Pairabi logo

साउन १८, २०८२, शनिबार                    

आज ७१औँ विश्व कुष्ठरोग दिवस : मधेस प्रदेशमा अधिक कुष्ठरोगी

सम्वाददाता

सम्वाददाता

आज ७१औँ विश्व कुष्ठरोग दिवस : मधेस प्रदेशमा अधिक कुष्ठरोगी
ADVERTISEMENT

काठमाडौँ, १४ माघ  स्एकहत्तरौँ विश्व कुष्ठरोग दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । ‘कुष्ठरोगसम्बन्धी गलत धारणाको अन्त्य गरौँ, मर्यादित व्यवहार गरौँ’ भन्ने मूल नाराका साथ जनवरी २८ अर्थात् आज नेपालभर विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको हो ।

कुष्ठरोग आँखाले देख्न नसकिने ‘माइकोव्याक्टेरियम लेप्रे’ नामक सुक्ष्म कीटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो । उपचार नगरेको कुष्ठरोग बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वासप्रश्वासको माध्यामबाट यो रोग सर्ने गरेको पाइन्छ । स्वास्थ्य सेवा विभागका इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनी सुरुकै अवस्थामा रोगको निदान र उपचार गरेमा यो रोग अरुलाई नसर्ने र अपाङ्गता हुनबाट जोगाउने बताउनुहुन्छ ।

महाशाखाले विभिन्न सरकारी तथा गैरसरकारी निकायसँगको सहकार्यमा गरेको अध्ययनमा आर्थिक वर्ष २०८९÷८० मा देशभर दुई हजार पाँच सय २२ जना कुष्ठरोगका नयाँ बिरामी फेला पारेको छ । कुष्ठरोगका नयाँ बिरामीमध्ये सबैभन्दा धेरै मधेस प्रदेशमा रहेका छन् । मधेस प्रदेशमा कुल बिरामीको ३७ प्रतिशत अर्थात् नौ सय ४४ बिरामी रहेका छन् । यस्तै लुम्बिनी प्रदेशमा पाँच सय ६५, कोशी प्रदेशमा चार सय ७१, सुदूरपश्चिम प्रदेशमा दुई सय ३०, बागमती प्रदेशमा एक सय २०, गण्डकी प्रदेशमा एक सय १९ र कर्णाली प्रदेशमा ७३ जना कुष्ठरोगका बिरामी रहेको तथ्याङ्क छ ।

जिल्लाअनुसार हेर्दा कुष्ठरोगी बढी भएको जिल्लामा झापा, मोरङ, सिरहा, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, पर्सा, पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँके र कैलाली रहेका छन् । नयाँ बिरामीमध्ये महिला बिरामीको सङ्ख्या एक हजार ४९, बालबालिकाको सङ्ख्या एक सय ८१ रहेको देखिन्छ ।

विभागका कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका प्रमुख डा प्रशन्न नापित सरकारले कुष्ठरोगमुक्त नेपाल निर्माणका लागि ‘राष्ट्रिय कुष्ठरोग रणनीति २०७८–२०८२’ निर्माण गरी कार्यान्वयनमा लागेको बताउनुहुन्छ । रणनीतिको मुख्य उद्देश्य नै प्रदेश, जिल्ला र स्थानीय तहबाट कुष्ठरोग निवारण गर्ने उहाँको भनाइ छ । पछिल्लो समय तराई र विशेषगरी मधेस प्रदेशमा कुष्ठरोगका बिरामीको सङ्ख्या बढी देखिएपछि विभिन्न सरकारी तथा गैरसरकारी संस्था त्यस प्रदेशप्रति लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

सन् १९७५ देखि नेपालको कुष्ठरोग क्षेत्रमा काम गर्दै आएको एनआरएल नेपालले अहिले मधेस प्रदेशको महोत्तरी, सर्लाही र धनुषा जिल्लामा कुष्ठरोगको क्षेत्रमा काम गर्दै आएको छ । एनआरएल नेपालले कुष्ठरोग नियन्त्रण ९पेप प्लस प्लस० कार्यक्रमअन्तर्गत महोत्तरी, सर्लाही र धनुषा जिल्लाका विभिन्न स्थानीय तहमा कुष्ठरोगका बिरामीसँगका सम्पर्क व्यक्तिको पहिचान गर्नुका साथै उनीहरूलाई सचेतनामूलक कार्यक्रम तथा औषधि वितरण गर्दै आएको छ ।

एनआरएल नेपालका कार्यकारी निर्देशक विकासमान सिंह कुष्ठरोगमुक्त नेपाल घोषणा गर्ने लक्ष्यका साथ एनआरएल नेपालले काम गर्दै आइरहेको बताउनुहुन्छ । कार्यकारी निर्देशक सिंह धनुषा, सर्लाही र महोत्तरीमा कुष्ठरोगी र उनीहरूका सम्पर्क व्यक्तिको पहिचान गरी चार लाखभन्दा बढी व्यक्तिलाई औषधि वितरण गर्ने लक्ष्यका साथ एनआरएलले काम गरिरहेको बताउनुहुन्छ । यसबाहेक एनएलआरले पूर्वको कोशी र पश्चिमको सुदूरपश्चिम प्रदेशमा समेत कुष्ठरोगका बिरामीलाई निःशुल्क औषधि वितरण गर्दै आएको छ । “एनआरएलले स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकासँग सहकार्य गरेर कुष्ठरोगी र उनीहरूको सम्पर्क व्यक्तिको पहिचान गरी औषधि प्रदान गर्दै आइरहेको छ”, सिंह भन्नुहुन्छ ।

कुष्ठरोगको क्षेत्रमा काम गर्दै आएको अर्को संस्था द ल्याप्रोसी मिसन नेपालले मधेस प्रदेशको बारा, पर्सा र रौतहटमा कुष्ठरोगको क्षेत्रमा काम गर्दै आएको छ । मिसनले तीनवटै सरकारको सहकार्यमा कुष्ठरोग रोकथामको क्षेत्रमा तीन जिल्लामा काम गर्दै आएको बताउनुहुन्छ । यसबाहेक उक्त मिसनले ललितपुरको गोदावरी नगरपालिका–५ लेलेस्थित आनन्दवन अस्पतालसमेत सञ्चालन गरी कुष्ठरोग निवारणको क्षेत्रमा काम गर्दै आएको छ ।

ताजा

सबै

यथास्थितिमा मिडिया काउन्सिल विधेयक नमान्ने : आचार्य

नेपालगञ्ज । नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष दीपक आचार्यले यथास्थितिमा मिडिया …

नयाँ भवनबाट रक्तसंचार सेवा प्रारम्भ

प्रहलाद विश्वकर्मा नेपालगंज १२ श्रावण, नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले ६०औं नेपाल…

सुनाखरी रेष्टुरेन्टकी महिला कर्मचारी निर्मलाको विभत्स हत्या

नेपालगन्जस्थित सुनाखरी रेष्टुरेन्टकी एक महिला कर्मचारीको विभत्स हत्या भएको छ । नेपालगञ्…

नेपालगञ्ज–दिल्ली उडानका लागि प्रम ओलीको ध्यानाकर्षण गराइने

नेपालगञ्ज ८ साउनः बाँकेमा प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्ट…

लोकप्रिय

सबै

नयाँ भवनबाट रक्तसंचार सेवा प्रारम्भ

प्रहलाद विश्वकर्मा नेपालगंज १२ श्रावण, नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले ६०औं नेपाल…

यथास्थितिमा मिडिया काउन्सिल विधेयक नमान्ने : आचार्य

नेपालगञ्ज । नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष दीपक आचार्यले यथास्थितिमा मिडिया …

यो पनि

नयाँ भवनबाट रक्तसंचार सेवा प्रारम्भ

नयाँ भवनबाट रक्तसंचार सेवा प्रारम्भ

प्रहलाद विश्वकर्मा नेपालगंज १२ श्रावण, नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले ६०औं नेपाल…

बाँकेका तीन पालिकामा यौन तथा प्रजनन स्वास्थ्यबारेको परियोजना शुरु

बाँकेका तीन पालिकामा यौन तथा प्रजनन स्वास्थ्यबारेको परियोजना शुरु

नेपालगन्ज, ७ साउन । समुदायमा यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धी सचेतना तथा नीत…

भेरी अस्पतालमा रेबिज विरुद्धको खोप अभाव

भेरी अस्पतालमा रेबिज विरुद्धको खोप अभाव

नेपालगन्ज, ५ साउन । भेरी अस्पताल नेपालगञ्जमा रेबिज विरुद्धको खोप अभाव भएको छ । सेवा…

प्रहरी अस्पतालको स्तरबृद्धि गरिने छ :  मुख्यमन्त्री आचार्य

प्रहरी अस्पतालको स्तरबृद्धि गरिने छ : मुख्यमन्त्री आचार्य

नेपालगन्ज, २६ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले प्…