Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

भुकम्पबाट निधन भएकाको १३ औं दिनको पुण्यतिथिमा श्रद्धाञ्जलि

सम्वाददाता

सम्वाददाता

भुकम्पबाट निधन भएकाको १३ औं दिनको पुण्यतिथिमा श्रद्धाञ्जलि
ADVERTISEMENT

नेपालगन्ज, कात्तिक ३० गते । भूकम्पपीडित सहजीकरण समूह नेपालगन्जले जाजरकोट तथा रुकुम पश्चिम्ममा गत कात्तिक १७ गते गएको विनाशकारी भुकम्पबाट निधन भएकाहरुको १३ औं दिनको पुण्यतिथिमा आज दीप प्रज्वलन तथा श्रद्धाञ्जलि कार्यक्रम गरेको छ । 

भूकम्पमा परेर मृत्यु भएकाहरुको १३ औं दिनको सम्झनामा सहजीकरण समूहले नेपालगन्जको वीपी चोकमा दीप प्रज्ज्वलन तथा श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा राष्ट्रिय सभाका सदस्य भैरवसुन्दर श्रेष्ठ तथा सङ्घीय सांसद दीपा शर्मा रुपाखेतीले श्रद्धाञ्जली मन्तब्य ब्यक्त गर्दै नेपालका लागि यो घट्ना निकै दुःखदायी रहेको बताउनुभयो । बाँचेका पीडितलाई राहत र घरहरु पुनर्निर्माणमा तीव्रता ल्याउनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा भूकम्पबाट प्रभावित क्षेत्रको कुशेगाउँ पालिकाका उपाध्यक्ष देविका सिंह, गैरसरकारी संस्था महासङ्घ नेपालका केन्द्रीय सदस्य तथा बासका कार्यकारी निर्देशक नमस्कार शाह, गायक सुनिलसिंह ठकुरीले पनि श्रद्धाञ्जलि मन्तब्य ब्यक्त गर्नुभयो ।  सो अवसरमा प्राध्यापक डा। जनार्दन आचार्य, शिक्षाविद् किरण आचार्य, ओमजङ्ग शाह, धर्मजङ्ग शाह, पूस्व डिएसपिद्वय गणेश विक्रम शाह र श्यामजङ्ग शाह, आशा शाह, अर्जुनजङ्ग शाह, सामाजिक अभियन्ता मीन मल्ल, हेमन्तराज काफ्लेलगायतको उपस्थिति थियो । 

बाँके जिल्लाको डेडिकेटेड भेरी अस्पतालद्वारा घाइतेहरुलाई प्रभावकारी उपचार  प्रदान गर्ने ब्यवस्था गरिदिएकोमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई सो कार्यक्रममा विशेष धन्यबाद तथा आभार ब्यक्त गरिएको थियो ।

छिमेकी देश भारतबाट स्थानीयस्तरमा सङ्कलन गरी पठाइएको १० ट्रक राहत सामग्रीलाई बाँके जिल्लाको ब्यवस्थापनमा जाजरकोट र रुकुमपश्चिमतर्फ पठाइएको पनि सोही कार्यक्रममा सहजीकरण समूहका संयोजक कृष्णजङ्ग शाहले जानकारी गराउनुभयो ।  

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

नेपालगन्ज, २९ कात्तिकः बाँकेको बैजनाथ गाउँपालिकामा अवस्थित गाभर भ्याली सामुदायिक घर…

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

बाँके, २३ कात्तिकः सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार …

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज, २१ कात्तिकः पश्चिम नेपालको नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्…