Pairabi logo

असोज २६, २०८३, सोमबार                    

अबैध इ-रिक्साको प्रतिवन्ध गर्छौ: मेयर विष्ट

सम्वाददाता

सम्वाददाता

अबैध इ-रिक्साको प्रतिवन्ध गर्छौ: मेयर विष्ट
ADVERTISEMENT

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले इ–रिक्सा व्यवस्थापनमा प्रतिबद्ध भएर लागेको बताउनुभएको छ । आज नेपालगञ्जमा पत्रकार सम्मेलन गर्दै नगर प्रमुख विष्टले पूर्ण अवैध इ–रिक्सा गुड्न प्रतिबन्ध लगाउने बताउनुभयो ।

नेपालगञ्जको सडकको मुख्य समस्या बनिरहेको इ–रिक्सा व्यवस्थापनका लागि निर्वाचित भएर आएदेखि नै दत्तचित्त भएर लागेको बताउँदै उहाले सडक अस्तब्यस्त हुने, दुर्घटना बढ्ने, नियम कानुन विपरीत चलेका इ–रिक्सालाई नियमन गर्न गाह्रो हुने देखेर नेपालगञ्ज नगरमा आवश्यकता भन्दा धेरै इ–रिक्सा गुडिरहेको यथार्थलाई मनन गर्दै व्यवस्थापनमा जुटेको प्रष्ट पार्नुभयो । 

आवश्यक प्रक्रिया नपु¥याएर नगरमा जथाभावी गुडिरहेका इ–रिक्साहरुको प्रभावकारी नियमनका लागि लामो समयदेखि काम हुँदै आएको उहाँेको भनाई छ ।

सबै सरोकारवालाहरुसंग पटक–पटक भएका छलफल र निष्कर्षपछि तय गरिएको कार्ययोजना अनुरुप हामी इ–रिक्सा व्यवस्थापनमा लागेका हौं,ू उहाँले भन्नुभयो, ूजिल्ला प्रशासन, यातायात कार्यालय, प्रहरी, ट्राफिक प्रहरी, इ–रिक्सा सम्बद्ध संघसंस्थाका प्रतिनिधि लगायतसंग घनिभूत छलफल गरेर व्यवस्थापन र नियमनको मार्ग तय गरेका हौं ।

नगरमा अवैध तरिकाले गुडिरहेका इ–रिक्सालाई प्रक्रियामा ल्याउन चरण–चरणमा समय दिएका छौं ।ू अद्यावधिक नभएका इ–रिक्सालाई अद्यावधिक गर्न, यातायात कार्यालयमा दर्ता गरी नेपालगञ्ज उपमहानगरपालिकामा सूचीकृत हुन पनि थुप्रै पटक सार्वजनिक सूचना जारी गरेको उनले बताउनुभयो । 

नेपालगञ्ज उपमहानगरपालिकाले प्रक्रिया नपु¥याएर चलिरहेका इ–रिक्सा मंसिर १९ गतेदेखि नियन्त्रणमा लिन सुरु गरेको हो । इ–रिक्सा नियन्त्रणमा लिन सुरु गर्नुअघि पटक–पटक प्रक्रिया पु¥याउन आग्रह गरिएको थियो । नियन्त्रणमा लिइसकेपछि पनि १५ दिने सूचना जारी गरेर इ–रिक्सा अद्यावधिक गर्न समय दिइएको उहाँेको भनाई छ ।

कुनै पनि कोणबाट वैधानिक सावित नहुने केही इ–रिक्सालाई हामीले पुनः प्रयोग गर्न नमिल्ने गरी स्क्र्याच गरेर ९नष्ट० सम्बन्धित इ–रिक्सा चालकरधनीलाई फिर्ता दिएका छौं । इ–रिक्सामा लागेका ब्याट्री फिर्ता गरिदिएका छौं,ू उहाँले  भन्नुभयो, ूकुनै पनि किसिमले वैध सावित नहुने भागहरु कवाडमा विक्रिी गर्न सक्ने गरी सम्बन्धित व्यक्तिलाई बुझाइदिएका छौं ।

आवश्यक कागजात नभएका इ–रिक्साको प्राविधिक जाँच समेत गरेका छौं । उहाँका अनुसार यातायात कार्यालयका प्राविधिकमार्फत इ–रिक्सा धनीरचालककै अगाडि कागजात अद्यावधिक भएरनभएका, चेसिज नम्बर मिलेरनमिलेको वा भएरनभएको प्राविधिक जाँच भएको छ । 

इ–रिक्सा नियन्त्रण अभियान चलिसकेपछि नेपालगञ्ज उपमहानगरपालिकाले हालसम्म ६३१ वटा इ–रिक्सा नियन्त्रणमा लिइएको छ । ती मध्ये आवश्यक कागजात र प्रक्रिया पु¥याएपछि ५५५ इ–रिक्सा फिर्ता भएका छन् । अब अझै ७६ वटा इ–रिक्सा नियन्त्रणमै छन् ।

ती मध्ये केही इ–रिक्सा पूर्णरुपमा अवैध रहेको नगर प्रमुख विष्टको भनाई छ । चेसिज नभएका, वेल्डिङ गरेका, भन्सारको कागजात नभएका, बिलविजक नभएका, कहिँकतैबाट वैध सावित नहुने ती इ–रिक्सा पुनः प्रयोग नगर्ने गरी फिर्ता गर्दैछौं । इ–रिक्सा व्यवस्थापन अभियानमा लागेको नेपालगञ्ज उपमहानगरपालिकाले सबैको सहयोग, सहकार्य र समन्वयको अपेक्षा गरेको छ,ू उहाँले भन्नुभयो ।

पत्रकार सम्मेलनमा नगर उपप्रमुख कमरुद्दिन राई र नगर प्रबक्ता प्रमोद रिजाल पनि उपस्थित हुनुभएको थियो । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…