Pairabi logo

माघ १३, २०८२, सोमबार                    

नेपालगन्जबाट औपचारिक रुपमा ‘अवधी समाचार सेवा ’ सुरु

डेक्स

डेक्स

नेपालगन्जबाट औपचारिक रुपमा ‘अवधी समाचार सेवा ’ सुरु
ADVERTISEMENT

नेपालगञ्ज, ७ माघ : राष्ट्रिय समाचार समिति (रासस)ले आजदेखि औपचारिक रुपमा अवधी भाषामा समाचार सेवा सुरु गरेको छ । आज यहाँ आयोजित सेवा शुभारम्भ समारोहमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले कम्प्युटरको माउस क्लिक गरेर समाचार सेवाको शुभारम्भ गर्नुभयो । 

सो अवसरमा उपमहानगरपालिकाका प्रमुख विष्टले अवधी भाषाका समाचार सेवामा स्थानीय सरकारले सहयोग गर्ने बताउनुहुँदै आफ्ना भाषा, कलासंस्कृतिको संरक्षण गर्नका लागि यस्ता प्रयास फलदायी हुनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले अवधी भाषाको संरक्षण र विकासका लागि स्थानीय सरकारले पहल गरेको उल्लेख गर्दै अवधी भाषाभाषीको संरक्षणले नेपालगञ्जको परिचय दिने बताउनुभयो । 

नगरप्रमुख विष्टले भन्नुभयो, “जसले नेपाली भाषा बुझ्नु हँुदैन उहाँहरुले आफ्ना मातृभाषाबाट समेत लाभ लिन सक्नुहुनेछ ।” अवधी भाषा र साहित्यको जगेर्ना गर्न स्थानीय सरकार समन्वय र सहकार्य गर्न तयार भएको उहाँले उल्लेख गर्नुभयो । 

राष्ट्रिय समाचार समिति ९रासस०का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले मातृभाषाको विषय समावेशी र सङ्घीयता कार्यान्वयनसँग जोडिएका भन्दै अवधी भाषाका समाचार स्थानीय सञ्चारमाध्यमले प्रयोग नगरे त्यसको अर्थ नहुने बताउनुभयो । उहाँले मातृभाषाको समाचार सेवासँग समाजलाई जोड्नुपर्ने तर्क गर्दै सञ्चारमाध्यमले बहुलवादलाई ध्यानमा नराखेको तर राससले त्यसलाई ध्यानमा राखेर काम गर्न खोजेको बताउनुभयो । 

अध्यक्ष झाले पहिलोपटक अवधी समाचार सेवा सुरुआत गर्न उपमहानगरले देखाएको अग्रसरताप्रति धन्यवाद व्यक्त गर्दै सम्बन्धित भाषामा विषवस्तु पाउनका लागि समाचार सेवा सहयोगी हुनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी चैतभित्र भोजपुरी भाषामा पनि समाचार सेवा सञ्चालनको तयारी भएको जानकारी दिनुभयो । 

राससका महाप्रबन्धक सिद्धराज राईले अवधी भाषाको समाचार सेवाबाट भाषामा विविधीकरण भएको उल्लेख गर्नुभयो । उहाँले सबै भाषाको साझा संस्थाका रुपमा राससलाई स्थापित गर्न खोजिएको भन्दै उपमहानगरपालिकाले भाषिक समुदायको सांस्कृतिक महत्वलाई बुझेको बताउनुभयो । 

साहित्यकार सनत रेग्मीले अवधी भाषाको विकासका लागि यस क्षेत्रका अगुवा जागरुक हुनुपर्नेमा जोड दिँदै अवध क्षेत्रको संस्कार र संस्कृतिलाई बढावा दिनुपर्ने बताउनुभयो । 

अवधी साहित्यकार विश्वलाल कुमालले दाउपेचका कारण अवधी साहित्य पछिपरेको उल्लेख गर्नुभयो । उक्त अवसरमा सेवाग्राहीका तर्फबाट दैनिक नेपालगञ्जका सम्पादक झलक गैरे, रासस नेपालगञ्ज शाखाका कार्यालय प्रमुख युवराज पाण्डे, अवधी समाचारका अनुवादक राकेश मिश्रलगायतले अवधी समाचार सेवा सुरुआतबाट अवधी भाषी सञ्चारमाध्यम लाभान्वित हुने बताउनुभयो । 

गत पुस २३ गते सूचना, प्रविधि तथा सञ्चारमन्त्री रेखा शर्माले राष्ट्रिय ९मातृभाषा० समाचार सेवाको शुभारम्भ गर्नुभएको थियो । 

 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …