Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

नेपालगन्जको समग्र विकासका लागि नागरिक समाजको अग्रसरता

सम्वाददाता

सम्वाददाता

नेपालगन्जको समग्र विकासका लागि नागरिक समाजको अग्रसरता
ADVERTISEMENT

नेपालगन्ज १६ माघ । पश्चिम नेपालको ऐतिहासिक शहर नेपालगन्जको विकासका लागि बाँकेका नागरिक समाजले अग्रसरता देखाएको छ । नेपालगन्ज शहरको समग्र विकासका लागि सबैजना एकजुट हुनुपर्नेमा जोड दिइएको छ । 

नेपालगन्जलाई अन्र्तराष्ट्रिस्तरसम्म सिधै जोडेर त्यहाबाट पर्यटक भित्रायउन कैलास मानसरोबर यात्रा, नेपालगन्ज जनकपुर, भारतको आयोध्यासम्म दैनिक बस सेवा सञ्चालन लगायतको पहल गर्नुपर्नेमा नागरिक अगुवाहरुले जोड दिएका छन । 

सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जका अध्यक्ष अधिबक्ता विश्वजित तिवारीको नेतृत्वमा भएको आज नागरिक समाजका अगुवाहरुको बैठकले नेपालगन्जको समग्र विकासका लागि आवश्यक पहल गर्ने निर्णय गरेको छ । बैठकले नेपालगन्ज नगरमा पशुछाडा चौपायाको नियन्त्रण, सरसफाई, ट्राफिक व्यवस्थापन, अस्पतालको व्यवस्थापन, वाताबरणको संरक्षणलगायतका विषयलाई प्रभावकारी रुपमा उठाउने निर्णय गरेको छ । 

बैठकमा सहभागि प्रतिनिधी सभा सदस्य लक्ष्मी तिवारीले पश्चिम नेपालको पहिचानको रुपमा रहेको नेपालगन्ज शहरको समग्र विकासका लागि सबै राजनितिक दलहरुले साझा मुद्दाको रुपमा उठान गरि सम्वन्धित निकायसम्म पुरयाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले यहाँको विकासका लागि नीति कानून निमार्ण गर्ने ठाउँ र संसद बैठकमा समेत दबाब दिने भन्दै बाँकेबाट निर्वाचित सबै संघ र प्रदेशका सासदहरु एकजुट भई अवाज उठाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘नेपालगन्जका मुद्दालाई केलाएर समाधानका लागि कहा कहा जानुपर्दछ, हामी गएर पहल गर्छौ ।’ त्यसका लागि राजनितिक सहमती जरुरी छ उहाँले भन्नुभयो । 
बैठकले नेपालगन्जका एक एकवटा सवाललाई उठान गरि सम्वन्धित निकायको ध्यानाकर्षण गर्ने निर्णय भएको नागरिक अभियन्ता रविन्द्रकुमार ज्ञवालीले बताउनुभयो । 

बैठकमा नेपालगन्ज उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष नन्दलाल बैश्य, क्लिन नेपालगन्ज ग्रिन नेपालगन्जका अध्यक्ष डा विनोद कर्ण, नागरिक समाज बाँके संयोजक कृष्णप्रसाद श्रेष्ठ, नागरिक अभियन्ता प्रकाश उपाध्याय, गोपाल गिरी, कृष्णमुरारी प्रसाद भट्ट, मैमुना सिद्दिकी, सुर्यलाल यादव, अरुण कुमार तिवारी, अधिबक्ता बलबहादुर चन्द, कोहीनूर मल्ल ठकुरी, करिम खान लगायतले बोल्नुभएको थियो । 

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

नेपालगन्ज, २९ कात्तिकः बाँकेको बैजनाथ गाउँपालिकामा अवस्थित गाभर भ्याली सामुदायिक घर…

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

बाँके, २३ कात्तिकः सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार …

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज, २१ कात्तिकः पश्चिम नेपालको नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्…