Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

निःशुल्क स्वच्छ खानेपानी वितरण

डेक्स

डेक्स

निःशुल्क स्वच्छ खानेपानी वितरण
ADVERTISEMENT

नेपालगन्ज ८, कार्तिक । दुर्गा मुर्ति विर्सजनमा भक्तजन तथा मेला हेर्न आएका श्रद्धालुहरुलाई निःशुल्क स्वच्छ खानेपानी वितरण गरिएको छ । गौरव स्मृति तथा वी योर फाउण्डेशन नेपालगन्ज–४ ले फत्तेबाल आँखा अस्पताल अगाडी निःशुल्क पानीको व्यवस्था गरेको हो ।  

सामाजिक मानवियतासंगै भक्तजनहरुलाई खानेपानीको सहजताका लागि आज विहानदेखि स्वच्छ पिउने जल वितरण गरिएको फाउण्डेशनका संस्थापक उपाध्यक्ष करन शाहुले बताउनुभयो ।

उहाँका अनुसार यस फउण्डेशनका सम्पुर्ण पदाधिकारी तथा स्वयम्सेवकहरु पानी वितरणको कार्यमा खटिएका छन । 

छोराको स्मृतिमा स्थापना भएको फाउण्डेशले सामाजिक सेवा तथा मानवियतासंग जोडिएका विषय तथा क्षेत्रमा सहयोगी रुपमा सेवा गर्दै आएको फाउण्डेशनका संरक्षक प्रदिप शाहले बताउनुभयो । उहाँका अनुसार यो फाउण्डेसनद्धारा गरिब असाहय, तथा जोखिममा परेकाहरुलाई सहयोग लगायतका सामाजिक काम गरिने योजना रहेको छ ।

विगतको वर्ष जस्तै यस वर्ष पनि निःशुल्क पानी वितरण गर्न लागिएको फाउण्डेशनले जनाएको छ । विजयादशमीको घटस्थापनादेखि स्थापना गरिएको दुर्गा भवानीको मर्ति दशैको भोली पल्ट अर्थात आज बुधवार विर्सजन गर्न जाने भक्तजन नागरिकहरुलाई निःशुल्क स्वच्छ खानेपानी वितरण भईरहेको छ ।

नेपालगन्ज नगरका सम्पुर्ण मुर्तिहरुलाई राप्ती नदीको सिधनिया घाटमा लगेर सेलाइने गरिन्छ । ट्रक, ट्राली लगायत विभिन्न सवारी साधनमा मुर्तिलाई राखेर लावालस्करका साथ, बाजागाजा, बैण्ड बाजा बजाएर नाँचगान गर्दै (जय माता दी)को नारा लगाउदै मुर्ति सेलाइने गरिन्छ । 

आज नेपालगन्ज नगर तथा राप्ती नदी आसपास विभिन्न स्थानमा भक्तजनहरुका लागि निशुःल्क स्वच्छ पानी वितरण भईरहेको छ । 

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

नेपालगन्ज, २९ कात्तिकः बाँकेको बैजनाथ गाउँपालिकामा अवस्थित गाभर भ्याली सामुदायिक घर…

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

बाँके, २३ कात्तिकः सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार …

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज, २१ कात्तिकः पश्चिम नेपालको नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्…