Pairabi logo

असोज ०४, २०८३, आइतबार                    

विकल्पविहीन विपन्न वर्ग गुइँठाबाट गुजारा गर्दै

सम्वाददाता

सम्वाददाता

विकल्पविहीन विपन्न वर्ग गुइँठाबाट गुजारा गर्दै
ADVERTISEMENT

राकेशकुमार मिश्र ८ पुस : ग्रामीण क्षेत्रमा खाना पकाउन अझै पनि परम्परागत चुलो प्रचलनमा छ । गाउँघरमा खाना पकाउने इन्धनका रूपमा गाईभैँसीको गोबरबाट बनाइने गुइँठाको प्रयोग अझै कायम छ ।

खाना पकाउने ग्यास महँगो र काठ तथा दाउरा अभाव भएकाले गुइँठा इन्धनका रूपमा प्रयोग गरिरहेको बाँके डुडुवा गाउँपालिका–१ की लक्ष्मी कोरी बताउनुहुन्छ । “ग्यास किन्ने आर्थिक हैसियत छैन, हाम्रा लागि गुँइठा नै सहज विकल्प हो”, उहाँले भन्नुभयो । 

डुडुवा–१ की निर्मला कोरीको अवस्था पनि उस्तै छ । “आफूसँग भएको जमिनमा रुखबिरुवा छैनन्, नजिकै जङ्गल पनि छैन, हामी त बाढी प्रभावित क्षेत्रमा बसेका छौँ, अहिले नदीमा बाढीले बगाएर ल्याएको काठ दाउरा स¬ङ्कलन गर्न सक्दैनौँ, त्यसैले हाम्रा लागि गुइँठा नै खाना पकाउने विकल्प हो ।”

गाउँमा प्रायः पशुपालन गर्ने भएकाले घरपिच्छे महिला गुइँठा बनाउने गर्दछन् । परापूर्वकालदेखि चलिआएको परम्पराका कारणले पनि गुइँठा बनाउने चलन अझै कायम छ । गुइँठाले स्वास्थ्यमा असर गर्नेबारे अलि सचेत हुन थालेको परिवारले ग्यासको व्यवस्था गरे पनि गुइँठाको प्रयोग  नछाडेको डुडुवा–४ का शिक्षक चन्दा मिश्र बताउनुहुन्छ ।

उहाँका अनुसार गुइँठाको प्रयोगले खाना अलि स्वादिलो हुने सोचका कारण गाउँघरमा यसको प्रयोग नरोकिएको हो । ग्यास र त्यसमा प्रयोग हुने चुल्हो किन्न सबै गाउँले सक्षम पनि छैनन् । 

गुइँठा गाईगोरु तथा भैँसीको गोबरमा भुस, पराल मिलाएर बनाइन्छ । यसरी बनाइएको गुइँठालाई घाममा सुकाएर बाल्नयोग्य बनाइन्छ । स्वास्थ्यका दृष्टिले गुइँठा बाल्नु राम्रो होइन । आगो छिटो नसल्कने, आगो सल्के पनि धुवाँ बढी फाल्नेलगायत कारणले यसले स्वास्थ्यमा गम्भीर असर पार्ने स्वास्थकर्मी बताउँछन् ।

अधिक गुइँठाको प्रयोगले श्वासप्रश्वास, क्षयरोग र मोतियाविन्दुजस्ता दीर्घकालीन रोगको जोखिम बढ्ने नेपालगञ्ज मेडिकल कलेजका विशेषज्ञ डा विनोद कर्ण बताउनुहुन्छ । दाउराका रूपमा गोबरको अत्यधिक प्रयोग भएकाले कृषि उत्पादनमा ह्रास हुँदै गएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।

गोबरको प्रयोग इन्धनका रूपमा हुन थालेपछि किसानले रासायनिक मल प्रयोग गर्न थालेका छन् । यसबाट तत्काल उब्जनी बढ्ने भए पनि माटोको उर्वराशक्ति घट्दै गएको छ । बाँकेको नरैनापुर गाउँपलिकाले परम्परागत चुलोको अन्त्यका लागि विगतमा अनुदानमा ग्यास चुलो र सिलिण्डर वितरण गरेको थियो ।

नरैनापुर क्षेत्रमा बर्सेनि आगलागीका घटना हुने गरेको नेपाल रेडक्रस सोसाइटीका अधिकृत प्रह्लाद विश्वकर्मा बताउनुहुन्छ । उहाँका अनुसार नरैनापुरमा अधिकांश घर फुसका छन् ।  परम्परागत चुलोमा खाना पकाउनाले आगो गाउँमा आगो लाग्ने जोखिम सधै रहन्छ ।

नरैनापुरवासीलाई ग्यासतर्फ आकर्षण गर्न पालिकाले निःशुल्क ग्यास वितरण गरे पनि सिलिण्डरमा रहेको ग्यासलाई प्रयोग गरी पछि त्यसमा आर्थिक समस्याका कारण पैसाको अभावमा ग्यास भर्न नसकिएर सयाँै ग्यास सिलिण्डर थन्किएका छन् । त्यस क्षेत्रका परिवारमा आर्थिक अभावमा विकल्पका रूपमा अझै पनि गुइँठा र दाउराको प्रयोगको जारी रहेको नरैनापुरका स्वास्थ्यकर्मी तारा शर्मा बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यहाँ यस्ता परिवार छन्, जसलाई दैनिक मजदुरी गरेपछि साँझ–बिहानको छाक टर्छ, त्यस्ता परिवारले ग्यास कसरी व्यवस्थापन गर्न सक्छन्रु”, सो क्षेत्रमा यस्ता परिवारको सङ्ख्या बढिरहेको छ ।

“अनुदानमा ग्यास सिलिन्डर प्राप्त गर्ने नरैनापुरका स्थानीय केहीले बेचिसके भने केहीले आफ्ना छोरी तथा नातागोतलाई दिए”, उहाँले भन्नुभयो, “सिलिन्डर पाए पनि महँगाइले गरिब र किसानका लागि ग्यासको मूल्य छोइनसक्नुभएको छ ।” नरैनापुर मात्र होइन, नेपालगञ्जनगरसँग जोडिएका धेरै गाउँमा गरिबीका कारण  गुइँठा र दाउरा नै प्रयोग गरेको पाइन्छ ।

ताजा

सबै

रक्त अभियन्तालाई सम्मानसहित फाउण्डेसनमा ६३ जनाले गरे रक्तदान

पवन जायसवाल ४ असोज । गोपालनीना फाउण्डेशन, नेपाल र जनमत अद्र्धसाप्ताहिकद्वारा लामो सम…

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौँ, ४ असोजः प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्ष…

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

साहसी र कर्मशील अधिकृत लक्ष्मीकान्त मिश्राको बढैयाताल गाउँपालिकामा सरुवा

​बाँके २ असोज । बाँके नरैनापुर गाउँपालिकामा एक दशकभन्दा बढी समय निष्ठापूर्वक सेवा …

लोकप्रिय

सबै

साहसी र कर्मशील अधिकृत लक्ष्मीकान्त मिश्राको बढैयाताल गाउँपालिकामा सरुवा

​बाँके २ असोज । बाँके नरैनापुर गाउँपालिकामा एक दशकभन्दा बढी समय निष्ठापूर्वक सेवा …

विद्यालय व्यवस्थापन समिति तथा सरोकारवालासँग छलफल

बर्दिया, असोज २ । सुरक्षित भविष्य परियोजना अन्तर्गत बर्दियाको बढैयाताल गाउँपालिका र ग…

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

रक्त अभियन्तालाई सम्मानसहित फाउण्डेसनमा ६३ जनाले गरे रक्तदान

पवन जायसवाल ४ असोज । गोपालनीना फाउण्डेशन, नेपाल र जनमत अद्र्धसाप्ताहिकद्वारा लामो सम…

यो पनि

साहसी र कर्मशील अधिकृत लक्ष्मीकान्त मिश्राको बढैयाताल गाउँपालिकामा सरुवा

साहसी र कर्मशील अधिकृत लक्ष्मीकान्त मिश्राको बढैयाताल गाउँपालिकामा सरुवा

​बाँके २ असोज । बाँके नरैनापुर गाउँपालिकामा एक दशकभन्दा बढी समय निष्ठापूर्वक सेवा …

राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग

राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग

नेपालगञ्ज, २५ भदौः बाँकेको डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाको भूभागमा …

बारबर्दियामा जोखिममा रहेका बालबालिकाको पहिचान गरिने

बारबर्दियामा जोखिममा रहेका बालबालिकाको पहिचान गरिने

बर्दिया, २५ भदौ । बर्दियाको बारबर्दिया नगरपालिकामा नगर बाल अधिकार समितिको त्रैमासिक…

बाढीपिडितका लागि हनुमानगढी मन्दिर व्यवस्थापन समितिद्धारा आर्थिक सहयोग

बाढीपिडितका लागि हनुमानगढी मन्दिर व्यवस्थापन समितिद्धारा आर्थिक सहयोग

नेपालगन्ज, २३ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुन…