Pairabi logo

पुस ०३, २०८२, बिहीबार                    

नेपालगञ्जमा रुख काटेपछि अभियन्ता आक्रोसित

सम्वाददाता

सम्वाददाता

नेपालगञ्जमा रुख काटेपछि अभियन्ता आक्रोसित
ADVERTISEMENT

नेपालगन्ज २७ मङ्सिर । नेपाल विद्युत प्राधिकरणले हुर्केका बयश्क रुख जथाभावी काटेपछि नागरिक स्तरबाट त्यसको आलोचना भएको छ । तार व्यवस्थापनका नाममा नेपालगञ्जस्थित विद्युत कार्यालयले बाँके जिल्ला अदालत अगाडीका १६ वटा रुख काटेपछि सर्वत्र विरोध भईरहेको हो ।

नगरलाई सुन्दर, व्यवस्थित र हरियाली बनाउन रोपिएर हुर्काइका बयश्क रुख कुनै समन्वय नै नगरी काटिएपछि यहाँका नागरिक समाज लगायतको समुहले दोषीलाई कारवाहीको समेत माग गरेको छ । 

जथाभावी रुख काटिएपछि नागरिक समाजका अगुवाले आज राष्ट्रिय मानव अधिकार आयोगमा अध्ययन तथा आवश्यक छानविन र कारवाहीका लागि उजुरी दर्ता गरिएको छ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्र र क्लिन नेपालगन्ज ग्रिन नेपालगन्जको पहलमा राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्ज कार्यालयमा उजुरी दर्ता गरिएको हो । 

कार्यालयका निमित्त प्रमुख सुलोचन चौधरीलाई उक्त उजुरी बुझाइएको छ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजित तिवारी, क्लिन नेपालगन्ज ग्रिन नेपालगन्जका अध्यक्ष डा विनोद कर्ण, अभियन्ताहरु रविन्द्रकुमार ज्ञवाली, राकेश मिश्र, अरुण तिवारी, अनुप मिश्र लगायतको समुहले उजुरी दर्ता गराएको हो ।  

सार्वजनिक सम्पत्तिको संरक्षणको साटो एउटा सरकारी कार्यालयले नै तार व्यवस्थापनका नाममा एक्कासी रुख काट्ने कुराको सर्बत्र निन्दा गरिएको छ । नेपालगञ्जमा हरियाली प्रबद्र्धन गर्दै सुन्दर सहर बनाउने अभियानलाई झट्का दिने गरी यस्तो काम भएको भन्दै अभियन्ताहरु आक्रोशित भएका छन् । 

शहरलाई सुन्दर र हरियाली बनाउन मैले विगतका वर्षदेखि अभियान नै चलाएको बेला एउटा सरकारी कार्यालयले धमाधम रुख काटेपछि विधीको शासनको खिल्ली उढाएको अभियन्ता विनोद कर्ण बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “नेपालगन्ज हरियाली शहरका लागि अभियान चलाईरहेको छु, तर मेरो अभियानको समेत अपमान गरिएको छ, रुख काट्नेलाई कारवाही हनुपर्दछ ।” यो कार्यले हाम्रो अभियानलाई कमजोर बनाएको छ उहाँको भनाई थियो ।  

अभियन्ताहरुले बाताबरणको संरक्षण तथा सम्बद्र्धनका लागि सरोकारवाला निकायको ध्यान समेत आकर्षण गरेका छन । 
 
ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

यो पनि

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

नेपालगन्ज, २९ कात्तिकः बाँकेको बैजनाथ गाउँपालिकामा अवस्थित गाभर भ्याली सामुदायिक घर…

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

बाँके, २३ कात्तिकः सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार …

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज, २१ कात्तिकः पश्चिम नेपालको नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्…