Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

बर्दियाको बढैयातालमा शसक्त बालिका परियोजना सञ्चालन

सम्वाददाता

सम्वाददाता

बर्दियाको बढैयातालमा शसक्त बालिका परियोजना सञ्चालन
ADVERTISEMENT

नेपालगन्ज, ८ मंसिर । बर्दियाको बढैयाताल गाउँपालिकामा शसक्त बालिका परियोजनाको किक अफ मिटिंग सम्पन्न भएको छ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेसनल नेपालसंगको साझेदारीमा सञ्चालन गरेको शसक्त बालिका परियोजनाको बारेमा सरोकारवाला निकायलाई बिस्तृत रुपमा जानकारी गराउनका लागि किक अफ मिटिंगको आयोजना गरिएको क्लबले जनाएको छ । 

गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीको अध्यक्षतामा आयोजना गरिएको सो बैठकमा पालिकाका अध्यक्ष हिमालय त्रिपाठी प्रमुख अतिथि रहनु भएको थियो भने सबै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शिक्षा शाखा, स्वास्थ्य शाखा र महिला तथा बालबालिका शाखाका प्रमुखहरु लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो । 

सो बैठकमा परियोजनाका संयोजक गोविन्द लामिछानेले परियोजनाको लक्ष्य, उदेश्य, नतिजा तथा क्रियाक्लापहरुका साथसाथै क्लबका गतिविधिहरुका बारेमा पनि विस्तृत रुपमा जानकारी गराउनु भएको थियो । 

सो अवसरमा बोल्दै गाउँपालिकाका अध्यक्ष त्रिपाठीले शसक्त बालिका परियोजनाले यहाँका बालिकाहरुको चौतर्फी विकासमा ठुलो टेवा पुरयाउने विश्वास रहेको जनाउँदै पालिकाले परियोजना सफल पार्न हरेक प्रकारको सहयोग गर्ने बताउनुभयो । पलिकाका उपाध्यक्ष अधिकारीले परियोजनाले निर्धारण गरेका उदेश्य, लक्ष्य र कार्यक्रम समय सान्र्र्दभिक र बालिका तथा किशोरीको हितमा रहेकोले ती उदेश्य र लक्ष्य प्राप्तीका लागि पालिकाले पनि सहयोग र समर्थन गर्ने प्रतिवद्धता जनाउनुभयो । 

बैठककोे सञ्चालन परियोजनाका अधिकृत ईश्वर विकले गर्नु भएको थियो भने सहभागि अधिकांशले यो परियोजनाले बालिका र किशोरीका सवाललाई सम्बोधन गर्ने प्रतिक्रिया दिनु भएको थियो । 

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

नेपालगन्ज, २९ कात्तिकः बाँकेको बैजनाथ गाउँपालिकामा अवस्थित गाभर भ्याली सामुदायिक घर…

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

बाँके, २३ कात्तिकः सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार …

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज, २१ कात्तिकः पश्चिम नेपालको नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्…