Pairabi logo

माघ ०३, २०८२, शुक्रबार                    

हडियाबाबामा महर्षि वाल्मिकी रामायण कथा वाचन हुदै

सम्वाददाता

सम्वाददाता

हडियाबाबामा महर्षि वाल्मिकी रामायण कथा वाचन हुदै
ADVERTISEMENT

नेपालगन्ज ५ माघ । अयोध्यामा निर्मार्णाधिन राम मन्दिरमा यही माघ ८ गते हुने प्राणप्रतिष्ठाको अवसरमा नेपालगन्जमा पनि राममय बनाईने भएको छ । नेपालगन्ज उपमहानगरपालिका ६ फुलटेक्रा स्थित हडियाबाबा आश्रममा शुक्रबारदेखि महर्षि वाल्मिकी रामायण कथा वाचन लगायत विविध कार्यक्रम आयोजना गर्न लागिएको हो । 

श्रीरामको प्राणप्रतिष्ठाको अवसरमा चार दिन सम्म हवन, शोभायात्रा, रामायण पाठ, शब्दभेदी तीरकला, महामृत्युजय यज्ञ र दीप प्रज्वलन लगायतका कार्यक्रम गर्नलागेको आयोजक श्रीराम कथा ब्यवस्थापन समितिले बिहीबार नेपालगन्जमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

प्राण प्रतिष्ठाको दिनमा अयोध्यानगर जान नसक्नेहरुका लागि नेपालगन्जमा अयोध्याकै झल्को दिनेगरि महर्षि बाल्मिकी रामायण कथा वाचन कार्यक्रम आयोजना गर्न लागिएको ब्यवस्थापक समितिका अध्यक्ष सुवास गुप्ताले बताउनुभयो। कार्यक्रममा मर्यादा पुरुष रामको जीवनीबारे प्रष्ट बुझाउने प्रयास गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘जसले कानले सुन्न सक्दैन उसलाई चित्रको माध्यमबाट र जसले आँखाले देख्न सक्दैन उसलाई वाल्मिकी रामायणको राम कथाबाट बुझाउने छौं ।’ 

कार्यक्रमबारे सम्पूर्ण तयारी भईसकेको जानकारी दिँदै अध्यक्ष गुप्ताले माघ ५ गते पहिलो दिन बिहान ८ बजे हवन, ११ बजे शोभा यात्रा र बेलुकी ६ देखि राती ९ बजे सम्म रामायाण पाठ गरिने बताउनुभयो। यस्तै दोस्रो र तेस्रो दिन पनि विहान ८ बजे हवन, अप्राहन्न ४ बजे शब्दभेदी तीरकला र साँझ ६ बजे रामायण पाठ गरिने गरिने छ । 

कार्यक्रको अन्तिमदिन अर्थात अयोध्यामा रामको प्राणप्रतिष्ठा गरिएको दिन विहान हवन, महामृत्युजय यज्ञ र बेलुका ६ बजे ५ हजार एक सय दीप प्रज्वलन गरिने अध्यक्ष गुप्ताले जानकारी दिनुभयो । कार्यक्रम अवधीभर कार्यक्रम स्थलमा सनातन हिन्दु धर्म सम्बन्धी बेद, पुरानलगायत विभिन्न धार्मिक पुस्तकहरु प्रदर्शनी गरिने आयोजकले जनाएको छ ।

ताजा

सबै

खजुरामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि कार्यविधी तयार

खजुरा (बाँके) १ माघ । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हि…

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवक…

महिला तथा बालिकाविरुद्ध हुने हिंसा कानूनी रुपमा न्युनीकरण गरिने

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकर…

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…

लोकप्रिय

सबै

महिला तथा बालिकाविरुद्ध हुने हिंसा कानूनी रुपमा न्युनीकरण गरिने

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकर…

खजुरामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि कार्यविधी तयार

खजुरा (बाँके) १ माघ । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हि…

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवक…

यो पनि

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…