Pairabi logo

असोज २६, २०८३, सोमबार                    

हडियाबाबामा महर्षि वाल्मिकी रामायण कथा वाचन हुदै

सम्वाददाता

सम्वाददाता

हडियाबाबामा महर्षि वाल्मिकी रामायण कथा वाचन हुदै
ADVERTISEMENT

नेपालगन्ज ५ माघ । अयोध्यामा निर्मार्णाधिन राम मन्दिरमा यही माघ ८ गते हुने प्राणप्रतिष्ठाको अवसरमा नेपालगन्जमा पनि राममय बनाईने भएको छ । नेपालगन्ज उपमहानगरपालिका ६ फुलटेक्रा स्थित हडियाबाबा आश्रममा शुक्रबारदेखि महर्षि वाल्मिकी रामायण कथा वाचन लगायत विविध कार्यक्रम आयोजना गर्न लागिएको हो । 

श्रीरामको प्राणप्रतिष्ठाको अवसरमा चार दिन सम्म हवन, शोभायात्रा, रामायण पाठ, शब्दभेदी तीरकला, महामृत्युजय यज्ञ र दीप प्रज्वलन लगायतका कार्यक्रम गर्नलागेको आयोजक श्रीराम कथा ब्यवस्थापन समितिले बिहीबार नेपालगन्जमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

प्राण प्रतिष्ठाको दिनमा अयोध्यानगर जान नसक्नेहरुका लागि नेपालगन्जमा अयोध्याकै झल्को दिनेगरि महर्षि बाल्मिकी रामायण कथा वाचन कार्यक्रम आयोजना गर्न लागिएको ब्यवस्थापक समितिका अध्यक्ष सुवास गुप्ताले बताउनुभयो। कार्यक्रममा मर्यादा पुरुष रामको जीवनीबारे प्रष्ट बुझाउने प्रयास गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘जसले कानले सुन्न सक्दैन उसलाई चित्रको माध्यमबाट र जसले आँखाले देख्न सक्दैन उसलाई वाल्मिकी रामायणको राम कथाबाट बुझाउने छौं ।’ 

कार्यक्रमबारे सम्पूर्ण तयारी भईसकेको जानकारी दिँदै अध्यक्ष गुप्ताले माघ ५ गते पहिलो दिन बिहान ८ बजे हवन, ११ बजे शोभा यात्रा र बेलुकी ६ देखि राती ९ बजे सम्म रामायाण पाठ गरिने बताउनुभयो। यस्तै दोस्रो र तेस्रो दिन पनि विहान ८ बजे हवन, अप्राहन्न ४ बजे शब्दभेदी तीरकला र साँझ ६ बजे रामायण पाठ गरिने गरिने छ । 

कार्यक्रको अन्तिमदिन अर्थात अयोध्यामा रामको प्राणप्रतिष्ठा गरिएको दिन विहान हवन, महामृत्युजय यज्ञ र बेलुका ६ बजे ५ हजार एक सय दीप प्रज्वलन गरिने अध्यक्ष गुप्ताले जानकारी दिनुभयो । कार्यक्रम अवधीभर कार्यक्रम स्थलमा सनातन हिन्दु धर्म सम्बन्धी बेद, पुरानलगायत विभिन्न धार्मिक पुस्तकहरु प्रदर्शनी गरिने आयोजकले जनाएको छ ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…