Pairabi logo

माघ ०३, २०८२, शुक्रबार                    

सामाजिक सेवालाई राजनीतिक रुपले हेर्न नहुने : नेतृ राणा

सम्वाददाता

सम्वाददाता

सामाजिक सेवालाई राजनीतिक रुपले हेर्न नहुने : नेतृ राणा
ADVERTISEMENT

बाँके, २७ पुस : नेपाली काँग्रेसकी नेतृ डा. आरजु राणा देउवाले सामाजिक सेवालाई राजनीतिक रुपले हेर्न नहुने बताउनुभएको छ । 

जाजरकोटका भूकम्पबाट पीडित सुत्केरी, गर्भवती तथा सिमान्तकृत महिलालाई ‘डिग्निटी किट’ एवम् पौष्टिक तथा पोषिलो आहारसहितको झोला हस्तान्तरण कार्यक्रमलाई आज यहा सम्बोधन गर्दै नेतृ राणाले भन्नुभयो,–“यो सामाजिक सेवा हो, पार्टीगत कुरा हुदैन, यसमा राजनीति छैन, जसलाई पर्छ, त्यसलाई गर्ने हो, तरुण दलले जागरकोट पुगेर घर बनाउने काम गर्यो, तरुण दलप्रति हामीलाई विश्वास लागेर यो सामाग्री पनि पीडितलाई बाँड्का लागि हस्तान्तरण गरिएको हो ।’

प्रतिनिधि सभा सदस्य एवम् कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति समेत रहनुभएकी डा. राणाले विपदका बेला नागरिकलाई सहयोग गर्नु ठुलो कुरा नभएर दायित्व पनि भएको बताउनुभयो । 

उहाँले भन्नुभयो,–‘सामाजिक कार्यकर्ता भएको नाताले पहिलेदेखी सहयोग गर्दै आएको हो, जाजरकोटका भूकम्प पीडितलाई धेरै गाह्रो भएको अवस्था छ, गर्भवती, सुत्केरी महिलालाई धेरै गाह्रो छ भन्ने जानकारी आएपछि तत्काल हामी के गर्न सक्छौं भनेर यो सहयोग गरेका हौं, ।’ 

त्यस अवसरमा तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङले आफुहरु भूकम्प पछि जाजरकोट पुगेर अस्थायी टहरा निर्माण गरी फर्केको र भूकम्प पीडितको अवस्था अत्यन्त दयनीय रहेको बताउनुभयो । ‘त्रिपालमुनि बसेका ७२ परिवारलाई हामीले १० दिनभित्र अस्थायी टहरामा सार्न सफल भयौं,’ उहाँले भन्नुभयो,–‘यो सामाग्री हामी जाजरकोटका पीडितको हातमा पुर्याउँछौं ।’ 

जाजरकोटका भूकम्प प्रभावित गर्भवती, सुत्केरी तथा सीमान्तकृत महिलालाई एक हजार थान राहत सामग्री पठाइएको हो । डिग्निटी किट एवम् पौष्टिक तथा पोषिलो आहारसहितको एक हजार थान झोला भूकम्प प्रभावित गर्भवती, सुत्केरी तथा सीमान्तकृत महिलालाई वितरण गरिनेछ । 

१८ प्रकारको सामग्री भएको किटको संख्या पाँच सय थान र १५ प्रकारको सामग्री भएको किटको संख्या पाँच सय थान छ । वितरण गरिने सामग्रीहरुमा ज्याकेट तथा टाउजर, उलनको मोजा, स्यानेटरी प्याड, बच्चाको ब्ल्यांकेट, बच्चाको कपडा, म्याक्सी, कटनको तौलिया, भित्री बस्त्र, टुथ ब्रस, टुथ पेष्ट, नेल कटर, काइँयो, सरफ, सेम्फु, नुहाउने साबुन, लुगा धुने साबुन र पोषणयुक्त खानेकुरा रहेका छन । 
–––
 

ताजा

सबै

खजुरामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि कार्यविधी तयार

खजुरा (बाँके) १ माघ । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हि…

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवक…

महिला तथा बालिकाविरुद्ध हुने हिंसा कानूनी रुपमा न्युनीकरण गरिने

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकर…

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…

लोकप्रिय

सबै

महिला तथा बालिकाविरुद्ध हुने हिंसा कानूनी रुपमा न्युनीकरण गरिने

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकर…

खजुरामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि कार्यविधी तयार

खजुरा (बाँके) १ माघ । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हि…

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवक…

यो पनि

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…