Pairabi logo

असोज २६, २०८३, सोमबार                    

भूकम्पमा बाँचेकाहरुका कथा

सम्वाददाता

सम्वाददाता

भूकम्पमा बाँचेकाहरुका कथा
ADVERTISEMENT

बाँके २० कात्तिक : ‘भूकम्प जाँदा घरमा हामी पाँच जना सुतिरहेका थियौँ । अचानक घर हल्लायो । सपना जस्तै लागेको थियो । उठ्न नभ्याउँदै घर भत्कियो । हाम्रो घर गल्र्यामगुर्लुम्मै ढल्यो । रुवाबासी मच्चियो । माथिबाट खसेको काठ तेर्सो परेको हुनाले हामी बाच्यौँ । आमा र दाई च्यापिनुभयो”, ओठ कपाउँदै अनि आँखभरि आँशु बनाउँदै आफ्ना पीडा सुनाउनुभयो भेरी नगरपालिका–१ जाजरकोटकी यमुना रावलले । 

छब्बीस वर्षीया यमुनाको भनाइअनुसार शुक्रबार राति भूकम्प जाँदा माथिल्लो दुई कोठामा आमा र ठूल्दाइ सुत्नु भएको थियो भने तल उहाँको तीन जना परिवार । भूकम्पले घर हल्लाउँदा यमुनालाई भने सपनामा आफू काँपेको झैँ लागेको थियो । जब अचानक घरको माथिल्लो भाग खस्यो त्यसपछि सबै घर भत्कियो । 

भाग्न नपाउँदै घरले उहाँको परिवारका सबै सदस्यलाई पुरिसकेको थियो । उहाँले थरथर ओठ कमाउँदै आफ्ना पीडा सुनाउनुभयो, ‘‘हामी भाग्नै पाएनौं । म, मेरो श्रीमान र छोरालाई त माथिबाट खसेर तेर्सिएको काठले बचाएको हो ।’’ शनिबार दिउँसो अस्पतालको प्राङ्गडमा बिरामी श्रीमान्लाई खाना बोकेर जाँदै गर्नुभएकी यमुनाले श्रीमान्को दाँहिने कोखामा काठले चोट लागेको बताउनुभयो । भूकम्पमा परेर उहाँको दाँहिने टाउकोमा र दाहिने खुट्टामा पनि चोट लागेको छ । 

यमुना विस्तारै हिँडडुल गर्न सक्नुहुन्छ भने उहाँको श्रीमान्लाई नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना गरिएको छ । छोरालाई खासै चोट नलागेको हुनाले यमुनाले छिमेकीको भरमा जाजरकोट नै छाड्नु भएको छ । एउटै घरमा साँझको खाना खाएर सँगै सुतेका आमा र दाइलाई गुमाउनु पर्दाको पीडाले सताएको त छ नै । नसोंचेको घटना भयो । आमा र दाइलाई गुमाउनु पर्दा असैह्य पीडा भएको यमुनाले रुँदै बताउनुभयो । 

उहाँ भन्नुहुन्छ, “अस्पतालसम्म श्रीमान्लाई ल्याएर उपचार गराउन पाएकोमा उहाँलाई केही हलुको भएको छ । अब त उहाँलाई केही हुँदैन जस्तो लागेको छ ।” छोरालाई अरुको जिम्मा लाएर आफू नेपालगञ्ज श्रीमान्को उपचारमा आएकी यमुनालाई भूूकम्पले अझै तर्साइरहेको बताउनुहुन्छ । उहाँ बेलाबेलामा एकोहोरो हुने, डराइरहेको जस्तो देखिनुहुन्छ ।

नलगाड नगरपालिका–१ जाजरकोटका यादव महराको अवस्था पनि उस्तै छ । भूकम्पले गाउँमा धेरैको ज्यान गए पनि उहाँका परिवारका सबै सदस्य सकुशल नै छन् । छोराको टाउकोमा भने चोट भने लागेको छ । “भूकम्प जाँदा होश नै भएन । बचाउन त सबै परिवारलाई बचाएँ तर छोरालाई टाउकोमा चोट लाग्न पुग्यो । अस्पतालसम्म आइपुगेका छौँ । केही दिनमा ठीक होला भन्ने विश्वास छ”, उहाँ भन्नुहुन्छ ।

छोरालाई पीडामा छट्पटाएको देख्न सकिरहेको छैन भन्नुहुन्छ यादव । सानो छोरालाई चोट लाग्नुभन्दा बरु आफूलाई किन लागेन भन्दै अस्पतालको सिंढी बसेर रोइरहनु भएका यादवले उपचारमा खटिनुभएका चिकित्सकसँग जसरी भए पनि छोरालाई निको बनाइदिन आग्रह गर्दै गरेको दृश्यले सबैलाई भावुक बनाइरहेको हुन्छ । ‘‘भूकम्प जाँदा हामी सबैजना घरमै सुते पनि निदाएका भने थिएनौं । एक्कासी भूकम्प गएको क्षणभरमै घर भत्कियो । मैले चनाखो भएर भत्किएको घरबाट आफना बच्चाहरु र श्रीमतीलाई निकाल्न सफल भएँ । तर मेरा साढे तीन वर्षको छोरोलाई भत्किएको घरको ढुङ्गाले टाउकोमा चोट लाग्यो’’ यादवले रुँदै छोरालाई लागेको चोटको कथा सुनाउनुभयो । 

यादव जस्तै भूकम्पमा परी घाइते भएकाहरु अस्पतालभित्र अर्धचेत अवस्थामा शय्यामा छन् भने उहाँहरुका आफन्तजन र परिवारका सदस्यहरु बाहिर घाइतेहरुको शिघ्र उपचारको आशामा पर्खाइमा छन् । यमुना र यादव जस्तै सुवर्णा शाह पनि आफ्नो २१ वर्षीया छोरी ईशा शाह पनि चाँडै निको भएर घर फर्कने पर्खाइमा हुनुहुन्छ । ईशालाई भूकम्पले टाउको, घाँटी र हात खुट्टामा चोट लागेको छ । 

दसैँ मनाउन आमा सुवर्णासँगै जाजरकोट मामाघरमा जानुभएकी ईशा आफ्नो सानी आमाका दुई दिदीबहीनीहरुसँगै रातिको खाना खाएर सुत्नु भएको थियो । आफ्नो छोरी ईशासँगै बहिनीहरुका दुई छोरी पनि भूकम्पमा परी मृत्यु भएको सुवर्णाले भावविभोर हुँदै सुनाउनुभयो । “हामी दसैँ मनाउन माइती गाउँ जाजरकोट गएका थियौँ । यही आइतबार फर्कने हाम्रो तयारी थियो । तर भूकम्पले हाम्रो परिवारको मुटु चुँडालेर गयो”, सुवर्णाले रुँदै पीडा पनि सुनाउनुभयो । 
उहाँका एक छोरी र एक छोरी हुनुहुन्छ । सपरिवार नै दसैँ मनाउन जाजरकोट जानुभएकी सुवर्णा र छोरालाई चोट लागे पनि छोरी ईशा भने गम्भीर घाईते भएको उहाँले बताउनुभयो । “चोट त हामीलाई पनि लागेको छ तर धेरै चोट मेरी छोरीलाई लागेको छ । भगवान्सँगै छोरीलाई केही पनि नहोस्, उनलाई चाँडै निको भइदियोस् भनेर प्राथना गरिरहेको छु । भाग्यले उनलाई बचाएको छ । अब डाक्टरले पनि बचाई दिनु हुनेछ भन्ने आशा छ”, सुवर्णाले छोरीको मायमा रुँदै भन्नुभयो ।

चन्दा शाह पनि भूकम्पमा परी घाइते हुनुभएका श्रीमान् चाँडै नै निको हुने आशामा हुनुहुन्छ । भेरी नगरपालिका–३ खलङ्गा जाजरकोटका ४८ वर्षीय चन्दाका श्रीमान् विमलकुमार कार्कीको पनि दाँहिने खुट्टा भाँचिएको छ । विमल शनिबार बिहान भेरी अस्पतालमा उपचारका लागि पुग्नुभएको पहिलो बिरामी हुनुहुन्छ । 

परिवारबाट १० वर्षदेखि अलग बस्दै आउनुभएका कार्कीलाई उहाँकी पत्नी चन्दा शाह कार्कीले अस्पताल पु¥याउनुभएको थियो । चन्दालाई पनि यमुनालाई जस्तै श्रीमान्को रेखदेख गर्न र खानाको जोहो गर्न भ्याइनभ्याइ भएको छ । “भूकम्पले मेरो श्रीमान्लाई घाइते बनाएपनि त्यसको पीडा मलाई र मेरो चार सन्तानलाई अझ बढी भएको छ”, श्रीमती चन्दाले रुँदै भन्नुभयो ।

विमल खलङ्गाको पीपलडाँडामा एक्लै बस्दै आउनु भएको थियो भने चन्दा चार छोरीसँगै १० मिनेटको दूरीमा बस्ने गर्नुहुन्थ्यो । आफ्नो परिवारको सहारा नै श्रीमान् भएको हुनाले भूकम्पमा परेर उनै श्रीमान् नै घाइते भएको हुँदा चन्दालाई आफ्नो परिवारमा ग्रहण लागे जस्तै भएको छ । 
 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…