Pairabi logo

असोज २६, २०८३, सोमबार                    

नेपालगन्जबाट औपचारिक रुपमा ‘अवधी समाचार सेवा ’ सुरु

डेक्स

डेक्स

नेपालगन्जबाट औपचारिक रुपमा ‘अवधी समाचार सेवा ’ सुरु
ADVERTISEMENT

नेपालगञ्ज, ७ माघ : राष्ट्रिय समाचार समिति (रासस)ले आजदेखि औपचारिक रुपमा अवधी भाषामा समाचार सेवा सुरु गरेको छ । आज यहाँ आयोजित सेवा शुभारम्भ समारोहमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले कम्प्युटरको माउस क्लिक गरेर समाचार सेवाको शुभारम्भ गर्नुभयो । 

सो अवसरमा उपमहानगरपालिकाका प्रमुख विष्टले अवधी भाषाका समाचार सेवामा स्थानीय सरकारले सहयोग गर्ने बताउनुहुँदै आफ्ना भाषा, कलासंस्कृतिको संरक्षण गर्नका लागि यस्ता प्रयास फलदायी हुनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले अवधी भाषाको संरक्षण र विकासका लागि स्थानीय सरकारले पहल गरेको उल्लेख गर्दै अवधी भाषाभाषीको संरक्षणले नेपालगञ्जको परिचय दिने बताउनुभयो । 

नगरप्रमुख विष्टले भन्नुभयो, “जसले नेपाली भाषा बुझ्नु हँुदैन उहाँहरुले आफ्ना मातृभाषाबाट समेत लाभ लिन सक्नुहुनेछ ।” अवधी भाषा र साहित्यको जगेर्ना गर्न स्थानीय सरकार समन्वय र सहकार्य गर्न तयार भएको उहाँले उल्लेख गर्नुभयो । 

राष्ट्रिय समाचार समिति ९रासस०का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले मातृभाषाको विषय समावेशी र सङ्घीयता कार्यान्वयनसँग जोडिएका भन्दै अवधी भाषाका समाचार स्थानीय सञ्चारमाध्यमले प्रयोग नगरे त्यसको अर्थ नहुने बताउनुभयो । उहाँले मातृभाषाको समाचार सेवासँग समाजलाई जोड्नुपर्ने तर्क गर्दै सञ्चारमाध्यमले बहुलवादलाई ध्यानमा नराखेको तर राससले त्यसलाई ध्यानमा राखेर काम गर्न खोजेको बताउनुभयो । 

अध्यक्ष झाले पहिलोपटक अवधी समाचार सेवा सुरुआत गर्न उपमहानगरले देखाएको अग्रसरताप्रति धन्यवाद व्यक्त गर्दै सम्बन्धित भाषामा विषवस्तु पाउनका लागि समाचार सेवा सहयोगी हुनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी चैतभित्र भोजपुरी भाषामा पनि समाचार सेवा सञ्चालनको तयारी भएको जानकारी दिनुभयो । 

राससका महाप्रबन्धक सिद्धराज राईले अवधी भाषाको समाचार सेवाबाट भाषामा विविधीकरण भएको उल्लेख गर्नुभयो । उहाँले सबै भाषाको साझा संस्थाका रुपमा राससलाई स्थापित गर्न खोजिएको भन्दै उपमहानगरपालिकाले भाषिक समुदायको सांस्कृतिक महत्वलाई बुझेको बताउनुभयो । 

साहित्यकार सनत रेग्मीले अवधी भाषाको विकासका लागि यस क्षेत्रका अगुवा जागरुक हुनुपर्नेमा जोड दिँदै अवध क्षेत्रको संस्कार र संस्कृतिलाई बढावा दिनुपर्ने बताउनुभयो । 

अवधी साहित्यकार विश्वलाल कुमालले दाउपेचका कारण अवधी साहित्य पछिपरेको उल्लेख गर्नुभयो । उक्त अवसरमा सेवाग्राहीका तर्फबाट दैनिक नेपालगञ्जका सम्पादक झलक गैरे, रासस नेपालगञ्ज शाखाका कार्यालय प्रमुख युवराज पाण्डे, अवधी समाचारका अनुवादक राकेश मिश्रलगायतले अवधी समाचार सेवा सुरुआतबाट अवधी भाषी सञ्चारमाध्यम लाभान्वित हुने बताउनुभयो । 

गत पुस २३ गते सूचना, प्रविधि तथा सञ्चारमन्त्री रेखा शर्माले राष्ट्रिय ९मातृभाषा० समाचार सेवाको शुभारम्भ गर्नुभएको थियो । 

 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…