Pairabi logo

माघ ०१, २०८२, बुधबार                    

सैनामैना महोत्सवको तयारी पूरा

डेक्स

डेक्स

सैनामैना महोत्सवको तयारी पूरा
ADVERTISEMENT

नेपालगञ्ज । रुपन्देहीको सैनामैनामा मंसिर ६ गतेदेखि सञ्चालन हुने छैठौं राष्ट्रिय कृषि,पर्यटन, प्रविधि तथा औद्योगिक ब्यापार महोत्सवको तयारी पूरा भएको छ ।

‘आर्थिक विकासको आधार  कृषि, पर्यटन, उद्योग र व्यापार’ नाराका साथ सैनामैना उद्योग वाणिज्य संघले मुर्गिया चोकस्थित दुर्गा मन्दिर परिसरमा मंसिर १७ गतेसम्मस सञ्चालन गर्ने मेलाको आवश्यक तयारी पूरा भएको संघका अध्यक्ष प्रेम बहादुर खडकाले जानकारी दिनुभयो । मेलामा औद्योगिक उत्पादन, कृषि, हस्तकला, पर्यटन, अटोमोवाइल्स, सूचना प्रविधिका गरी दुई सय बढी स्टल रहने सोमबार मुर्गियामा भएको पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । 

सहभागी हुने स्टलमध्ये ६० प्रतिशत स्थानीय उद्योग र कृषिजन्य हुने संस्थाका अध्यक्ष  खड्काले बताउनुभयो ।  मेलामा ३ लाख ५० हजार  दर्शकलाई अवलोकन गराउने र अन्दाजी ५ करोडको कारोबार हुने लक्ष्य रहेको बताइएको छ । 
मेलाले शिथिल बनेको अर्थतन्त्र चलायमान बनाउन र स्थानीय उत्पादनको बजार  प्रवर्द्धनमा टेवा पुराउने  अपेक्षा गरिएको छ ।

मेलाले उद्योगी व्यवसायीहरुमा स्वच्छ व्यावसायीक प्रतिस्पर्धाको वातावरण सिर्जना गराई लगानीको अवसर सिर्जना गर्ने, निकासीयोग्य वस्तुहरुको पहिचान र प्रवर्द्धनमा सहयोग पुर्‍याउने र स्थानीय स्तरमा विभिन्न रोजगारीका अवसरहरुको सिर्जना गर्ने अध्यक्ष  खडका बताउनुहुन्छ । 
हामीले स्थानीय उत्पादनलाई नै बढी जोड दिन्छौ उहाँले भन्नुभयो । 

मेला अवधिमा युवा उद्यमीहरुलाई प्रोत्साहनस्वरुप सम्मान, सैनामैना औद्योगिक ग्राममा उद्योग स्थापना गर्न सैनामैना नगरपालिकाको समन्वयनमा लगानी सम्मेलन, युवा उद्यमशिलता गोष्ठी सञ्चालन र  बैंक तथा लगानीकर्ता साथै व्यवसायीहरुबिच वर्तमान ब्याजदरको बारेमा अन्तरक्रिया गरिने महासचिव लोकनाथ अधिकारी बताउनुहुन्छ । 

मेलामा सैनामैना डान्सिङ्ग आइडल, मम्मी डान्स प्रतियोगिता, नगरस्तरीय विद्यालय लोक नृत्य प्रतियोगिता, जिल्ला स्तरीय लोकदोहोरी प्रतियोगिता, भजन तथा र्‍याप प्रतियोगिता हुने सांस्कृतिक कार्यक्रम  हुनेछ । 

मेलाको प्रत्येक टिकटबाट एक रुपैयां  सामाजिक कामका लागि छुट्टाइएको संघका कार्यसमिति सदस्य तथा प्रचार समितिका संयोजक हरी गौतमले बताउनुभयो । 

ताजा

सबै

महिला तथा बालिकाविरुद्ध हुने हिंसा कानूनी रुपमा न्युनीकरण गरिने

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकर…

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

लोकप्रिय

यो पनि

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज, १५ पुसः नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच…

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

नेपालगन्ज, १५ पुसः नेपालगञ्जमा रहेका होटलले अङ्ग्रेजी नयाँ वर्ष २०२६ मा एक साताका ला…

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

नेपालगन्ज ६ पुस । सुनाखरी रेष्टुरेण्ट प्रा लि. नेपालगन्जले गुणस्तरियतासंगै ब्रान्डिङ्ग ग…

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…