Pairabi logo

माघ ०१, २०८२, बुधबार                    

नयाँ नयाँ क्षेत्रमा लगानीकर्ताको आर्कषण बढ्दै

डेक्स

डेक्स

नयाँ नयाँ क्षेत्रमा लगानीकर्ताको आर्कषण बढ्दै
ADVERTISEMENT

नेपालगञ्ज  । शेयर बजारमा ठूलो हिस्सा ओगटेको बैङ्किङ क्षेत्रमा लगानीकर्ताको आर्कषण घट्दै जान थालेको छ । 
बैङ्किङ क्षेत्रबाट सिफ्ट भएर लगानीकर्ता शेयर बजारको अन्य क्षेत्रमा आर्कर्षिक हुन थालेको लगानीकर्ताले जनाएका छन । खास गरी इन्सुरेन्स, हाइड्रोपावर, फाइनान्स, होटेल तथा पर्यटन लगायतका क्षेत्रमा लगानीकर्ता झुम्मीन थालेका छन । 
केही बैङ्कले यस बर्ष लाभांस पनि नदिएको र बैङ्किङ क्षेत्रमा राम्रा मानिएका कम्पनीको शेयर मूल्य पनि ओरालो लागेका कारण सो क्षेत्रमा आर्कषण कम हुदै गएको नेपालगन्जका लगानीकर्ता विकास भट्टराई बताउनुहुन्छ । 
उहाँले विगतमा बैंकको पुँजी कम थियो शेयरको सप्लाई पनि कम थियो र अन्य कम्पनी पनि नआएको तर अहिले रु.दुई अर्बको बैङक केही अपवाद बाहेक अधिकांस रु. बीस अर्बको पुँजीमा भएकाले शेयर सप्लाई बढेको बताउनुभयो । 
बैंकलाई १० प्रतिशत लाभांस बाढन पनि धौ धौं भएकाले बैंकप्रतिको आर्कषण घटेको उल्लेख गर्दै लगानीकर्ता भट्टराईले सर्ट टर्म लगानीकर्ताले दुई देखि तीन प्रतिशत नाफा बुक गर्दा पनि शेयरको सप्लाई बढन थालेको अनूभव सुनाउनुभयो । 
उहाँले भन्नुभयो —‘अहिले कम पुँजी भएका विभिन्न हाइड्रोपावर, फाइनान्स लगायतका कम्पनीमा लगानीकर्ताको आर्कषण बढेको छ, यसले पनि लगानीकर्ता सिफ्ट भएका छन’ 
भट्टराईले शेयर बजार सधै बियरिस अवस्थामा नरहने उल्लेख गर्दै यसको चक्र पूरा हुन ३६ देखि ४२ महिनासम्को समय लाग्नेमा जोड दिदै भन्नुभयो ‘तरपनि यो चक्रले काम गरेन जस्तो लाग्छ मलाई तर बैंकिङ् क्षेत्र ‘बाउन्स ब्याक’ नहुने भन्ने हुदैन, व्यवसायको क्षेत्र फराकिलो भएपछि फर्किन सक्छ ’
बैंकसँग लगानीयोग्य पुँजी भएपनि नीतिगत निर्णयले बाधिएकाले समस्या भएको तर्क गर्दै उहाँले सरकारले लचिलो नीति ल्याउने बित्तीकै फेरी पनि बैंक क्षेत्रप्रतिको आर्कषण बढदै जाने बताउनुभयो । 
शेयर बजारमा ठूलो पुँजी आइपीओले बाहिरिएको जिकिर गर्दै भट्टराईले उक्त पुँजी बजारमा आउन बाँकी रहेको बताउनुभयो । अहिले सबैभन्दा बढी इन्सुरेन्समा र होटेल तथा पर्यटनमा पनि लगानीकर्ता झुम्मिएको बताइएको छ । 
इम्पेरियल सेक्युरिटिज कम्पनी लि. (४५) नं ब्रोकर कार्यालय नेपालगन्जका प्रमुख उदय अधिकारीले बाँकेमा हाइड्रोपावर र इन्सुरेन्स लगायतका कम्पनीमा लगानीकर्ताको आकर्षण बढेको जानकारी दिदै बैङ्किङ क्षेत्रको ठूलो हिस्सा बजारमा धेरै भएकाले यसमा चलखेल कम हुने बताउनुभयो । 
‘शेयर बजारको यस क्षेत्रमा कसैले चलखेल गर्छु भनेपनि सक्दैन’उहाँले भन्नुभयो । 
बैंककिङ् क्षेत्रमा ‘पब्लिक अफरिङ’पनि बढी भएको उल्लेख गर्दै अधिकारीले हाइड्रोपावरको शेयर सप्लाई पनि कम भएको र पुँजी समेत कम भएकाले लगानीकर्ता उतातिर सिफ्ट भएको आकंलन गर्नुभयो । 
उहाँले शेयर बजारको हाइड्रोपावर र अन्य ट्रेडिङ बिजनेसमा बढी चलखेल हुने गरेको भन्दै हाइड्रोपावरको लकिङ प्रियडमा शेयरको ठूलो हिस्सा एउटैले उठाउने चलन देखिएको बताउनुभयो । 
अधिकारी भन्नुहुन्छ ‘इन्सुरेन्सले प्रिमियममा आइपीओ इस्यु गरेपछि रिजर्भ बढेकोले पछि लाभांस दिने क्षमता बढी देखियो तर बैंकहरुको त्यस्तो देखिदैन ।’ 
डेढ वर्षदेखि १८ सय नजिक टेवा पाइरहँदा शेयर बजारमा सबैभन्दा शक्तिशाली रहेको बैंकिङ समूह भने ३० असार २०७७ यताको न्यूनतम विन्दुमा झरेको पाइएको छ । डेढ वर्षयता नेप्से परिसूचक १८ सयदेखि २२ सयको बीचमा चलिरहेको छ । अहिले अधिकांस बैंकको शेयर २०० मुनि रहेका छन । 
 
ताजा

सबै

महिला तथा बालिकाविरुद्ध हुने हिंसा कानूनी रुपमा न्युनीकरण गरिने

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकर…

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

लोकप्रिय

यो पनि

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज, १५ पुसः नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच…

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

नेपालगन्ज, १५ पुसः नेपालगञ्जमा रहेका होटलले अङ्ग्रेजी नयाँ वर्ष २०२६ मा एक साताका ला…

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

नेपालगन्ज ६ पुस । सुनाखरी रेष्टुरेण्ट प्रा लि. नेपालगन्जले गुणस्तरियतासंगै ब्रान्डिङ्ग ग…

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…