Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

नेपालगञ्ज बसपार्कदेखि सुर्जीगाउँ जोड्ने सडक अस्फाल्ट पीच हुदै

सम्वाददाता

सम्वाददाता

नेपालगञ्ज बसपार्कदेखि सुर्जीगाउँ जोड्ने सडक अस्फाल्ट पीच हुदै
ADVERTISEMENT

नेपालगन्ज ८ माघ । नेपालगञ्ज बसपार्कदेखि सुर्जीगाउँ जोड्ने सडक अस्फाल्ट पीच हुने भएको छ । अस्फाल्ट पीच सडक निर्माण कार्यको आज एक समारोहका बीच नगर प्रमुख प्रशान्त विष्टले शिलान्यास गर्नुभयो । 

निर्माण कम्पनी निरज एण्ड निराजन विल्डर्स नेपालगञ्ज–१८ बाँकेले रु ९७ लाख लागतमा निर्माण गर्न लागेको अस्फाल्ट पीच सडकको शिलान्यास गर्दै नगर प्रमुख विष्टले छिटो, छरितो र गुणस्तरीय काम निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिनुभयो । 

उहाँले गुणस्तरीय कामका लागि स्वयम् टोलबासीले चासो र खबरदारी गर्नुपर्ने भन्दै सडक पूर्वाधार विकासमा नेपालगञ्ज उपमहानगरपालिका पर्यत्नशील रहेको सन्देश यो सडकले दिने बताउनुभयो । त्यस अवसरमा नगर उपप्रमुख कमरुद्दिन राईले निर्वाचनका बेला स्थानीयसमक्ष गरिएको प्रतिबद्धता पूरा हुने क्रममा रहेको बताउनुभयो । 

संघीय सशर्त अनुदान र नेपालगञ्ज उपमहानगरपालिकाको लागतमा बन्न लागेको वडा नम्बर ४ बसपार्क र वडा नम्बर १९ सुर्जीजाउँलाई जोड्ने यो सडक असार १५ गतेसम्म निर्माण सम्पन्न गर्ने सम्झौता भएपनि चैतभित्रै निर्माण सकिने नेपालगञ्ज उपमहानगरपालिकाका इन्जिनियर चन्दन राज दासले बताउनुभयो । 

उहाँका अनुसार उक्त सडक आठ मिटर चौडा र आठ सय १७ मिटर लामो रहेको दासले जानकारी दिनभयो । त्यसक्रममा टोलबासीका तर्फबाट टोल विकास संस्थाले नगर प्रमुख विष्ट, उपप्रमुख राई, वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुन, वडा नम्बर १९ का वडा अध्यक्ष प्रशुराम कुर्मी, इन्जिनियर दास, निर्माण कम्पनीका प्रतिनिधिलाई स्वागत गरेको थियो ।

सडक पीच बन्ने भएपछि स्थानीय खुसी भएका छन । 
–––
 

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

नेपालगन्ज, २९ कात्तिकः बाँकेको बैजनाथ गाउँपालिकामा अवस्थित गाभर भ्याली सामुदायिक घर…

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

बाँके, २३ कात्तिकः सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार …

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज, २१ कात्तिकः पश्चिम नेपालको नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्…