Pairabi logo

असोज २६, २०८३, सोमबार                    

जिवन निर्वाह गर्न गौरब फाउण्डेशनद्धारा इ–रिक्सा प्रदान

सम्वाददाता

सम्वाददाता

जिवन निर्वाह गर्न गौरब फाउण्डेशनद्धारा इ–रिक्सा प्रदान
ADVERTISEMENT

नेपालगन्ज १३ पुस । बाँकेमा गौरव स्मृति तथा वि.योर सेल्फ फाउण्डेशनले गरेका बृहत रक्तदान कार्यक्रम १ सय १३ जनाले रक्तदान गरेका छन् । 

गौरव स्मृति तथा वि.योर सेल्फ फाउण्डेशनका संस्थापक अध्यक्ष गौरव शाहको जन्मोत्सवको अवसरमा आज आयोजित बृहत रक्तदान तथा ई–रिक्सा हस्तान्तरण कार्यक्रमको सचिव सुकराम ठाकुरद्वारा सञ्चालित रक्तदान कार्यक्रममा नेपालगन्ज उप–महानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्ट र संस्थाका संरक्षक प्रदीप शाहले संयुक्त रुपमा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्राविधिक सुनिता कुमाईलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रम को उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रममा गौरव स्मृति तथा वि.योर सेल्फ फाउण्डेशनले आर्थिक अवस्था कमजोर भई अपांगता भएका नेपालगन्ज उप–महानगरपालिका वार्ड नं.–५ का राजु खानलाई जीवन यापन गर्नका लागी ई–रिक्सा प्रदान गरेको छ ।

सो ई–रिक्सालाई नेपालगन्ज नगर प्रमुख प्रशान्त बिष्ट र संस्थाकी अध्यक्ष मधु शाहले संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो । 

 

बृहत रक्तदानमा एक सय १३ जनाद्धारा रक्तदान 

गौरव स्मृति तथा वि.योर सेल्फ फाउण्डेशनकी अध्यक्ष मधु शाहको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा राजिव अधिकारी, हेम राज चौधरी, सुवास खत्री, अपराजित चन्द, फिरोज खान, सुल्तान खान, सरोज अली बेहना, चेत नारायण, जय बिक्रम दहित, नरेश खडका, कृष्ण चौधरी, दिपेश कडेल, रोशन केसी, बिपिन रानाले रक्तदान गर्नुभयो । 

यसैगरि रमेश थारु, रियाज शेष, दिव्य देवबंशी, अमृत राना, संस्थाका उपाध्यक्ष करन साह, रंजीत बुढाथोकी, सनम थापा, अनुप शाही, नन्का नाउँ, अमन सोनी, आर्दश सोनी, कमल बोहरा, दिपक परियार, अवधी पत्रकार संघका केन्द्रिय अध्यक्ष राकेश कुमार मिश्र, मान्सी गोडिया, सागर नाउँ, बिबेक केसी, रमेश शाही, लक्षमण कार्की, कुसुम खत्री, बिपुन कुमार वर्मा, बिबेक रोकाया, सिद्धार्थ भारती, सुदीप सिंह चौधरी, दिपेश थापा रक्तदान गर्नुभयो । 

यसैगरि अनिरुद्र क्षेत्री, मीन बहादुर बुढा, सोरव शाह, लक्षमण कुमार थापा, राज कौशल, शुभदीप श्रेष्ठ, सौगात आचार्य, शंकर सिंह, सुशान्त रानामगर, उज्वल थापामगर, भवेष मल्ल, अभिराज चौधरी, चन्द्र बहादुर धामी, प्रकाश बुढा, सागर बिष्ट, नितेष बौडेल, बिनोद कुमार, निकित खडका, बिवेक श्रेष्ठ, मिलन बिष्ट, उत्सव सिंह, यश हमाल, सौगात श्रेष्ठ, प्रशान्त शाही, सुशान्त खत्री (सुसन), समीर घर्तीमगर, मंकली खडका, अनुराज पाण्डे, एकेन्द्र कुवँर, रञ्जित सिंह, शंकर मल्ल, डम्बर बहादुर ओली, पारस बहादुर ओली, लक्षमण भण्डारी, पवन कुमार राँढ, ताज मोहम्मद, लक्ष्मी मगर, आदिल इद्रिसीले रक्तदान गर्नुभयो । 

यसैगरि अजय कोरी, सबन खान, लच्छीराम हरिजन, अनिश भण्डारी, आयुश थापा, अतिश अधिकारी, रोशन थापामगर, सल्मान अन्सारी, चेतन अधिकारी, सीताराम कोरी, राजकुमार कश्यप, सौभाग्य बिश्वास, शरद रानामगर, अफजर हलवाई, अमृत श्रेष्ठ, खगेन्द्र साउद, जय नारायण शाही, बशिष्ठराज भट्ट, अमन गुप्ताले रक्तदान गर्नुभयो । 

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख प्रशान्त बिष्ट, समाजसेवी तथा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार माधवराम वर्मा, प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, संस्थाका संरक्षक प्रदीप शाह, नेका बाँके महासमितिका सदस्य निरञ्जन सिंह सिजापति, दैलेखी समाजका अध्यक्ष पूर्ण गिरी लगायतले आ–आफन विचार व्यक्त गर्नुभयो । 

प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उप्न्द्र रेग्मी, सोम प्रकाश सापकोटा, सुनिता कुमाई, प्रशान्त तिवारी, मनिाष चन्द, केशर सिंह डाँगी र बीरेन्द योगीले प्राविधिकमा सहयोग गर्नुभएको थियो । 

कार्यक्रममा नेपालगन्ज उप–महानगरपालिका वार्ड नं.–४ का वडाध्यक्ष गोपाल पुन, वडा सदस्यद्वय उत्तम सिंह सिजापति, सलीम मुसलमान, साहू समाज बाँकेका अध्यक्ष हंशराम साहू, युवा समितिका अध्यक्ष रामकिसुन साहू, संस्थाकी सह सचिव प्रेमा शाही, शिवम् शाह, सल्लाहकार तोजेन्द्र विक, संस्थाका पदाधिकारी, साहू समाजका पदाधिकारी स्थानीयवासीहरुको सहभागिता रहेको थियो । 

कार्यक्रममा लुम्बिनी प्रदेशमा सवै भन्दा बढी रक्तदान गर्ने स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार तथा स्वयंसेवी रक्तदाता पवन जायसवाललाई संस्थाकी अध्यक्ष मधु शाहले खादा ओढाएर सम्मान गर्नुभएको थियो । 

गौरव स्मृति तथा वि.योर सेल्फ फाउण्डेशनका परिकल्पनाकार गौरव शाहले आफ्नो पाकेट खर्चलाई बचाएर समाजमा स–सानो आवश्यकतामा परेका र आफूले देखे जतिका व्यक्तिलाई सहयोग गर्दै आउनुभएको थियो । गौरवको परिकल्पनाले नै आज गौरव स्मृति तथा बी योर सेल्फ फाउण्डेशनको जन्म भएको हो ।

सामाजिक काममा निरन्तर लागि परेका गौरवले सबै युवा जनशक्तिलाई एकत्रित गरी संंस्था दर्ता गरेर बृहत रूपमा मानव सेवा गर्ने सोच बनाउनुभयो । दुर्भाग्य समाजमा रहेका विपन्न, गरिब, दुखीलाई केही गर्छु भन्ने महान सोच लिएका गौरव धेरै समय हामी माझ रहनुभएन । 

वि.सं. २०७८ साल असार १ गतेमा मृत्यु भइसकेपछि घरपरिवारले उहाँको सोंचलाई पूरा गर्ने उद्देश्यले फाउण्डेसनलाई निरन्तरता दिइएको संरक्षक शाहले बताउनुभयो ।  
 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…