Pairabi logo

असोज २१, २०८३, बुधबार                    

सैनामैना महोत्सवको तयारी पूरा

डेक्स

डेक्स

सैनामैना महोत्सवको तयारी पूरा
ADVERTISEMENT

नेपालगञ्ज । रुपन्देहीको सैनामैनामा मंसिर ६ गतेदेखि सञ्चालन हुने छैठौं राष्ट्रिय कृषि,पर्यटन, प्रविधि तथा औद्योगिक ब्यापार महोत्सवको तयारी पूरा भएको छ ।

‘आर्थिक विकासको आधार  कृषि, पर्यटन, उद्योग र व्यापार’ नाराका साथ सैनामैना उद्योग वाणिज्य संघले मुर्गिया चोकस्थित दुर्गा मन्दिर परिसरमा मंसिर १७ गतेसम्मस सञ्चालन गर्ने मेलाको आवश्यक तयारी पूरा भएको संघका अध्यक्ष प्रेम बहादुर खडकाले जानकारी दिनुभयो । मेलामा औद्योगिक उत्पादन, कृषि, हस्तकला, पर्यटन, अटोमोवाइल्स, सूचना प्रविधिका गरी दुई सय बढी स्टल रहने सोमबार मुर्गियामा भएको पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । 

सहभागी हुने स्टलमध्ये ६० प्रतिशत स्थानीय उद्योग र कृषिजन्य हुने संस्थाका अध्यक्ष  खड्काले बताउनुभयो ।  मेलामा ३ लाख ५० हजार  दर्शकलाई अवलोकन गराउने र अन्दाजी ५ करोडको कारोबार हुने लक्ष्य रहेको बताइएको छ । 
मेलाले शिथिल बनेको अर्थतन्त्र चलायमान बनाउन र स्थानीय उत्पादनको बजार  प्रवर्द्धनमा टेवा पुराउने  अपेक्षा गरिएको छ ।

मेलाले उद्योगी व्यवसायीहरुमा स्वच्छ व्यावसायीक प्रतिस्पर्धाको वातावरण सिर्जना गराई लगानीको अवसर सिर्जना गर्ने, निकासीयोग्य वस्तुहरुको पहिचान र प्रवर्द्धनमा सहयोग पुर्‍याउने र स्थानीय स्तरमा विभिन्न रोजगारीका अवसरहरुको सिर्जना गर्ने अध्यक्ष  खडका बताउनुहुन्छ । 
हामीले स्थानीय उत्पादनलाई नै बढी जोड दिन्छौ उहाँले भन्नुभयो । 

मेला अवधिमा युवा उद्यमीहरुलाई प्रोत्साहनस्वरुप सम्मान, सैनामैना औद्योगिक ग्राममा उद्योग स्थापना गर्न सैनामैना नगरपालिकाको समन्वयनमा लगानी सम्मेलन, युवा उद्यमशिलता गोष्ठी सञ्चालन र  बैंक तथा लगानीकर्ता साथै व्यवसायीहरुबिच वर्तमान ब्याजदरको बारेमा अन्तरक्रिया गरिने महासचिव लोकनाथ अधिकारी बताउनुहुन्छ । 

मेलामा सैनामैना डान्सिङ्ग आइडल, मम्मी डान्स प्रतियोगिता, नगरस्तरीय विद्यालय लोक नृत्य प्रतियोगिता, जिल्ला स्तरीय लोकदोहोरी प्रतियोगिता, भजन तथा र्‍याप प्रतियोगिता हुने सांस्कृतिक कार्यक्रम  हुनेछ । 

मेलाको प्रत्येक टिकटबाट एक रुपैयां  सामाजिक कामका लागि छुट्टाइएको संघका कार्यसमिति सदस्य तथा प्रचार समितिका संयोजक हरी गौतमले बताउनुभयो । 

ताजा

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

लोकप्रिय

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

यो पनि

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

बर्दिया, ५ असोजः वीरबहादुर चौधरी दुर्घटनामा परी पूर्ण अपाङ्गता भएपछि बढैयाताल गाउँप…

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण …

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

नेपालगन्ज १६ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट पिडित भएकाहरुको राहतका लागि सुनाख…