Pairabi logo

असोज ०७, २०८३, बुधबार                    

सहकारीले दिएको चेक नसाटिएपछि प्रहरीमा उजुरी

डेक्स

डेक्स

सहकारीले दिएको चेक नसाटिएपछि प्रहरीमा उजुरी
ADVERTISEMENT


नेपालगन्ज । बाँकेका सर्वसाधारणलाई जिबी (गितेन्द्र राई) ले रु.एक करोड नौ लाख बढी ठगी गरेको पाइएको छ।  

राईको समूहले नेपालगञ्जमा समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेड सञ्चालन गरेको थियो। नेपालगञ्जको सुर्खेत रोडमा कार्यालय खोलेर कारोबार गर्दै आएको राई नेतृत्वको सहकारीले प्रदान गरेको चेक साटिन छोडेपछि पीडितले प्रहरीमा जाहेरी दिन सुरू गरेका थिए। 

ग्यालेक्सी फोरके टिभी सञ्चालन गर्ने गोरखा मिडिया नेटवर्क सञ्चालक राईविरूद्ध गत वर्ष चैतमा नै ३२ जना बचतकर्ताले एक करोड नौ लाख सात सय २४ रुपैयाँ ठगी गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको बाँके प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहराले बताए। 

२०७९ चैत २३ गते सुरूमा एकैसाथ २४ जना बचतकर्ताले एक करोड सात सय २४ रुपैयाँ बिगो बराबर ठगी गरेको भन्दै सहकारी सञ्चालकविरूद्ध उजुरी दिएको एसपी बोहराले जानकारी दिए। 

पीडितको उजुरी पछि सञ्चालक राईसहित आठ जनाविरूद्ध अदालतबाट पक्राउ पूर्जीसमेत पहिले नै जारी भइसकेको पनि एसपी बोहराले बताए। 

सहकारीको अध्यक्षमा राईकै नाम रहेको र हाल उक्त सहकारी बन्द अवस्थामा रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले  बताए। 
‘हाल त्यो सहकारी बन्द छ र त्यसका सञ्चालक पनि फरार छन्,’ डाँगीले भने, ‘हामी आउनुभन्दा पहिले गत वर्ष चैतमै पीडितले जाहेरी दिएका रहेछन्।’

अरू पनि थप पीडित हुन सक्ने भन्दै प्रहरीले  अन्य बचतकर्तालाई पनि प्रमाणसहित जाहेरी दिन सार्वजनिक रूपमा आग्रह गरेको छ। 

‘समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक तथा कर्मचारीले बचतकर्तासँग लाखौं रकम ठगी गरेको भनेर ठगीसम्बन्धी कसुर मुद्दा अनुसन्धानका लागि हालसम्म ३२ जनाले  जाहेरी दरखास्त दिएको भए पनि अरू  कोही पीडित भए उजुरी लिएर आउनुहोस् भनेर सार्वजनिक रूपमा आह्वान गरिएको हो,’ डिएसपी डाँगीले भने, ‘त्यो सार्वजनिक सूचनापछि केहीले फोन सम्पर्क गरी आफू पनि पीडित रहेको बताउनु भएको छ। हामीले उहाँहरूलाई प्रमाणसहित आउन आग्रह गरेका छौं।’

मुद्दाहरूमा सञ्चालकको रूपमा राईको नाम मात्रै थाहा भएको तथा हाल सहकारीको कार्यालय समेत बन्द रहेको भन्दै थप कुरा अनुसन्धानपछि मात्रै भन्न सहज हुने उनले बताए। 

‘त्यो सहकारीबाट कसले कति रकम कसरी हिनामिना गरे भन्ने कुरा अनुसन्धानपछि खुल्ला,’ डिएसपी डाँगीले भने, ‘हामी आउनुभन्दा पहिलेकै घटना भएको हुँदा अनुसन्धान गर्नुपर्ने भएको छ।’

सहकारीमा जम्मा भएको बचतकर्ताको रकम अपचलन गरी ठगी गरेको भनेर गत चैतमै ३२ जनाले ठगीसम्बन्धी कसुरमा उजुरी दिएको भए पनि त्यसबारे बिस्तृत अध्ययन तथा अनुसन्धान हालसम्म भएको थिएन।

ताजा

सबै

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…

राजापुरमा मानव बेचबिखन रोकथाम तथा सीमापार समन्वय संयन्त्रसम्बन्धी तालिम

बर्दिया, असोज ६ । मानव बेचबिखन, लागुऔषध दुव्र्यसन रोकथाम तथा सीमापार समन्वय संयन्त्रस…

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्ज, ६ असोजः नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी…

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

नेपालगन्ज, ६ असोज । नेपालीको महान चाड दसैँ नजिकिँदै जाँदा नेपालगञ्जका मूर्तिकारलाई…

लोकप्रिय

सबै

साहसी र कर्मशील अधिकृत लक्ष्मीकान्त मिश्राको बढैयाताल गाउँपालिकामा सरुवा

​बाँके २ असोज । बाँके नरैनापुर गाउँपालिकामा एक दशकभन्दा बढी समय निष्ठापूर्वक सेवा …

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौँ, ४ असोजः प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्ष…

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…

यो पनि

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

बर्दिया, ५ असोजः वीरबहादुर चौधरी दुर्घटनामा परी पूर्ण अपाङ्गता भएपछि बढैयाताल गाउँप…

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण …

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

नेपालगन्ज १६ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट पिडित भएकाहरुको राहतका लागि सुनाख…

समाजसेवी शकिल जसगढद्धारा दुई लाख एघार हजार सहयोग

समाजसेवी शकिल जसगढद्धारा दुई लाख एघार हजार सहयोग

नेपालगन्ज १३ भदौ । नेपालगन्जका प्रसिद्ध व्यवसायी वरिष्ठ समाजसेवी नेपाल ज्वेलर्सका सञ्चाल…