Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

होमस्टेमा थारु परिकारले स्वागत

सम्वाददाता

सम्वाददाता

होमस्टेमा थारु परिकारले स्वागत
ADVERTISEMENT

नेपालगन्ज, ३० कात्तिक : ग्रामीण क्षेत्रमा सञ्चालित सामुदायिक घरवास ९होमस्टे०को थारु परिकार र आतिथ्यताले पाहुना लोभिने गरेका छन् ।

बाँकेको बैजनाथ–१ स्थित गाभर भ्याली सामुदायिक होमस्टे, च्यामा होमस्टे र राप्ती सोनारी–८ स्थित नयाँगाउँ होमस्टेमा पुग्ने पाहुनालाई थारु परिकार र संस्कारले स्वागत गर्ने गरिएको छ । 

थारु संस्कृतिसँगै परिकारहरू ढिक्री, गँगटा, घुँगी, माछालगायत परिकारले यतिबेला पाहुनालाई स्वागत गर्ने गरिएको गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्ण चौधरीले बताउनुभयो । 

“अहिले दसैं, तिहारलगायत चाडपर्वका अवसरमा हामीले थारु संस्कृतिसँगै परिकारले पाहुनालाई स्वागत गरिरहेका छौँ,” कृष्णले भन्नुभयो, “तिहार बिदामा घुम्न आउनुभएका पाहुनालाई थारु परिकारसँगै यतिबेला उहाँको चाहनाअनुसार स्थानीय कुखुरा, हाँस र परेवाको परिकार पनि उपलब्ध गराएको छौँ ।”

होमस्टेमा पहिलोपटक पुग्ने पाहुनालाई पुनः जाउँजाँउ लाग्ने बनाउन होमस्टे सञ्चालकहरू जुटेका छन् । थारु संस्कारमै गरिएको स्वागत, सत्कार र फरक स्वादसहितको मीठो परिकारले पाहुना खुसी हुने गरेको नयाँगाउँ होमस्टेका सञ्चालक सदस्य शोभी थारुले बताउनुभयो ।

दसैं, तिहार मनाउन गाउँ फर्केका आन्तरिक पर्यटकहरू होमस्टेमा आउने गरेको राप्ती सोनारी–८ स्थित नयाँगाउँ होमस्टेका अध्यक्ष मङ्गल थारुले बताउनुभयो । बाँके निकुञ्ज घुम्न आउने पर्यटकहरू अहिले होमस्टेको स्वाद लिन आफूकहाँ आउने गरेको उहाँको भनाइ छ ।

छोटो समयमा पर्यटकीय क्षेत्रको पहिचान बनाउन सफल गाभर भ्याली बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्दछ । खासगरी आन्तरिक पर्यटकको प्रमुख आकर्षणको केन्द्रविन्दु रहेको गाभर भ्यालीबाट चुरे पर्वतका मनोरम दृश्य देख्न सकिन्छ ।–––

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

नेपालगन्ज, २९ कात्तिकः बाँकेको बैजनाथ गाउँपालिकामा अवस्थित गाभर भ्याली सामुदायिक घर…

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

बाँके, २३ कात्तिकः सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार …

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज, २१ कात्तिकः पश्चिम नेपालको नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्…