Pairabi logo

कात्तिक २९, २०८२, शुक्रबार                    

अबैध इ-रिक्साको प्रतिवन्ध गर्छौ: मेयर विष्ट

सम्वाददाता

सम्वाददाता

अबैध इ-रिक्साको प्रतिवन्ध गर्छौ: मेयर विष्ट
ADVERTISEMENT

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले इ–रिक्सा व्यवस्थापनमा प्रतिबद्ध भएर लागेको बताउनुभएको छ । आज नेपालगञ्जमा पत्रकार सम्मेलन गर्दै नगर प्रमुख विष्टले पूर्ण अवैध इ–रिक्सा गुड्न प्रतिबन्ध लगाउने बताउनुभयो ।

नेपालगञ्जको सडकको मुख्य समस्या बनिरहेको इ–रिक्सा व्यवस्थापनका लागि निर्वाचित भएर आएदेखि नै दत्तचित्त भएर लागेको बताउँदै उहाले सडक अस्तब्यस्त हुने, दुर्घटना बढ्ने, नियम कानुन विपरीत चलेका इ–रिक्सालाई नियमन गर्न गाह्रो हुने देखेर नेपालगञ्ज नगरमा आवश्यकता भन्दा धेरै इ–रिक्सा गुडिरहेको यथार्थलाई मनन गर्दै व्यवस्थापनमा जुटेको प्रष्ट पार्नुभयो । 

आवश्यक प्रक्रिया नपु¥याएर नगरमा जथाभावी गुडिरहेका इ–रिक्साहरुको प्रभावकारी नियमनका लागि लामो समयदेखि काम हुँदै आएको उहाँेको भनाई छ ।

सबै सरोकारवालाहरुसंग पटक–पटक भएका छलफल र निष्कर्षपछि तय गरिएको कार्ययोजना अनुरुप हामी इ–रिक्सा व्यवस्थापनमा लागेका हौं,ू उहाँले भन्नुभयो, ूजिल्ला प्रशासन, यातायात कार्यालय, प्रहरी, ट्राफिक प्रहरी, इ–रिक्सा सम्बद्ध संघसंस्थाका प्रतिनिधि लगायतसंग घनिभूत छलफल गरेर व्यवस्थापन र नियमनको मार्ग तय गरेका हौं ।

नगरमा अवैध तरिकाले गुडिरहेका इ–रिक्सालाई प्रक्रियामा ल्याउन चरण–चरणमा समय दिएका छौं ।ू अद्यावधिक नभएका इ–रिक्सालाई अद्यावधिक गर्न, यातायात कार्यालयमा दर्ता गरी नेपालगञ्ज उपमहानगरपालिकामा सूचीकृत हुन पनि थुप्रै पटक सार्वजनिक सूचना जारी गरेको उनले बताउनुभयो । 

नेपालगञ्ज उपमहानगरपालिकाले प्रक्रिया नपु¥याएर चलिरहेका इ–रिक्सा मंसिर १९ गतेदेखि नियन्त्रणमा लिन सुरु गरेको हो । इ–रिक्सा नियन्त्रणमा लिन सुरु गर्नुअघि पटक–पटक प्रक्रिया पु¥याउन आग्रह गरिएको थियो । नियन्त्रणमा लिइसकेपछि पनि १५ दिने सूचना जारी गरेर इ–रिक्सा अद्यावधिक गर्न समय दिइएको उहाँेको भनाई छ ।

कुनै पनि कोणबाट वैधानिक सावित नहुने केही इ–रिक्सालाई हामीले पुनः प्रयोग गर्न नमिल्ने गरी स्क्र्याच गरेर ९नष्ट० सम्बन्धित इ–रिक्सा चालकरधनीलाई फिर्ता दिएका छौं । इ–रिक्सामा लागेका ब्याट्री फिर्ता गरिदिएका छौं,ू उहाँले  भन्नुभयो, ूकुनै पनि किसिमले वैध सावित नहुने भागहरु कवाडमा विक्रिी गर्न सक्ने गरी सम्बन्धित व्यक्तिलाई बुझाइदिएका छौं ।

आवश्यक कागजात नभएका इ–रिक्साको प्राविधिक जाँच समेत गरेका छौं । उहाँका अनुसार यातायात कार्यालयका प्राविधिकमार्फत इ–रिक्सा धनीरचालककै अगाडि कागजात अद्यावधिक भएरनभएका, चेसिज नम्बर मिलेरनमिलेको वा भएरनभएको प्राविधिक जाँच भएको छ । 

इ–रिक्सा नियन्त्रण अभियान चलिसकेपछि नेपालगञ्ज उपमहानगरपालिकाले हालसम्म ६३१ वटा इ–रिक्सा नियन्त्रणमा लिइएको छ । ती मध्ये आवश्यक कागजात र प्रक्रिया पु¥याएपछि ५५५ इ–रिक्सा फिर्ता भएका छन् । अब अझै ७६ वटा इ–रिक्सा नियन्त्रणमै छन् ।

ती मध्ये केही इ–रिक्सा पूर्णरुपमा अवैध रहेको नगर प्रमुख विष्टको भनाई छ । चेसिज नभएका, वेल्डिङ गरेका, भन्सारको कागजात नभएका, बिलविजक नभएका, कहिँकतैबाट वैध सावित नहुने ती इ–रिक्सा पुनः प्रयोग नगर्ने गरी फिर्ता गर्दैछौं । इ–रिक्सा व्यवस्थापन अभियानमा लागेको नेपालगञ्ज उपमहानगरपालिकाले सबैको सहयोग, सहकार्य र समन्वयको अपेक्षा गरेको छ,ू उहाँले भन्नुभयो ।

पत्रकार सम्मेलनमा नगर उपप्रमुख कमरुद्दिन राई र नगर प्रबक्ता प्रमोद रिजाल पनि उपस्थित हुनुभएको थियो । 

ताजा

सबै

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

नेपालगन्ज, २७ कात्तिकः नेपालगञ्ज उपमहानगरपालिका६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आ…

अब नरैनापुर मै सुरक्षित मातृत्वको सेवा

बाँके, २७ कार्तिक । नेपालका धेरै दुर्गम गाउँहरूमा आज पनि स्वास्थ्य सेवा पहुँचको विषय…

परसपुर–गौघाट सडक स्तरोन्नतिले गति लिँदै

नेपालगन्ज, २६ कात्तिकः बाँके र बर्दियाका बासिन्दा आवतजावत गर्ने परसपुरगौघाट सडक स्तरो…

बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक

पवन जायसवाल नेपालगन्ज ।अफिसियल युट्युब च्यानलमार्फत बिज्ञान स्याङ्गबोको यो नयन बोलको ग…

लोकप्रिय

सबै

सानिमा रिलायन्सद्धारा नेपालगन्जमा ‘स्टार एजेन्सी मिट’ सम्मान

नेपालगन्ज, २३ कात्तिक । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नेपालगन्जमा स्टार एजेन्सी मि…

नेपालगञ्जमा किसानको प्रदर्शन, किसानको समस्या सम्बोधन गर्न सरकारलाई दबाब

नेपालगञ्ज, २३ कात्तिक । राष्ट्रिय किसान सञ्जालले आइतवार नेपालगञ्जमा जुलुस प्रदर्शन गरेक…

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

बाँके, २३ कात्तिकः सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार …

‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै

नेपालगञ्ज, २३ कात्तिक स् बाँके राप्तीसोनारी४ स्थित चुरे पहाडमा रहेको बर्फानी बाबा मन्द…

यो पनि

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

बाँके, २३ कात्तिकः सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार …

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज, २१ कात्तिकः पश्चिम नेपालको नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्…

नेपालगन्जमा इस्लामिक कला अन्तर्राष्ट्रिय दिवस मनाइने

नेपालगन्जमा इस्लामिक कला अन्तर्राष्ट्रिय दिवस मनाइने

नेपालगन्ज ।द मदर फाउण्डेशनले विगत लामो समयदेखि सांस्कृतिक कूटनीतिको माध्यमबाट अन्तर्र…

नेपालगञ्जमा जयगुरुदेवको सतसङ्ग

नेपालगञ्जमा जयगुरुदेवको सतसङ्ग

नेपालगन्ज ,१२ कात्तिकः बाबा जयगुरुदेव आध्यात्मिक सङगत नेपालको आयोजनामा नेपालगञ्जमा स…