Pairabi logo

असोज २६, २०८३, सोमबार                    

बागेश्वरी मन्दिरमा आज महादिपोउत्सव

सम्वाददाता

सम्वाददाता

बागेश्वरी मन्दिरमा आज महादिपोउत्सव
ADVERTISEMENT

पुजा वैश्य 

नेपालगञ्ज २४, कार्तिक । नेपालगन्जको बागेश्वरी मन्दिरमा तेस्रो पटक  महादिपोत्सव गर्न लागिएको छ ।  विगत दुई वर्ष देखि जय सियाराम युवा क्लबद्वारा आयोजित महादिपोउत्सवलाई भव्य बनाउन यस पटक बागेश्वरी मन्दिरमा एघार हजार एक सय एक्काइस दियो प्रज्वलन गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको छ। 

क्लबले आज धनवन्तरी जयन्ती ९ धन्तेरस ० को दिन बागेश्वरी मन्दिरमा भगवान राम र माताको फोटो प्रतिमा राखेर पुजा आज गरी उत्सवको प्रारम्भ गर्ने छ ।  तिहारको शुभ अवसरमा जय सियाराम युवा क्लबले बागेश्वरी मन्दिरमा ११ हजार १ सय २१ दियो बाली जनमानसमा सदभाव र शान्ति लाई प्रोत्साहन गर्दै महादिपोउत्सव  मनाउन लागेको जय सियाराम युवा क्लबका अध्यक्ष सुशील शाहुले जानकारी दिनुभयो । 

११ हजार १ सय २१ दियो प्रज्वलन गरी दिपोउत्सव कार्यक्रम सँगै माहा(अरती तथा छप्पन भोग पुजा हुने र  उक्त कार्यक्रमलाई भव्य बनाउन सम्पुर्ण  नेपालगन्जवासी हिन्दुधर्मालम्बीलाई आमन्त्रण गरिएको छ । 

दीपावलीको अवसर पारेर  श्री राम भगवानको भब्य शोभा यात्रा महादिपोउत्सवको अघिल्लो दिन कार्तिक २३ गते  साझा ५ बजे श्री राजाराम रैली खाटु श्यामबाबा मन्दिर, शितलनगर देखि प्रारम्भ गरी  बजार क्षेत्र भरी परिक्रमा ९घुमाउँदै० गर्दै बागेश्वरी मन्दिर पुगेर समापन भएको थियो । 

आज दिउँसो १२ बजे देखि सुन्दरकाण्ड पाठ हुनेछ र उक्त पाठको समापन पश्चात साँझ ६ बजे देखि  महादिपोत्सव ११ हजार १ सय २१दियो प्रज्वललन कार्यक्रम सुरु हुने क्लबे जनाएको छ । सनातन हिन्दु धर्मका देवता रामले वनवासको अवधि  समाप्त गरेर अयोध्या फर्किएको खुसीमा दियो बाली स्वागत गर्ने प्रचलन अनुरुप तेस्रो पटक तिहारको धनवन्तरी जयन्ती ९धन्तेरस० को दिन शुक्रबार बागेश्वरी मन्दिर परिसरमा महाद्वीप प्रज्ज्वलन गरिनेछ । 

दियो प्रज्वलन कार्यक्रमको आफ्नै ठुलो महत्त्व रहेको  छ।  दीपको अर्थ यसको ज्वालाबाट उत्पन्न हुने प्रकाश मात्र होइन, यसको पछाडि हाम्रो विवेकको आध्यात्मिक अनुभूति र भावनात्मक लगाव पनि जोडिएको हुन्छ। द्वीप हाम्रो भित्री ९आँखाको प्रतिबिम्ब पनि हो, जसले निरन्तर हाम्रो भौतिक र आध्यात्मिक विभागहरू बीच समन्वयको पुलको रूपमा काम गर्दछ। 

द्वीपको सधैं जलिरहेको ज्वालाले हाम्रो आत्मासँग प्रत्यक्ष सम्पर्क र संवाद स्थापित गर्ने अनुभूति दिन्छ। सनातन हिन्दु धर्मका अनुयायीहरूले हरेक दिन आफ्नो घरमा दियो बाल्ने गर्छन्। हाम्रो धर्ममा द्वीप प्रज्ज्वलन गरेर मात्र भगवानको पूजा गरिन्छ । कुनै पूजा होस् वा कुनै शुभ कार्य, त्यो पनि टापुमा बत्ती बालेर मात्र सुरु हुन्छ। आत्मालाई भगवानसँग जोड्न वा उहाँको पूजा गर्न द्वीप प्रज्वलन गरिन्छ। परिवारमा बिहान बेलुका दियो बाल्ने चलन छ ।

दीप प्रज्वलन गर्नु शुभ हो र यसले हामीलाई राम्रो स्वास्थ्य र समृद्धि प्रदान गर्दछ। हामीले यस्तो दियोको ज्योतिलाई नमन गर्नु पर्छ। जसले शुभ, कल्याण, स्वास्थ्य, धनको रक्षा गर्ने र शत्रुको बुद्धिको विनाश गर्दछ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…