Pairabi logo

माघ १३, २०८२, सोमबार                    

नेपालगन्जमा सुर्तिजन्य पदार्थ निषेध हुँदै

डेक्स

डेक्स

नेपालगन्जमा सुर्तिजन्य पदार्थ निषेध हुँदै
ADVERTISEMENT

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले आगामी नयाँ बर्ष २०८१ बैशाख १ गतेदेखि सूर्तीजन्य पदार्थ पूर्णरुपमा निषेध गर्ने भएको छ । नेपालगञ्ज उपमहानगरपालिकामा नगर प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा सूर्तीजन्य पदार्थको नियन्त्रण र नियमनु सम्बन्धमा बसेको बैठकले बैशाख १ गतेदेखि  नगर क्षेत्रभरि सूर्तीजन्य पदार्थको उपभोग तथा विक्रि वितरणमा पूर्णरुपमा निषेध गर्ने गरी आवश्यक तयारी गर्ने निर्णय गरेको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिनुभयो । 

यस्तै सूर्तीजन्य पदार्थबाट हुने हानी नोक्सानीबारे विभिन्न माध्यमबाट पालिकाभर ब्यापक सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, उपमहानगरपालिका कार्यालयसंगै वडा कार्यालय र नगरभित्रका सम्पूर्ण कार्यालयहरुमा सूर्तीजन्य पदार्थको उपयोग र वितरणमा निषेध गर्ने गरी सचेतनामूलक सूचनापाटी टाँस गर्ने र सूर्तीजन्य पदार्थको उत्पादन र विक्रि वितरण गर्ने निकाय एवम् व्यवसायीको तथ्यांक संकलन गर्ने निर्णय पनि गरिएको चन्दले बताउनुभयो ।  

हामीले बैशाख १ गतेदेखि नगरमा पूर्णरुपमा सूर्तीजन्य पदार्थ निषेध गर्ने निर्णय गरेका छौं, त्यस अघि सचेतना प्रबद्र्धनसंगै तयारी अभियान चलाउँछौं, नगर प्रमुख विष्टले भन्नुभयो । नेपाल सरकारका उपसचिव पुष्कर नेपालले संघीय ऐनमा सूर्तीजन्य पदार्थ नियमन र नियन्त्रणका विषयमा भएका व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय सरकारले तदारुकता देखाउन आवश्यक रहेको बताउनुभयो । 

बैठकमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङ लगायत सरोकारवालाको उपस्थिति रहेको थियो । 

 


 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …