Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

साँघुरा गल्लीमा आगजनीको जोखिम कम गर्न पूर्वसतर्कता

सम्वाददाता

सम्वाददाता

साँघुरा गल्लीमा आगजनीको जोखिम कम गर्न पूर्वसतर्कता
ADVERTISEMENT

नेपालगन्ज, २० माघ : नेपालगञ्जका साँघुरा गल्लीमा हुनसक्ने आगजनीको जोखिम कम गर्न पूर्वसतर्कता अपनाइएको छ ।

नेपालगञ्जको वडा नं ३ र वडा नं ७ मा चारपाङ्ग्रे सवारी प्रवेश गर्न नसक्ने गल्लीभित्र पुराना बस्ती रहेका छन् । यी बस्तीलाई आगजनीबाट जोगाउन यो कार्यमा नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाले प्राविधिक सहयोग गर्दै आएको छ । 

वडा नं ७ मा पुराना कुवालाई संरक्षण गरी चार हजार लिटर पानी २४सै घण्टा ट्याङ्कीमा राख्ने व्यवस्था मिलाइएको सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाका अधिकृत शिव सुवेदीले जानकारी दिनुभयो । 

“वडा कार्यालय र स्थानीय टोलवासीसँगको सहकार्यमा कुवा संरक्षण गरी आगजनीका बेला पानीलाई प्रयोग गर्नसक्ने अवस्थामा ल्याइएको छ”, सुवेदीले भन्नुभयो, “केही गरी साँघुरो गल्लीभित्रको बस्तीमा आगजनी भइहाले पनि अब कुवाको पानी जम्मा गरिएको ट्याङ्कीमा बस्तीभित्र पुग्ने पाइप जडान गरी आगो नियन्त्रण गरिनेछ ।”

आगो नियन्त्रण तथा समुदायस्तरमा खोज उद्धार र प्राथमिक उपचारका लागि एक सय ८३ स्वयंसेवक परिचालन गरिनुका साथै वडा नं ३ र ७ मा जनचेतनाका लागि तालिमसमेत सञ्चालन भएको सुवेदीले बताउनुभयो । दमकल प्रवेश गर्न नसक्ने गल्लीभित्र रहेको बस्तीमा आगजनी नियन्त्रणका लागि स्थानीय कुवाबाट पानी सङ्कलन गरी ‘ड्राइ फायर हाइड्रेण्ड’ विधिको विकास गरिएको छ । यो विधिमा कुवाको पानी ट्याङ्कीमा सङ्कलन गर्ने र ट्याङ्कीमा बस्तीभित्र पुग्नेगरी पाइप जडान गरिने नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ का वडाध्यक्ष प्रशान्त श्रेष्ठले जानकारी दिनुभयो । 

प्राचीनकालदेखि सर्वसाधारणको खानेपानीका उपयुक्त विकल्प बनेका कुवाको महत्व र आगजनी नियन्त्रणलाई दृष्टिगत गरी वडाभित्रका सयौँ वर्ष पुराना कुवाको संरक्षण सुरु गरिएको छ । “प्रयोगमा आउन छाडेपछि पुरिएका ऐतिहासिक कुवाको पुनःनिर्माणमा जुटेका छौँ, विगतमा पुरिएका दुई कुवालाई सरसफाइ र मर्मतसम्भार गरेर सञ्चालनमा ल्याइसकेका छाँै”, वडाध्यक्ष श्रेष्ठले भन्नुभयो, “स्थानीय टोलवासीको सहयोग र समन्वयमा अन्य पाँच कुवाको मर्मतसम्भार गर्ने योजना रहेको छ ।”

पुनःनिर्माण गरी सञ्चालनमा ल्याइएका कुवाको संरक्षणको जिम्मा स्थानीय टोलवासीलाई नै दिइएको छ । कुवालाई सफा गरेपछि अहिले लुगाधुन, नुहाउन, करेसाबारीमा प्रयोग गर्नेलगायत कामका लागि पानीको प्रयोग हुन थालेको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । 

वर्षौंदेखि प्रयोगविहीन रहेका कुवाको मर्मत भएपछि स्थानीय खुसी भएका छन् । कुवाको पानी धार्मिक दृष्टिकोणले पनि महत्वपूर्ण रहेकाले विवाह, व्रतबन्ध, पूजाआजामा प्रयोग गर्दा उत्तम हुने धार्मिक विश्वास रहिआएको स्थानीय चन्द्रकला गुरुङले बताउनुभयो । 

वडा नं ७ कार्यालयले गगनगञ्ज, शिव मन्दिर र मदनआश्रित मार्गटोलमा रहेका पुराना कुवाको संरक्षण गर्न लागेको छ । यो कार्यमा नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाले प्राविधिक सहयोग गर्दै आएको जिल्ला विपत व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो । 

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी तथा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) को प्राविधिक सहयोगमा संचालित कार्यक्रमले भूकम्पीय जोखिम न्यूनीकरणका लागि डेढ वर्षदेखि सचेतना प्रवर्द्धन गरिरहेको छ ।

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

नेपालगन्ज, २९ कात्तिकः बाँकेको बैजनाथ गाउँपालिकामा अवस्थित गाभर भ्याली सामुदायिक घर…

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

बाँके, २३ कात्तिकः सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार …

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज, २१ कात्तिकः पश्चिम नेपालको नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्…