Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

धार्मिक पर्यटकिय स्थल गोवर्धनधामको प्रबद्र्धन

सम्वाददाता

सम्वाददाता

धार्मिक पर्यटकिय स्थल गोवर्धनधामको प्रबद्र्धन
ADVERTISEMENT

नेपालगन्ज, १ मङ्सिर  ः बाँकेको राप्तीपारी क्षेत्रमा पर्ने नरैनापुरस्थित धार्मिक पर्यटकीय स्थल गोवर्धनधामलाई प्रचार प्रसार तथा संरक्षणको पहल थालिएको छ । 

नरैनापुर गाउँपालिका वार्ड नंं. ४ स्थित गोवर्धनधामलाई धार्मिक पर्यटकीय स्थलका रुपमा प्रवर्धन गर्नका लागि यस वर्ष तिहारमा विशेष पुजापाठ, भजन किर्तन र भण्डारा गरिएको छ । 

विश्व हिन्दु परिषद नरैनापुरले सो धार्मिक स्थलको संरक्षण सम्वद्र्धन गर्नका लागि पहल शुरु गरेको परिषदका सदस्य अधिबक्ता रामकुमार दिक्षितले बताउनुभयो । 

उहाँका अनुसार ऐतिहासिक र धार्मिक पर्यटकीय क्षेत्र गोवर्धन धाममा परापूर्वकालदेखि हरेक वर्ष गोवर्धन पूजाको अघिल्लो दिनदेखि तीन दिनसम्म विभिन्न कार्यक्रम आयोजना हुँदै आएपनि बाहिर त्यति प्रचार प्रसार नभएकाले यस वर्षदेखि अलि फरक किसिमको धार्मिक कार्यक्रम संचालन गरिएको छ । 

गोवर्धन धाममा रातभर जाग्राम भएर पूजा हुने, भजन कृतन र गोवर्धन पूजाका दिन गोवर्धनको पूजागरी बृहत् भण्डारा गरिएको छ । पूजाआजा गर्न तथा भण्डारामा बाँके, बर्दिया, दाङ तथा भारतको सीमावर्ती गाउँका सैयौ दर्शनार्थीहरु आउने गरेको परिषदका सदस्य दीक्षितले बताउनुभयो । 

अति रमणीय, सुन्दर अनि मनमोहक दृश्यले भरिपूर्ण सो गोवर्धनधाम क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गरेर आन्तरिक तथा बाह्य दर्शनार्थी तथा पर्यटकलाई ल्याउन सकिए स्थानीयको आयस्रोतमा पनि वृद्धि हुने र ठाउँको पनि पहिचान हुने दीक्षितले बताउनुभयो । 

नेपालगञ्जदेखि करिब ४० किलोमिटर पूर्व नरैनापुरको वडा नं. ४ जयरामपुरुवाबाट उत्तर पाँच किलोमिटर जङ्गलभित्र गोवर्धनधामको मन्दिर रहेको छ । गोवर्धनधाम क्षेत्रको पूर्वमा धार्मिक पर्यटकीय स्थल बर्फानी बाबाको आश्रम र पश्चिममा प्रसिद्ध सन्तानेश्वर मन्दिर रहेको छ । 

नरैनापुर क्षेत्रको पहाडी भूभाग र राप्ती नदी किनारक्षेत्रमा विभिन्न मठमन्दिर रहेका छन् । त्यस जङ्गल क्षेत्रमा हिन्दु तथा मुस्लिम आस्थाको केन्द्रका रुपमा धेरै पुराना पुराना धार्मिकस्थल, मठमन्दिर, समाधी, मजारहरु रहेकाले त्यसको संरक्षण तथा सम्वद्र्धनमा सरकारको ध्यानाकर्षण गराउन पहल थालिएको छ । 
–––
 

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

नेपालगन्ज, २९ कात्तिकः बाँकेको बैजनाथ गाउँपालिकामा अवस्थित गाभर भ्याली सामुदायिक घर…

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

बाँके, २३ कात्तिकः सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार …

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज, २१ कात्तिकः पश्चिम नेपालको नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्…