Pairabi logo

असोज २६, २०८३, सोमबार                    

मानव अधिकारको प्रत्याभुति गर्न जोड

सम्वाददाता

सम्वाददाता

मानव अधिकारको प्रत्याभुति गर्न जोड
ADVERTISEMENT

नेपालगन्ज २४, मङ्सिर । आज १० डिसेम्बर ७५औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ । दिवसको अवसरमा कानुनी राज्यको भरपर्दो व्यवस्थासँगै मानव अधिकारको प्रत्याभूतिबाट कुनै पनि नागरिक बञ्चित हुनु नपर्ने कुरामा जोड दिइएको छ ।

दिवसको अवसरमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले आज आइतबार साँझ जिल्ला प्रशासन कार्यालयको मुल गेटमा आयोजना गरेको दिप प्रज्वलन कार्यक्रमका सहभागीले व्यक्तिगत स्वतन्त्रता र लोकतान्त्रिक शासन प्रणालीलाई सारभूत बनाउने मानव अधिकारको महत्वपूर्ण पक्ष आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार भएको बताएका थिए ।

नेपालको संविधानले मौलिक हकमा गरेको व्यवस्था अनुसार त्यसको पुर्ण कार्यान्वयनका लागि सरोकारवाला निकायलाई जोड दिइएको थियो । 

कार्यक्रममा अधिकारकर्मी कृष्णमुरारी प्रसाद भट्टले सबैको हक अधिकार, स्वतन्त्रता र न्यायको अनुभूति हुन सकेमा मात्र मानव अधिकार दिवसले सार्थकता पाउने बताउनुभयो । 

सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिबक्ता विश्वजित तिवारीले नेपालले संविधानमा व्यवस्था भएको नागरिकको मौलिक हकको पूर्ण कार्यान्वयनका लागि अग्रसरता लिनुपर्नेमा जोड दिदै सबै पक्ष र निकायलाई मानव अधिकारको मर्म र भावनाको कदर गर्न आवहान गर्नुभयो । 

कार्यक्रममा अधिकारकर्मी, सामाजिक अभियन्ता, युवा, विद्यार्थीलगायतको सहभागिता रहेको थियो । संयुक्त राष्ट्रसङ्घको महासभाबाट मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मृतिमा प्रत्येक वर्ष डिसेम्बर १० मा विश्वभर यस दिवस मनाउने गरिन्छ । 

यस वर्ष ‘भविष्यमा मानवअधिकार संस्कृतिलाई एकीकृत र दिगो बनाउँदै लैजाऔँ’ भन्ने मूल नारासहित नेपालमा पनि विविध कार्यक्रमका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइएको हो । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…