Pairabi logo

माघ ०३, २०८२, शुक्रबार                    

लायन्सका संस्थापक जोन्सको जन्मोत्सवमा विभिन्न कार्यक्रम हुँदै

सम्वाददाता

सम्वाददाता

लायन्सका संस्थापक जोन्सको जन्मोत्सवमा विभिन्न कार्यक्रम हुँदै
ADVERTISEMENT

नेपालगन्ज २१ पुस । लायन्सका संस्थापक मेल्बिन जोन्सको जन्मोत्सव पारेर बाँके र बर्दियामा सप्ताह ब्यापी सामाजिक सेवाका कार्यक्रमहरु संचालन गरिने भएको छ ।

लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एनले यस अन्तर्गत एरिया नम्बर ४ बाँके र बर्दियाका लायन्स क्लबहरुको संयुक्त आयोजनामा बाँके र बर्दियामा पुस २२ गतेदेखि सप्ताहव्यापी सामाजिक सेवाका कार्यक्रम हुन लागेका हुन् ।

नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा पुष २२ गतेदेखि २८ गतेसम्म गरिब र विपन्नहरुलाई मध्यनजर गरेर महिला क्यान्सर सम्बन्धि परीक्षण, न्यानो कपडा वितरण, स्वास्थ्य शिविर (आँखा, कान, घाँटी, मधुमेह, दन्त, एचआइभी) खाद्यान्न वितरण, शैक्षिक सामग्री वितरण, सर्जिकल र औषधि वितरण, सरसफाई, रक्तदान, वृक्षारोपण, फेलोसिप लगायतका कार्यक्रमको आयोजना गरिएको १४५औं मेल्बिन जोन्स डे सेलिब्रेसन कार्यक्रम संयोजक सरिता शाक्यले जानकारी दिनुभयो । 

लायन्स क्लब इन्टरनेशनल विश्वको सबैभन्दा ठूलो सामाजिक संस्था हो । सन् १९१७ सालमा लायन्सका संस्थापक मेल्विन जोन्सले स्थापना गरेको लायन्स क्लब इन्टरनेशनलमा १४ लाख बढी सदस्यहरु आवद्ध छन् ।

१ सय ५ वर्षदेखि विश्वको सामाजिक सेवामा अग्रसर लायन्स क्लब सन् १९७१ सालदेखि नेपालमा पनि क्रियाशिल छ । नेपालमा करिव ५० हजास सदस्यहरु लायन्स क्लब इन्टरनेशनलमा आवद्ध छन् ।

विश्वको सबैभन्दा ठूलो सामाजिक संस्था लायन्स क्लब इन्टरनेशनलका संस्थापक मेल्बिन जोन्सको जन्म सन् १३ जनवरी १८७९ मा भएको हो ।

लायन्सले काम गर्ने मुख्य ६ वटा क्षेत्र क्यान्सर, भोकमरी, वातावरण, दृष्टि, युवा, मानवियता तथा फेलोसिप र अन्य सामाजिक कार्यहरुलाई प्राथमिकतामा राखेर मेल्बिन जोन्स डे मनाउने कार्यक्रम रहेको छ ।

पत्रकार सम्मेलनमा लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक्ट गभर्नर मुकुट ढकाल, पूर्व डिस्ट्रिक्ट गभर्नर सेम शाक्य र मधुसुदन शर्मा रिजाल, डिस्ट्रिक सेक्रेटरी उमा थापा मगर लगायतको उपस्थिति थियो ।

अग्रज लायन्सकर्मीहरुले लायन्सले गरिरहेका काम तथा आगामी योजनाबारे चर्चा गरेका थिए । लायन्सले एक साताको अवधिमा ४० देखि ४५ वटा विभिन्न सामाजिक सेवाका इभेन्टहरु गर्ने लक्ष्य लिएको छ । 

ताजा

सबै

खजुरामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि कार्यविधी तयार

खजुरा (बाँके) १ माघ । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हि…

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवक…

महिला तथा बालिकाविरुद्ध हुने हिंसा कानूनी रुपमा न्युनीकरण गरिने

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकर…

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…

लोकप्रिय

सबै

महिला तथा बालिकाविरुद्ध हुने हिंसा कानूनी रुपमा न्युनीकरण गरिने

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकर…

खजुरामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि कार्यविधी तयार

खजुरा (बाँके) १ माघ । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हि…

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवक…

यो पनि

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…