Pairabi logo

असोज २६, २०८३, सोमबार                    

सुनका गहनासहित भारतीय नागरिक पक्राउ

डेक्स

डेक्स

सुनका गहनासहित भारतीय नागरिक पक्राउ
ADVERTISEMENT


नेपालगन्ज । बाँकेमा प्रहरीले विभिन्न सुनका गहनासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

नेपालबाट ७० ग्राम सुनका विभिन्न गहना बनाएर भारततर्फ जाँदै गरेका भारत बाबागञ्जका ४० वर्षीय बब्लु भन्ने सञ्जयकुमार सोनीलाई मंगलबार प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका १० साझा चोकस्थित चारबाहिनीबाट जमुनाहातर्फ जाँदै गरेको अवस्थामा  पक्राउ गरेको हो । उक्त सुनको बजार मूल्य ६ लाख ७८ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

युपी ४० एयु ४१९९ नम्बरको मोटरसाइकलमा रहेका सञ्जयको साथबाट २ थान मिनी हार, १ थान मसिनो सिक्री, १ थान लकेट, नथिवा ठूलो सानो १० थान, कानमा लगाउने झाला ४ थान र १ थान औंठी बरामद गरेका जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । उनको साथबाट केही नक्कली गहना पनि बरामद भएको छ । 

ग्यारेन्टीवाला कानमा लगाउने टप ५४ जोर, कानमा लगाउने बेरुवा बाली ३१ जोर, रातो पोतेमा पाइप लगाएको १ थान समेत बरामद भएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।
 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…