Pairabi logo

माघ ०३, २०८२, शुक्रबार                    

जोखिमपूर्ण यात्रामा निस्केका ५ सय बढीलाई नाकाबाट फिर्ता

सम्वाददाता

सम्वाददाता

जोखिमपूर्ण यात्रामा निस्केका ५ सय बढीलाई नाकाबाट फिर्ता
ADVERTISEMENT

नेपालगन्ज १५ पुस ।नेपालगञ्चले भारत तथा तेस्रो मुलुक जानका लागि जोखिमपूर्ण यात्रामा निस्केका ५ सय ९ जनालाई नाकाबाट फिर्ता पठाइएको छ । 

अंग्रेजी नयाँ वर्षको एक वर्ष अवधिमा माइती नेपाल, नेपालगञ्जले नेपालगञ्ज नाकाबाट विभिन्न जिल्लाबाट भारत तथा तेस्रो मुलुक जान थालेका ५ सय ९ जना महिला तथा वालवालिकालाई नाकाबाट फिर्ता पठाएको हो ।

माइती नेपाल, नेपालगञ्जले आज नेपालगञ्जमा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै उक्त तथ्यांक सार्वजनिक गरेको थियो। माइती नेपाल, नेपालगञ्जका संयोजक केशव कोइरालाले जोखिमपूर्ण यात्रामा निस्केका र नाकाबाट फिर्ता पठाइएका ५ सय ९ जनामध्ये १८ वर्षमुनिका बालिका एक सय ८२ जना रहेको जानकारी दिनुभयो ।

जोखिमपूर्ण यात्राबाट घर फिर्ता पठाइएकामा बाँकेका ८२ जना, बर्दियाका ५३ जना, सुर्खेतका ६० जना, दाङका ५५ जना, सल्यानका ३६ जना, दैलेखका ३० जना, जाजरकोटका २७ जना, रुकुमका २० जना, रोल्पाका १९ जना, कैलालीका १६ जना, जुम्लाका १४ जना रहेका छन् । 

यो नाकाबाट पूर्वी जिल्लाका महिला तथा बालबालिकालाई समेत भारत तथा तेस्रो मुलुकमा लैजाने गरिन्छ । जसमा चितवनका ७ जना, सिन्धुपाल्चोकका ३ जना, मकवानपुरका ५ जना, सिन्धुलीका २ जना, तनहुँका एक जना, अर्घाखाँचीका एक जना, ताप्लेजुङका २ जना, धादिङका ८ जना, इलामका १ जना, सुनसरीका २ जना, गुल्मी र स्याङ्जाका एक एक जना रहेका छन् ।

माइती नेपाल, नेपालगञ्जमा यो वर्ष ६ सय ६२ वटा खोजतलास तथा उद्धारका लागि निवेदन परेको छ । त्यसमा २ सय ७८ जना फेला परेका छन् । खोजतलासको निवेदनमा २ सय ८४ जना १८ वर्षमुनिका बालिका रहेका छन् ।

माइती नेपाल, नेपालगञ्जका संयोजक कोइरालाले सामाजिक सञ्जालको दुरुपयोग गरेर महिला तथा बालबालिका जोमिखपूर्ण यात्रामा निस्किने घटना बढेको बताउनुभयो। उहाँले सामाजिक सञ्जालको दुरुपयोग रोक्नका लागि स्कूल र कलेज तथा जोखिमपूर्ण यात्रामा बढी निस्केका गाउँटोलमा गएर सचेतनामूलक कार्यक्रमहरु गरिरहेको बताउनुभयो । 
 
ताजा

सबै

खजुरामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि कार्यविधी तयार

खजुरा (बाँके) १ माघ । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हि…

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवक…

महिला तथा बालिकाविरुद्ध हुने हिंसा कानूनी रुपमा न्युनीकरण गरिने

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकर…

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…

लोकप्रिय

यो पनि

डुडुवाको १९औँ गाउँसभा

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

चिसोले जनजविन प्रभावित

चिसोले जनजविन प्रभावित

नेपालगन्ज १८ पुस । बाँकेलगायत पश्चिम तराईमा चिसो बढेको छ । विहानैदेखि यहाँ हुस्सु …

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…