Pairabi logo

मंसिर २७, २०८२, शुक्रबार                    

राप्तीसोनारीका सिकलसेलका विरामीको निःशुल्क बीमा सुरु

सम्वाददाता

सम्वाददाता

राप्तीसोनारीका सिकलसेलका विरामीको निःशुल्क बीमा सुरु
ADVERTISEMENT

बाँके, २६ पुस : लुम्विनी प्रदेश सरकारले सिकलसेल एनिमिया, बिटा थालेसिमिया र हेमोफिलियाका बिरामीहरुका परिवारलाई निःशुल्क बीमा कार्यक्रम सुरु गरेको छ । 

बाँकेको राप्तीसोनारी गाउँपालिका वार्ड नं.–४ बैजापुरबाट निःशुल्क बीमा कार्यक्रम सुरु गरेको हो । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनाल र सहरी विकास मन्त्री कृष्णा केसी नमुनाले राप्तीसोनारी गाउँपालिका–३ का आरुस थारुलाई बीमा कार्ड हस्तान्तरण गर्दै बीमा कार्यक्रमको सुरुआत गर्नुभयो । 

सिकलसेलका बिरामीलाई उपचारमा थोरै भएपनि राहत होस् भन्ने उद्देश्यका साथ चालू आर्थिक वर्षदेखि प्रदेश सरकारले सिकलसेल, थालेसिमिया र हेमोफिलियाका बिरामीहरुका परिवारलाई निःशुल्क बीमा कार्यक्रममा जोड्न सुरु गरेको स्वास्थ्य मन्त्री खनालले बताउनुभयो । उहाँले स्वास्थ्यमा सहज पहुँच स्थापित गर्न वीमा कार्यक्रममा सबैलाई जोड्न आवश्यक रहेको बताउनुभयो । 

 सिकलसेलका बिरामीको उपचारका लागि बर्दियामा सिकलसेल अस्पताल निर्माणाधीन अवस्थामा रहेकाले त्यसलाई प्रदेश सरकारको मातहतमा रहने गरी संचालन गरिने मन्त्री खनालले बताउनुभयो । उहाँले सो अस्पतालका लागि प्रदेश सरकारले रु ३० लाख बजेट विनियोजन गरेको जानकारी दिनुभये । 

त्यस अवसरमा सहरी विकास मन्त्री नमुनाले सिकलसेल तथा थालेसिमियाका परिवारलाई आर्थिक आर्यआर्जनसँग जोड्न आवश्यक रहेको बताउनुभयो । उहाँले रोगबाट पीडित परिवारलाई उनीहरुको आयआर्जनमा टेवा पुग्ने खालका कार्यक्रमहरु प्रदेश सरकारले ल्याउन आवश्यक रहेको बताउनुभयो । 

राप्तीसोनारीमा ३३ जना सिकलसेलका बिरामीको बीमा गरिएको छ । राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले सिकलसेल तथा थालेसिमिया रोग नियन्त्रणका लागि गाउँपालिकाले रोगीको पहिचान गर्ने र चेतना जगाउने काम गरिरहेको जानकारी दिनुभयो । 

७० हजार जनसंख्या रहेको राप्तीसोनारीमा ३५ हजारको संख्यामा थारु समुदाय रहेकाले उनीहरु सबैको स्क्रिनिङ गरेर रोगीको पहिचान गर्ने अभियानमा पालिका रहेको पनि अध्यक्ष पौडेलको भनाई छ । उहाँले सिकलसेल जाँचका लागि आवश्यक पर्ने केमिकल महँगो पर्ने भएकाले त्यसका लागि प्रदेश सरकारसँग सहयोगको आग्रह पनि गर्नुभयो ।

प्रदेशका ६ जिल्ला बाँके, बर्दिया, दाङ, नवलपरासी, कपिलवस्तु र रुपन्देहीमा तीन हजार तीन सयदेखि चार हजारको हाराहारीमा सिकलसेलका रोगी पुष्टि भएका छन् । ती मध्ये कतिपयलाई स्थानीय सरकारले आफैं बीमा गरिदिएको छ । बीमा कार्यक्रममा नसमेटिएका लक्षित वर्गलाई प्रदेश सरकारले वीमा गर्ने नीति लिएको लुम्विनी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोद गिरीले जानकारी दिनुभयो । 

रु तीन हजार पाँचको वीमा गरेवापत उनीहरुका ५ जना परिवारले रु एक लाखसम्मको उपचार सुविधा पाउनेछन् । सिकलसेल रोगीलाई भने संघीय सरकारले नै उपचार खर्च एक लाख दिँदै आएको छ । 
 
ताजा

सबै

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…

काँग्रेस बाँकेद्धारा सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज, २४ मङ्सिर :नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने प्रतिनिधिस…

लैङ्गिक हिंसाविरुद्ध १६दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

डुडुवा (बाँके), २४ मसिंर । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको समापनमा बाँकेक…

केन्द्रीय तहका नेता एक निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने : राठौर

नेपालगन्ज । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता एउटा…

लोकप्रिय

यो पनि

अब नरैनापुर मै सुरक्षित मातृत्वको सेवा

अब नरैनापुर मै सुरक्षित मातृत्वको सेवा

बाँके, २७ कार्तिक । नेपालका धेरै दुर्गम गाउँहरूमा आज पनि स्वास्थ्य सेवा पहुँचको विषय…

बाँकेका पत्रकारहरुको निशुल्क मुटु रोग जाँच

बाँकेका पत्रकारहरुको निशुल्क मुटु रोग जाँच

नेपालगञ्ज, २१ कात्तिक । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना, नेपाल प्रेस युनियन बाँ…

बेलासपुरमा सरसफाइ

बेलासपुरमा सरसफाइ

कार्तिक १८, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा…

बाँके जानकी गाउँपालिका अध्यक्ष खाँको स्वास्थ्यमा समास्य, लखनाउमा उपचार हुदै

बाँके जानकी गाउँपालिका अध्यक्ष खाँको स्वास्थ्यमा समास्य, लखनाउमा उपचार हुदै

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँको स्वास्थ्यमा समस्या देखिएपछि …