Pairabi logo

माघ १३, २०८२, सोमबार                    

बाँकेमा शीतलहर आकस्मिक योजना स्वीकृत

डेक्स

डेक्स

बाँकेमा शीतलहर आकस्मिक योजना स्वीकृत
ADVERTISEMENT

नेपालगन्ज । जिल्ला विपद व्यवस्थापन समिति बाँकेको बैठकले  शीतलहरबाट नागरिकलाई जोगाउन परिमार्जित शीतलहर आकस्मिक योजना बाँके २०८० स्वीकृत गर्दै विभिन्न २१ बुँदे निर्णय गरेको  छ । 

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलको अध्यषतामा बसेको वैठकले यस वर्षको चिसोयाम शुरु भइसकेकोले जिल्लामा चिसो तथा शीतलहरका कारण हुन सक्ने क्षती न्यूनीकरणका लागि तयार गरिएको शीतलहर आकस्मिक योजना २०८० को मस्यौदामाथि छ्लफल गरी प्राप्त सुझाव समेत समावेश गरेर परिमार्जित शीतलहर आकस्मिक योजना बाँके २०८० स्वीकृत गरिएको  हो । 

आठ स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायत जिल्लाका सरोकारवाला उपस्थित वैठकमा स्वीकृत उक्त योजना अनुरुप आ(आफ्नो जिम्मेवारी पूरा गर्न सम्बन्धित सबै सरोकारवाला निकायले तत्काल आवश्यक तयारी तथा पूर्व प्रवन्ध मिलाई कार्यान्वयन गर्ने निर्णय गरिएको छ ।  सबै नगरपालिकारगाउँपालिका विपद व्यवस्थापन समिति तथा सवै विषयगत क्षेत्रले आ(आफ्नो शीततलहर पूर्व तयारी बैठक बसी आकस्मिक योजना तयार गरी लागू गर्ने निर्णय भएको हो ।

 स्थानीय तहले चिसो तथा शीतलहरका कारण जोखिममा पर्न सक्ने खास गरी अति विपन्न परिवार, जेष्ठ नागरिक, वालवालिका, गर्भवती महिला, सुत्केरी महिला तथा जोखिमयुक्त र उच्च जोखिमयुक्त क्षेत्र र समुदायको पहिचान गरेर सूची तयार पार्ने र राहत वितरण प्राथमिकतामा राख्ने, चिसो तथा शीतलहर चलेको बेला चोक तथा चहलपहल हुने स्थानमा आगो बाल्न स्थानीय तहहरुले डिभिजन वन कार्यालय वा नजिकको सव डिविजन वन कार्यालय र बन उपभोक्ता समितिसंग समन्वय गरी स्थानीय सामुदायिक वनमार्फत आवश्यक दाउरा उपलव्ध गराउने, दाउरा उपलव्ध गराउँदा सहुलियत दररेटमा समेत उपलव्ध गराउन अनुरोध गर्ने निर्णय गरिएको आपतकालीन कार्यसंचालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो ।

यसैबीच जिल्ला विपद व्यवस्थापन समितिले जाजरकोट भूकम्प पश्चात प्रतिकार्यमा सहयोगी भूमिका निभाउने सरकारी निकाय, कार्यालय, संघसंस्था र व्यक्तिहरुलाई सम्मान गरेको छ । जाजरकोट भूकम्पका घाइतेको उपचार व्यवस्थापन, राहत सामग्री हस्तान्तरण लगायतका क्रियाकलापमा सहयोग पुर्याउनेहरुलाई पनि उक्त कार्यक्रममा सम्मान गरिएको हो । सहयोगीहरुलाई प्रशंसापत्र प्रदान गरिएको छ ।
 


 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …