Pairabi logo

असोज २६, २०८३, सोमबार                    

नेपालगन्जको समग्र विकासका लागि नागरिक समाजको अग्रसरता

सम्वाददाता

सम्वाददाता

नेपालगन्जको समग्र विकासका लागि नागरिक समाजको अग्रसरता
ADVERTISEMENT

नेपालगन्ज १६ माघ । पश्चिम नेपालको ऐतिहासिक शहर नेपालगन्जको विकासका लागि बाँकेका नागरिक समाजले अग्रसरता देखाएको छ । नेपालगन्ज शहरको समग्र विकासका लागि सबैजना एकजुट हुनुपर्नेमा जोड दिइएको छ । 

नेपालगन्जलाई अन्र्तराष्ट्रिस्तरसम्म सिधै जोडेर त्यहाबाट पर्यटक भित्रायउन कैलास मानसरोबर यात्रा, नेपालगन्ज जनकपुर, भारतको आयोध्यासम्म दैनिक बस सेवा सञ्चालन लगायतको पहल गर्नुपर्नेमा नागरिक अगुवाहरुले जोड दिएका छन । 

सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जका अध्यक्ष अधिबक्ता विश्वजित तिवारीको नेतृत्वमा भएको आज नागरिक समाजका अगुवाहरुको बैठकले नेपालगन्जको समग्र विकासका लागि आवश्यक पहल गर्ने निर्णय गरेको छ । बैठकले नेपालगन्ज नगरमा पशुछाडा चौपायाको नियन्त्रण, सरसफाई, ट्राफिक व्यवस्थापन, अस्पतालको व्यवस्थापन, वाताबरणको संरक्षणलगायतका विषयलाई प्रभावकारी रुपमा उठाउने निर्णय गरेको छ । 

बैठकमा सहभागि प्रतिनिधी सभा सदस्य लक्ष्मी तिवारीले पश्चिम नेपालको पहिचानको रुपमा रहेको नेपालगन्ज शहरको समग्र विकासका लागि सबै राजनितिक दलहरुले साझा मुद्दाको रुपमा उठान गरि सम्वन्धित निकायसम्म पुरयाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले यहाँको विकासका लागि नीति कानून निमार्ण गर्ने ठाउँ र संसद बैठकमा समेत दबाब दिने भन्दै बाँकेबाट निर्वाचित सबै संघ र प्रदेशका सासदहरु एकजुट भई अवाज उठाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘नेपालगन्जका मुद्दालाई केलाएर समाधानका लागि कहा कहा जानुपर्दछ, हामी गएर पहल गर्छौ ।’ त्यसका लागि राजनितिक सहमती जरुरी छ उहाँले भन्नुभयो । 
बैठकले नेपालगन्जका एक एकवटा सवाललाई उठान गरि सम्वन्धित निकायको ध्यानाकर्षण गर्ने निर्णय भएको नागरिक अभियन्ता रविन्द्रकुमार ज्ञवालीले बताउनुभयो । 

बैठकमा नेपालगन्ज उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष नन्दलाल बैश्य, क्लिन नेपालगन्ज ग्रिन नेपालगन्जका अध्यक्ष डा विनोद कर्ण, नागरिक समाज बाँके संयोजक कृष्णप्रसाद श्रेष्ठ, नागरिक अभियन्ता प्रकाश उपाध्याय, गोपाल गिरी, कृष्णमुरारी प्रसाद भट्ट, मैमुना सिद्दिकी, सुर्यलाल यादव, अरुण कुमार तिवारी, अधिबक्ता बलबहादुर चन्द, कोहीनूर मल्ल ठकुरी, करिम खान लगायतले बोल्नुभएको थियो । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…