताउनुभयो । दमकल प्रवेश गर्न नसक्ने गल्लीभित्र रहेको बस्तीमा आगजनी नियन्त्रणका लागि स्थानीय कुवाबाट पानी सङ्कलन गरी ‘ड्राइ फायर हाइड्रेण्ड’ विधिको विकास गरिएको छ । यो विधिमा कुवाको पानी ट्याङ्कीमा सङ्कलन गर्ने र ट्याङ्कीमा बस्तीभित्र पुग्नेगरी पाइप जडान गरिने नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ का वडाध्यक्ष प्रशान्त श्रेष्ठले जानकारी दिनुभयो । 

प्राचीनकालदेखि सर्वसाधारणको खानेपानीका उपयुक्त विकल्प बनेका कुवाको महत्व र आगजनी नियन्त्रणलाई दृष्टिगत गरी वडाभित्रका सयौँ वर्ष पुराना कुवाको संरक्षण सुरु गरिएको छ । “प्रयोगमा आउन छाडेपछि पुरिएका ऐतिहासिक कुवाको पुनःनिर्माणमा जुटेका छौँ, विगतमा पुरिएका दुई कुवालाई सरसफाइ र मर्मतसम्भार गरेर सञ्चालनमा ल्याइसकेका छाँै”, वडाध्यक्ष श्रेष्ठले भन्नुभयो, “स्थानीय टोलवासीको सहयोग र समन्वयमा अन्य पाँच कुवाको मर्मतसम्भार गर्ने योजना रहेको छ ।”

पुनःनिर्माण गरी सञ्चालनमा ल्याइएका कुवाको संरक्षणको जिम्मा स्थानीय टोलवासीलाई नै दिइएको छ । कुवालाई सफा गरेपछि अहिले लुगाधुन, नुहाउन, करेसाबारीमा प्रयोग गर्नेलगायत कामका लागि पानीको प्रयोग हुन थालेको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । 

वर्षौंदेखि प्रयोगविहीन रहेका कुवाको मर्मत भएपछि स्थानीय खुसी भएका छन् । कुवाको पानी धार्मिक दृष्टिकोणले पनि महत्वपूर्ण रहेकाले विवाह, व्रतबन्ध, पूजाआजामा प्रयोग गर्दा उत्तम हुने धार्मिक विश्वास रहिआएको स्थानीय चन्द्रकला गुरुङले बताउनुभयो । 

वडा नं ७ कार्यालयले गगनगञ्ज, शिव मन्दिर र मदनआश्रित मार्गटोलमा रहेका पुराना कुवाको संरक्षण गर्न लागेको छ । यो कार्यमा नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाले प्राविधिक सहयोग गर्दै आएको जिल्ला विपत व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो । 

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी तथा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) को प्राविधिक सहयोगमा संचालित कार्यक्रमले भूकम्पीय जोखिम न्यूनीकरणका लागि डेढ वर्षदेखि सचेतना प्रवर्द्धन गरिरहेको छ ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…