Pairabi logo

असोज २६, २०८३, सोमबार                    

भूकम्पीय जोखिमबारे सचेतना अभिवृद्धि गर्न भूकम्प सुरक्षा दिवस मनाईदै

सम्वाददाता

सम्वाददाता

भूकम्पीय जोखिमबारे सचेतना अभिवृद्धि गर्न भूकम्प सुरक्षा दिवस मनाईदै
ADVERTISEMENT

काठमाडौं, २ माघ :  विस १९९० को विनासकारी भूकम्पबाट पाठ सिकेर सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरणबारे समाजिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइदैँ आएको छ ।

भूकम्पले क्षति पु¥याएका संरचनाको पुनः निर्माण र भूकम्पको जोखिम न्यूनीकरणका लागि सरकार, सरोकारवाला निकाय र संघसंस्थाले दिवसलाई जागरण फैलाउने लक्ष्यका साथ विभिन्न कार्यक्रम गर्दै आएका छन् । यसै सन्दर्भमा ‘स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ ११’ भन्ने मूल नाराका साथ २६ औँ भूकम्प सुरक्षा दिवस– २०८० विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन लागिएईदैँछ ।

सङ्घीय राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा भूकम्पीय जोखिम न्यूनीकरण र सुरक्षिता आवास निर्माणबारे आमनागरिकलाई सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सरकारले हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाउदैँ आएको हो ।
    भूकम्प सुरक्षा दिवस मूल समारोहको कार्यक्रम आज चन्द्रागिरी नगरपालिकामा हुदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा भूकम्प दिवसको औपचारिक समारोह आयोजना हुने गृहमन्त्रालय मातहतका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका उप–सचिव एवं प्रवक्ता ध्रुव बहादुर खड्काका अनुसार भूकम्पबाट कसरी सुरक्षित रहने र संरचना कसरी सुरक्षित बनाउनेभन्नेबारे प्रदर्शनी गरिनेछ । आजदेखि तीन दिनसम्म राष्ट्रिय गोष्ठी आयोजना हुनेछ । दिवसको सन्दर्भमा यही पुस २८ देखि माघ १५ सम्मसरकारी निकाय, संघसंस्थाहरुसँगको समन्वयमा विभिन्न कार्यक्रम निर्धारित रहेको प्रवक्ता खड्काले जानकारी दिनुभयो ।

दिवसलाई भव्य रुपमा सफल बनाउन गृहमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । उपत्यकाका तीन स्थान काठमाडौँको चन्द्रागिरी, ललितपुर र भक्तपुरमा मूख्य समारोह आयोजना हुनेछ ।   विसं १९९० माघ २ गते गएको विनाशकारी भूकम्पको संझनामा २०५५ सालदेखि हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ । उक्त दिन दिउँसो २ः२४ बजे गएको ८।४ म्याग्निच्युडको भूकम्पले जनधनको ठूलो क्षति पुर्याएको थियो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद लोकविजय अधिकारीका अनुसार विस १९९० को भूकम्पमा परी आठ हजार पाँच सय १९ जनाको मृत्यु भएको थियो । असी हजार घर ध्वस्त भएका थिए । ध्वस्तघरसहित घर, विद्यालय, देवालय र पार्टीपौवा तथा सार्वजनिक भवनसमेत गरी २ लाख ७ हजार दुई सय ४८  संरचना भत्किएको थियो । यसैगरी विसं २०७२ बैशाख १२ गतेको गोरखाभूकम्पमा परी आठहजार छ सय ७० जनाको निधन भएको थियो भने सातलाख भन्दा वढी आवासमा क्षति पुगेको थियो । 

वरिष्ठ भूकम्पविद अधिकारीले विगतका भूकम्पबाट पाठ सिकेर भूकम्पीय  जोखिमबाट बच्न सुरक्षित संरचना निर्माणमा पूर्वतयारी र आवश्यक सचेतना अभिवृद्धि गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो,“पछिल्लो जाजरकोट, बझाङ र डोटीको भूकम्पदेखि विगतको ९० सालको भूकम्पबाट पाठ सिकेर अहिलेसम्म तयारी राम्रो पुगेको छैन भन्ने कुरा हाम्रो वर्तमान पूर्वतयारीको अवस्थाले देखाउछ ।”
२६औं भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको हालैको बैठकले प्रदेशस्तर र पालिकास्तरमा विभिन्न कार्यक्रमहरु सहित भूकम्प सुरक्षा दिवस मनाउन सबै प्रदेश सरकारलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत्, जिल्ला प्रशासन कार्यालयहरुलाई गृह मन्त्रालयमार्फत् र जिल्ला समन्वय समिति एवं स्थानीय तहलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् पत्राचार गर्ने निर्णय गरेको थियो ।

     बैठकले भूकम्प सुरक्षा दिवस मार्गदर्शन, २०७१ को व्यवस्था बमोजिम चन्द्रगिरी नगरपालिकाको संयोजकत्वमा व्यवस्थापन उप–समिति, सहरी विकास तथा भवन निर्माण विभागको संयोजकत्वमा प्रचार प्रसार उप–समिति गठन गरेको छ । उक्त मार्गदर्शनअनुसार दुबै उप–समितिमा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल ९एनसेट० ले सदस्य–सचिवको रुपमा कार्य गर्ने जनाइएको छ ।
भूकम्प सुरक्षा दिवसको नारासहितको पोष्टर लगायतका सामग्री मुलुकभरका विद्यालयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत् उपलब्ध गराई भूकम्प सम्बन्धी चेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ । साथै सो दिन सम्भव भएसम्म प्रत्येक स्थानीय तहका विद्यालयसँग भूकम्प सुरक्षा विषयमा कक्षा सञ्चालनका साथै कृत्रिम घटना अभ्यास गर्ने व्यवस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत् अनुरोध गर्ने निर्णय पनि भएको छ ।

बैठकले उपत्यकाभित्र र बाहिरका कम्तिमा एक÷एक उद्योगमा भूकम्पीय जोखिम न्यूनीकरण तथा सुरक्षित संरचना निर्माण सम्बन्धी सचेतना कार्यक्रमका साथै पूर्वाभ्यास कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाउनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई अनुरोध गरेको छ ।

 बैठकले भूकम्प सुरक्षा दिवसका सन्दर्भमा आयोजना हुने कार्यक्रममा सहभागिता जनाउन नागरिक समाज, संयुक्त राष्ट्र संघीय निकायहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु, सामुदायिक संस्थाहरु, सञ्चार माध्यम, निजी क्षेत्र लगायत आह्वान गरेको छ ।   यसका साथै बैठकले भूकम्प सुरक्षा दिवस मार्गदर्शन, २०७१ लाई हालको संघीय प्रणाली अनुरुप हुने गरी परिमार्जन गरी कार्यविधिको मस्यौदाको रुपमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिमा पेश गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिएको छ ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…