Pairabi logo

असोज २६, २०८३, सोमबार                    

शान्तिपुर्ण रुपमा दुर्गा मुर्ति विसर्जन

सम्वाददाता

सम्वाददाता

शान्तिपुर्ण रुपमा दुर्गा मुर्ति विसर्जन
ADVERTISEMENT

नेपालगन्ज, ८ कार्तिक   विजयादशमीको घटस्थापनादेखि स्थापना गरिएको दुर्गा भवानीको मुर्ति (प्रतिमा) आज विसर्जन गरि नदीमा सेलाइएको छ । 

बाँके जिल्लाका शहर तथा ग्रामिण क्षेत्रमा स्थापना गरिएका करिब ६०० दुर्गा मुर्तिलाई राप्ती नदी, मान खोला र कर्णालीमा लगेर सेलाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो । 

ट्रक, ट्राली लगायत विभिन्न सवारी साधनमा मुर्तिलाई राखेर लावालस्करका साथ, बाजागाजा, बैण्ड बाजा बजाएर नाँचगान गर्दै (जय माता दी)को नारा लगाउदै मुर्ति सेलाइएको दुर्गा मुर्ति पुजा समितिका प्रदिप शाहले बताउनुभयो । 

आज सबै मुर्तिहरु लगेर राप्ती नदीको सिधानिया घाट, अगैया, मान खोला र कर्णाली नदीमा सेलाइएको हो । मुर्ति सेलाउने क्रममा भक्तजनहरुका लागि प्रसाद वितरण, भजन किर्तन समेत गर्ने गरिन्छ । 

घटस्थापनाको दिनदेखि स्थापना गरिएको दुर्गा मुर्तिको नौ दिनसम्म विशेष पुजापाठ गरि दशैको भोली पल्ट आर्थात आज सेलाइने परम्परा रहेको दुर्गा मुर्तिका पुजारी पण्डित शिवप्रसाद पाठकले बताउनुभयो । 

मुर्ति शान्तिपूर्वक ससिर्जनका लागि सुरक्षा व्यवस्था मिलाउन १ हजार ५ सय नेपाल प्रहरी, सशस्त्र प्रहरी खटाईएको र सुरक्षाको थप प्रबन्ध मिलाउन ड्रोनबाट समेत निगरानी राखिएको प्रजिअ पोखरेलले बताउनुभयो । 

बाँके प्रशासनले आज दिनभर बाँकेमा मदिराजन्य पदार्थको बिक्रि वितरण तथा सेवन गर्न प्रतिबन्ध लगएको थियो भने नेपाल भारत सिमा नाका समेत दिनभर बन्द गरेको थियो । सिमा नाका अहिले राती ८ बजेदेखि खुलेको प्रशासन कार्यालयले जनाएको छ । 

आजको कार्यक्रम सौहार्दपुर्ण र सामाजिक सदभावको बाताबरणलाई सुदृढ बनाउन विशेष सुरक्षा तयारी गरिएको बाँकेका प्रहरी प्रमुख सुभाषचन्द्र बोहराले बताउनुभयो । 
–––

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…