Pairabi logo

माघ १३, २०८२, सोमबार                    

खोज,उद्दार, उपचार र राहतका लागि अनुरोध

डेक्स

डेक्स

खोज,उद्दार, उपचार र राहतका लागि अनुरोध
ADVERTISEMENT

नेपालगञ्ज ।   जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले आज विभिन्न विषयमा निर्णय लिएको छ ।  
जाजरकोटलाई केन्दविन्दु बनाएर गएको भुकम्पवाट भएको मानवीय तथा भौतिक क्षतिलाई ध्यानमा राख्दै जिल्लावाट आवश्यक प्रतिकार्यकालागि सवै संयन्त्रलाई क्रियाशिल बनाउने समितिले निर्णय गरेको छ । 
भुकम्पवाट प्रभावित क्षेत्र तथा मानविय सहयोगकालागि अस्पताल समन्वयकालागि स्वास्थ्य कार्यालय बाँकका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठ र समन्वय तथा राहत व्यवस्थापनका लागि प्रशासकिय अधिकृत राम कुमार सोनकर र सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीलाई फोकल पर्सन तोकेको छ । जाजरकोट तथा पश्चिम रुकुममा ठुलो मात्रामा जनधनको क्षति भएको जानकारी प्राप्त  भएपश्चात थप खोज तथा उद्दार, उपचार, राहतकालागि सवैलाई अनुरोध गर्ने निर्णय भएको सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो । 
यसका साथै राझा विमानस्थलमा रहेको मानविय सहायता कक्षमा जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको राहत भण्डारण गरि परिचालन गर्ने निर्णय समेत भएको उल्लेख गर्दै ज्ञवालीले नेपालगञ्ज उपमहानगरपालिकाको तर्फवाट तत्काल राहत स्वरुप रु ४ लाख बरावरको खाद्यान्न र त्रिपाल, झुल, पिफर्म लगायत १०० जना परिवारकोलागि पुग्ने  सामाग्री साथै मेडिकल टिम परिचालन गरिने जनाएको छ । 
कोहलपुर नगरपालिकाको तर्फवाट तत्काल राहत स्वरुप रु २ लाख,राप्ती सोनारी गाँउपालिकाको तर्फवाट रु १ लाख वरावरको औषधि सामाग्री र रु ५० हजार बरावरको खाद्यान्न र १ जना चिकित्सक सहितको टिम, २० थान कम्मल र २० थान त्रिपाल सहयोग गर्ने र खजुरा गाँउपालिकाको तर्फवाट रु ३ लाख बरावरको औषधि सहयोग गने समेत निर्णय भएको ज्ञवालीले जानकारी दिनुभयो । 
नेपाल रेडक्रस सोसाइटी बाँकेको समन्वयमा केन्द्रिय कार्यालय मार्फत जाजरकोट र पश्चिम रुकुममा ६०० थान कम्मल त्रिपाल र पिफर्म उपलव्ध गराउने, जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको तर्फवाट तत्कालै १० थान टेन्ट, ५० थान त्रिपाल, ५० थान कम्मल उपलव्ध गराउने छ  , केमिकल एण्ड मेडिकल एसोसेसन सप्लायर्स सर्जिकल प्रालिवाट ३५० केजि चिउरा र ९०० प्याकेट चाउचाउ उपलव्ध गराउने निर्णय गरेको समेत भएको छ ।
नेपालगंज ग्रिन सिटिका तर्फवाट २५ बोरा चामल, चिउरा २०० केजि , ४०पेटी चाउचाउ र बाँके युनेस्को क्लवबाट भेरी अस्पतालका घाइते विरामीकालागि अन्जली माता रसोइ मार्फत ८० जनालाई निशुल्क रुपमा खाना सहयोग गर्ने बताइएको छ । 
 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …