Pairabi logo

माघ १३, २०८२, सोमबार                    

शान्तिपुर्ण रुपमा दुर्गा मुर्ति विसर्जन

सम्वाददाता

सम्वाददाता

शान्तिपुर्ण रुपमा दुर्गा मुर्ति विसर्जन
ADVERTISEMENT

नेपालगन्ज, ८ कार्तिक   विजयादशमीको घटस्थापनादेखि स्थापना गरिएको दुर्गा भवानीको मुर्ति (प्रतिमा) आज विसर्जन गरि नदीमा सेलाइएको छ । 

बाँके जिल्लाका शहर तथा ग्रामिण क्षेत्रमा स्थापना गरिएका करिब ६०० दुर्गा मुर्तिलाई राप्ती नदी, मान खोला र कर्णालीमा लगेर सेलाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो । 

ट्रक, ट्राली लगायत विभिन्न सवारी साधनमा मुर्तिलाई राखेर लावालस्करका साथ, बाजागाजा, बैण्ड बाजा बजाएर नाँचगान गर्दै (जय माता दी)को नारा लगाउदै मुर्ति सेलाइएको दुर्गा मुर्ति पुजा समितिका प्रदिप शाहले बताउनुभयो । 

आज सबै मुर्तिहरु लगेर राप्ती नदीको सिधानिया घाट, अगैया, मान खोला र कर्णाली नदीमा सेलाइएको हो । मुर्ति सेलाउने क्रममा भक्तजनहरुका लागि प्रसाद वितरण, भजन किर्तन समेत गर्ने गरिन्छ । 

घटस्थापनाको दिनदेखि स्थापना गरिएको दुर्गा मुर्तिको नौ दिनसम्म विशेष पुजापाठ गरि दशैको भोली पल्ट आर्थात आज सेलाइने परम्परा रहेको दुर्गा मुर्तिका पुजारी पण्डित शिवप्रसाद पाठकले बताउनुभयो । 

मुर्ति शान्तिपूर्वक ससिर्जनका लागि सुरक्षा व्यवस्था मिलाउन १ हजार ५ सय नेपाल प्रहरी, सशस्त्र प्रहरी खटाईएको र सुरक्षाको थप प्रबन्ध मिलाउन ड्रोनबाट समेत निगरानी राखिएको प्रजिअ पोखरेलले बताउनुभयो । 

बाँके प्रशासनले आज दिनभर बाँकेमा मदिराजन्य पदार्थको बिक्रि वितरण तथा सेवन गर्न प्रतिबन्ध लगएको थियो भने नेपाल भारत सिमा नाका समेत दिनभर बन्द गरेको थियो । सिमा नाका अहिले राती ८ बजेदेखि खुलेको प्रशासन कार्यालयले जनाएको छ । 

आजको कार्यक्रम सौहार्दपुर्ण र सामाजिक सदभावको बाताबरणलाई सुदृढ बनाउन विशेष सुरक्षा तयारी गरिएको बाँकेका प्रहरी प्रमुख सुभाषचन्द्र बोहराले बताउनुभयो । 
–––

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …