Pairabi logo

कात्तिक ०५, २०८३, बुधबार                    

सहकारीले दिएको चेक नसाटिएपछि प्रहरीमा उजुरी

डेक्स

डेक्स

सहकारीले दिएको चेक नसाटिएपछि प्रहरीमा उजुरी
ADVERTISEMENT


नेपालगन्ज । बाँकेका सर्वसाधारणलाई जिबी (गितेन्द्र राई) ले रु.एक करोड नौ लाख बढी ठगी गरेको पाइएको छ।  

राईको समूहले नेपालगञ्जमा समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेड सञ्चालन गरेको थियो। नेपालगञ्जको सुर्खेत रोडमा कार्यालय खोलेर कारोबार गर्दै आएको राई नेतृत्वको सहकारीले प्रदान गरेको चेक साटिन छोडेपछि पीडितले प्रहरीमा जाहेरी दिन सुरू गरेका थिए। 

ग्यालेक्सी फोरके टिभी सञ्चालन गर्ने गोरखा मिडिया नेटवर्क सञ्चालक राईविरूद्ध गत वर्ष चैतमा नै ३२ जना बचतकर्ताले एक करोड नौ लाख सात सय २४ रुपैयाँ ठगी गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको बाँके प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहराले बताए। 

२०७९ चैत २३ गते सुरूमा एकैसाथ २४ जना बचतकर्ताले एक करोड सात सय २४ रुपैयाँ बिगो बराबर ठगी गरेको भन्दै सहकारी सञ्चालकविरूद्ध उजुरी दिएको एसपी बोहराले जानकारी दिए। 

पीडितको उजुरी पछि सञ्चालक राईसहित आठ जनाविरूद्ध अदालतबाट पक्राउ पूर्जीसमेत पहिले नै जारी भइसकेको पनि एसपी बोहराले बताए। 

सहकारीको अध्यक्षमा राईकै नाम रहेको र हाल उक्त सहकारी बन्द अवस्थामा रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले  बताए। 
‘हाल त्यो सहकारी बन्द छ र त्यसका सञ्चालक पनि फरार छन्,’ डाँगीले भने, ‘हामी आउनुभन्दा पहिले गत वर्ष चैतमै पीडितले जाहेरी दिएका रहेछन्।’

अरू पनि थप पीडित हुन सक्ने भन्दै प्रहरीले  अन्य बचतकर्तालाई पनि प्रमाणसहित जाहेरी दिन सार्वजनिक रूपमा आग्रह गरेको छ। 

‘समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक तथा कर्मचारीले बचतकर्तासँग लाखौं रकम ठगी गरेको भनेर ठगीसम्बन्धी कसुर मुद्दा अनुसन्धानका लागि हालसम्म ३२ जनाले  जाहेरी दरखास्त दिएको भए पनि अरू  कोही पीडित भए उजुरी लिएर आउनुहोस् भनेर सार्वजनिक रूपमा आह्वान गरिएको हो,’ डिएसपी डाँगीले भने, ‘त्यो सार्वजनिक सूचनापछि केहीले फोन सम्पर्क गरी आफू पनि पीडित रहेको बताउनु भएको छ। हामीले उहाँहरूलाई प्रमाणसहित आउन आग्रह गरेका छौं।’

मुद्दाहरूमा सञ्चालकको रूपमा राईको नाम मात्रै थाहा भएको तथा हाल सहकारीको कार्यालय समेत बन्द रहेको भन्दै थप कुरा अनुसन्धानपछि मात्रै भन्न सहज हुने उनले बताए। 

‘त्यो सहकारीबाट कसले कति रकम कसरी हिनामिना गरे भन्ने कुरा अनुसन्धानपछि खुल्ला,’ डिएसपी डाँगीले भने, ‘हामी आउनुभन्दा पहिलेकै घटना भएको हुँदा अनुसन्धान गर्नुपर्ने भएको छ।’

सहकारीमा जम्मा भएको बचतकर्ताको रकम अपचलन गरी ठगी गरेको भनेर गत चैतमै ३२ जनाले ठगीसम्बन्धी कसुरमा उजुरी दिएको भए पनि त्यसबारे बिस्तृत अध्ययन तथा अनुसन्धान हालसम्म भएको थिएन।

ताजा

सबै

आज दसहरा मेला, रामलिलामा रावण बध गरिदै

नेपालगन्ज, ४ कार्तिक । नेपालगञ्ज रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि शुरु भ…

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

बाँके, ३ कात्तिक । बाँकेको राप्ती सोनारी गाउँपालिका६ फत्तेपुरका किसान महिलाले खसीब…

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज, ३ कात्तिक : दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया न…

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्ज, ३ असोज । नेपालगन्जमा जारी १५९औँ ऐतिसाहिस रामलिला मन्चनको विशेष आकर्षण रा…

लोकप्रिय

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्ज, ३ असोज । नेपालगन्जमा जारी १५९औँ ऐतिसाहिस रामलिला मन्चनको विशेष आकर्षण रा…

‘दसैँ गाउँमा नै रमाइलो’

कर्णाली, २ कात्तिकः बडादसैँ नजिकिदै गर्दा देश विदेशबाट घर फर्कनेहरुको यतिबेला घुँइच…

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

शम्भुप्रसाद थारु बर्दिया, २ कात्तिक स् घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहे…

यो पनि

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

नेपालगन्ज २७ असोजः नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दिया, असोज २५ । युवा उद्यमशीलता प्रवद्र्धन, परियोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन…