Pairabi logo

असोज २६, २०८३, सोमबार                    

बाँकेमा पाँच महिनामा  १०३ विपदका घटना

डेक्स

डेक्स

बाँकेमा पाँच महिनामा  १०३ विपदका घटना
ADVERTISEMENT

नेपालगञ्ज । बाँकेमा पाँच महिनाको अवधिमा १०३ विपदका घटना भएका छन् । चालू आर्थिक बर्षको श्रावणदेखि हालसम्म १०३ वटा घटना हुँदा १७ जनाले ज्यान गुमाएको जिल्ला विपद व्यवस्थापन समिति बाँकेले जनाएको छ । यी घटनामा २२ जना घाइते भएका छन । 

करेन्ट लागेर, पानीमा डुबेर र सडक दुर्घटनामा परेर १७ जनाको मृत्यु हुँदा २२ जना घाइते भएका हुन् । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार पाँच महिनाको अवधिमा जिल्लाभर आगलागीका ३४, बाढीरडुबान २१, हावाहुरी ८, करेन्ट ८, पानीमा डुबान ७ र सडक दुर्घटनाका २५ वटा घटना भएका छन् । करेन्ट लागेर ६ जना, पानीमा डुबेर ४ जना र सडक दुर्घटनामा ७ जनाले ज्यान गुमाएको तथ्यांक छ । 

आगलागीका ३४ वटा घटना हुँदा ३४ वटै घरमा क्षती पुगेको छ भने हावाहुरीबाट ८ घर पूर्णरुपमा क्षतीग्रस्त भएका छन् । विपदबाट ४४ लाख ५२ हजार २ सय रुपैयाँ बराबरको क्षती भएको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ । सबैभन्दा बढी भौतिक क्षती आगलागीबाट भएको छ ।विपदबाट प्रभावित ३३ घरपरिवारलाई ४ लाख ८६ हजार बराबरको राहत प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए ।

जिल्ला विपद व्यवस्थापन समितिको आज बसेको वैठकमा प्रमुख जिल्ला अधिकारी पोखरेलले उक्त तथ्यांक प्रस्तुत गरेका हुन् ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…