Pairabi logo

माघ १३, २०८२, सोमबार                    

लुम्विनी प्रदेश सरकारले पूर्णता पाउँदै

डेक्स

डेक्स

लुम्विनी प्रदेश सरकारले पूर्णता पाउँदै
ADVERTISEMENT

नेपालगन्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरकारलाई पूर्णता दिने तयारी थाल्नुभएको छ ।  नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन सकिएलगत्तै मुख्यमन्त्री चौधरीले सरकार विस्तार गर्ने तयारी रहेको जनाइएको छ । 

लामो समयदेखि लुम्बिनी प्रदेश सरकार विस्तारमा ढिलाइ हुँदा धेरै आलोचना खेपेका मुख्यमन्त्री चौधरीले पार्टीको प्रदेश सम्मेलन सकिएलगत्तै सरकार विस्तारको तयारी गरेका हुन् । दुईतीन दिनभित्रै मन्त्री थपिने मुख्यमन्त्रीका प्रेस सल्लाहकार गोपाल भट्टराईले बताए ।

दलीय सहमति अनुसार मन्त्रालय भागबन्डा गर्दा अब नेपाली कांग्रेसले तीन र माओवादी केन्द्रले दुई मन्त्री पाउने थिए । यसका लागि मन्त्रालय विभाजन गर्नुपर्ने थियो । तर नेपाली कांग्रेसले मन्त्रालय विभाजन गर्दा प्रदेशप्रति नकारात्मक सन्देश जाने भन्दै हाल कायम मन्त्रालय अनुसार नै सरकार विस्तार गर्न सुझाव दिएको छ । सोही अनुसार अब कांग्रेसले दुई र माओवादीले एक मन्त्रालय थप पाउने छन् ।

कांग्रेसले सम्हाल्ने थप दुई मन्त्रालयमध्ये एउटा मन्त्रालय भने मुख्यमन्त्री चौधरी आफैले सम्हाल्ने जनाइएको छ । मुख्यमन्त्री प्रेस सल्लाहकार भट्टराईले भने, ‘एक जना माओवादीबाट र एक जना नेपाली कांग्रेसबाट मन्त्री थपिने छन् । एउटा मन्त्रालय मुख्यमन्त्रीज्यूसँगै रहन्छ, तर कुन मन्त्रालय कसलाई दिने र मुख्यमन्त्रीले कुन मन्त्रालय राख्ने भन्ने अझै टुङ्गो लगाउन बाँकी छ । त्यो पनि एकदुई दिनभित्रै टुङ्गिन्छ ।’
अहिले लुम्बिनी प्रदेशमा १० मन्त्रालय छन् । जसमा मुख्यमन्त्रीले तीन मन्त्रालय सम्हालेका छन् । मन्त्रिपरिषदमा कांग्रेसबाट राजु खनाल स्वास्थ्य र माओवादी केन्द्रबाट धनबहादुर मास्की अर्थमन्त्री छन् । सानादलबाट भण्डारी लाल अहिर कृषि तथा भूमि व्यवस्था, चन्द्रकेश गुप्ता सामाजिक विकास र धर्मबहादुर चौधरी भौतिक पूर्वाधार विकास मन्त्री छन् ।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक जन्मजय तिमल्सिनाले चाँडै प्रदेश सरकारले पूर्णता पाउने बताए ।

गत वैशाखमा कांग्रेस, माओवादीसहित आठ दल र एक स्वतन्त्र सांसद गरी ५३ जनाको हस्ताक्षरसहित कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीको नेतृत्वमा सरकार गठन भएको थियो । यद्यपि सरकारले पूर्णता पाउन बाँकी छ ।

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …