Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

सामाजिक सदभावका लागि अन्तरसम्वादको तयारी

डेक्स

डेक्स

सामाजिक सदभावका लागि अन्तरसम्वादको तयारी
ADVERTISEMENT

नेपालगन्ज १२ कार्तिक ।  नेपालगञ्जलाई सामाजिक तथा धार्मिक सहरको रुपमा थप प्रगाढ (बलियो) बनाउन “प्रशासन–धार्मिक युवा अन्तरसंवाद” को तयारी गर्न थालिएको छ । 

सदियोदेखिको नेपालगन्ज सद्भावको सहरको आधारलाई थप बलियो बनाउन दीर्घकालीन योजनाका साथ मुख्य धर्म केन्द्रित नयाँ युवा पुस्ता लक्षित कार्यक्रम सञ्चालनको गृहकार्य शुरु गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो । 

प्रजिअ पोखरेलले भन्नुभयो, ‘यो अभियान नेपालगञ्जसँग जोडिएको हुँदा आमनागरिकबाट सहकार्य हुने अपेक्षा प्रशासनको छ ।’ यो अभियानका सन्दर्भमा आमजिल्लाबासीसँग राय सुझाव समेत माग गरिएको उहाँले भन्नुभयो ।” 

असोज महिनामा नेपालगञ्जमा दुई समुदायबीच तिक्तता बढेपछि प्रशासनले भविष्यमा यसखालका घटना नहोस् भनेर दीर्घकालीन सोचका साथ हिन्दु र मुस्लिम धर्ममा आस्था राख्ने सम्पुर्ण अगुवा युवाको सहभागितामा अन्तर संवादमार्फत अघि बढ्ने योजना बनाएको स्थानीय प्रशासनले जनाएको छ । 

नेपालगञ्जमा हिन्दु, मुस्लिमलगायतका विभिन्न धर्मका गुरुको सहभागितामा सद्भाव समिति रहेको छ । सो समितिले सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न प्रशासनसँग मिलेर पहलकदमी गर्दै आएको छ । असोजमा दुई समुदायका केही ब्यक्तिबीच देखिएको असमझदारी अन्त्यका लागि समेत धर्मगुरुले अग्रसरता देखाएका थिए । 

असोजमा भएको तनावपछि बाँकेका प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भई आउनुभएका पोखरेलले सामाजिक सद्भावलाई मुख्य प्राथमिकतामा राखेर विशेष रणनीतिक योजना बनाउनुभएको छ । 

नेपालगन्जमा विभिन्न जातजाती, धर्म र समुदायको बसोबास रहेको छ । तर ती सबै समुदायका मानिसहरु एक आपसमा मिलेर बसेका छन । एक अर्काको धर्मको सम्मान, पर्वमा शुभकामना आदान प्रदान र धार्मिक स्थालमा आउने जाने हुने गर्दछ । 

केही दिन अधि नेपालगन्जमा घटेको घटनाले मानिसमा द्धेष पैदा भएकोले त्यसलाई हटाउनका लागि प्रशासनले शुरु गरेको पहल सकारात्मक भएको विश्व हिन्दु परिषदका कृष्णमुरारी प्रसाद भट्टले बताउनुभयो । 
–––
 

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

नेपालगन्ज, २९ कात्तिकः बाँकेको बैजनाथ गाउँपालिकामा अवस्थित गाभर भ्याली सामुदायिक घर…

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

बाँके, २३ कात्तिकः सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार …

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज, २१ कात्तिकः पश्चिम नेपालको नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्…