Pairabi logo

माघ १३, २०८२, सोमबार                    

एक बोतल दुर्लभ ह्विस्कीको मूल्य २७ लाख डलर

डेक्स

डेक्स

एक बोतल दुर्लभ ह्विस्कीको मूल्य २७ लाख डलर
ADVERTISEMENT

नेपालगन्ज । लन्डनमा गएको शनिबार सदबीजको लिलामीमा एक बोतल दुर्लभ ह्विस्की २७ लाख डलर अर्थात् ३६ करोड नेपाली रुपैयाँमा विक्री भयो । म्याकालन १९२६ सिंगल माल्ट विश्वभर सबैभन्दा धेरै खोजिने स्कच ह्विस्कीमध्येमा पर्दछ । म्याकलान १९२६ म्याकालनको उत्पादन गरेको सबैभन्दा पुरानो ह्विस्की हो । ह्विस्कीले अपेक्षा गरिएको भन्दा दोब्बर मूल्य पायो ।

यो लिलामीमा सदबीले म्याकलानको सो बोतल ९ लाख ३४ हजार डलरदेखि १४ लाख डलरसम्म बिक्ने आशा गरेको थियो । तर लिलाम बढाबढमा सो बोतलको मूल्य बढेर २७ लाख २४ हजार ९६७ डलरसम्म पुग्यो । लिलामीमा कुनै पनि स्पिरिट वा वाइनको बोतलले यति धेरै मूल्य पाएको यो पहिलो पटक थियो ।

लिलामी अघि सदबीजका ह्विस्की जोनी फाउलका प्रमुखले एक थोपा ह्विस्की चाखेका थिए । चाखेपछि उनले ह्विस्कीलाई अतुलनीय भन्दै यसलाई हल्कामा लिन नहुने बताएका थिए । ६० वर्षसम्म शेरी काष्कमा राखेर सन् १९८६ मा म्याकालनले ४० ओटा बोतलमा ह्विस्की भरेको थियो । ४० ओटा बोतलमध्ये एउटै पनि कम्पनीले बेचेन । केही बोतल कम्पनीले आफ्ना शीर्ष ग्राहकलाई उपहार स्वरूप दिएको थियो ।

क्जष्खबm ऋझभलत
बाँकी बोतललाई कम्पनीले बेला बेलामा लिलाम विक्री गरिरहेको छ । हरेक पटकको लिलाम विक्रीमा यसले आफ्नै विक्रीको रेकर्ड तोडिरहेको छ । सन् २०१९ मा म्याकालन १९२६ को एउटा बोतल लिलामीमा १९ लाख डलरमा विक्री भएको थियो । यो त्यतिबेलाको सबैभन्दा महँगो ह्विस्की बनेको थियो । सोको रेकर्डलाई यस वर्ष म्याकालान १९२६ को अर्को बोतलले तोडिदिएको छ । कम्पनीले ४० ओटा बोतलमध्ये २ ओटा बाहेक अरु सबैमा फरक फरक खालको लेबल राखेको थियो ।

म्याकालन १९२६ को १२ ओटा बोतलमा इटलेली पेन्टर भालेरियो अदामीको लेबल थियो । शनिबार कीर्तिमानी मूल्यमा बेचिएको म्याकालान १९२६ पनि यही मध्ये एउटा थियो । अब अदामीको लेबल भएको कति ओटा ह्विस्कीको बोतल बाँकी छ भन्ने अज्ञात छ । एउटा भने सन् २०११ मा जापानमा गएको महाविनाशकारी भूकम्पमा परेर नष्ट भएको अनुमान गरिएको छ । अर्को एउटा चाँहि खोलेर कसैले खाइसकेको बताइएको छ ।
एजेन्सीको सहयोगमा । 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …