Pairabi logo

असोज २६, २०८३, सोमबार                    

सामाजिक सदभावका लागि अन्तरसम्वादको तयारी

डेक्स

डेक्स

सामाजिक सदभावका लागि अन्तरसम्वादको तयारी
ADVERTISEMENT

नेपालगन्ज १२ कार्तिक ।  नेपालगञ्जलाई सामाजिक तथा धार्मिक सहरको रुपमा थप प्रगाढ (बलियो) बनाउन “प्रशासन–धार्मिक युवा अन्तरसंवाद” को तयारी गर्न थालिएको छ । 

सदियोदेखिको नेपालगन्ज सद्भावको सहरको आधारलाई थप बलियो बनाउन दीर्घकालीन योजनाका साथ मुख्य धर्म केन्द्रित नयाँ युवा पुस्ता लक्षित कार्यक्रम सञ्चालनको गृहकार्य शुरु गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो । 

प्रजिअ पोखरेलले भन्नुभयो, ‘यो अभियान नेपालगञ्जसँग जोडिएको हुँदा आमनागरिकबाट सहकार्य हुने अपेक्षा प्रशासनको छ ।’ यो अभियानका सन्दर्भमा आमजिल्लाबासीसँग राय सुझाव समेत माग गरिएको उहाँले भन्नुभयो ।” 

असोज महिनामा नेपालगञ्जमा दुई समुदायबीच तिक्तता बढेपछि प्रशासनले भविष्यमा यसखालका घटना नहोस् भनेर दीर्घकालीन सोचका साथ हिन्दु र मुस्लिम धर्ममा आस्था राख्ने सम्पुर्ण अगुवा युवाको सहभागितामा अन्तर संवादमार्फत अघि बढ्ने योजना बनाएको स्थानीय प्रशासनले जनाएको छ । 

नेपालगञ्जमा हिन्दु, मुस्लिमलगायतका विभिन्न धर्मका गुरुको सहभागितामा सद्भाव समिति रहेको छ । सो समितिले सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न प्रशासनसँग मिलेर पहलकदमी गर्दै आएको छ । असोजमा दुई समुदायका केही ब्यक्तिबीच देखिएको असमझदारी अन्त्यका लागि समेत धर्मगुरुले अग्रसरता देखाएका थिए । 

असोजमा भएको तनावपछि बाँकेका प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भई आउनुभएका पोखरेलले सामाजिक सद्भावलाई मुख्य प्राथमिकतामा राखेर विशेष रणनीतिक योजना बनाउनुभएको छ । 

नेपालगन्जमा विभिन्न जातजाती, धर्म र समुदायको बसोबास रहेको छ । तर ती सबै समुदायका मानिसहरु एक आपसमा मिलेर बसेका छन । एक अर्काको धर्मको सम्मान, पर्वमा शुभकामना आदान प्रदान र धार्मिक स्थालमा आउने जाने हुने गर्दछ । 

केही दिन अधि नेपालगन्जमा घटेको घटनाले मानिसमा द्धेष पैदा भएकोले त्यसलाई हटाउनका लागि प्रशासनले शुरु गरेको पहल सकारात्मक भएको विश्व हिन्दु परिषदका कृष्णमुरारी प्रसाद भट्टले बताउनुभयो । 
–––
 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…