बाँके ८ कार्तिक : विजयादशमीको घटस्थापनादेखि स्थापना गरिएको दुर्गा भवानीको मर्ति (प्रतिमा) आज विसर्जन गरि नदीमा सेलाइदैछ । बाँके जिल्लाका शहर तथा ग्रामिण क्षेत्रमा स्थापना गरिएको दुर्गा मुर्तिलाई राप्ती नदी, मान खोला र कर्णालीमा लगेर सेलाइने गरिन्छ ।
ट्रक, ट्राली लगायत विभिन्न सवारी साधनमा मुर्तिलाई राखेर लावालस्करका साथ, बाजागाजा, बैण्ड बाजा बजाएर नाँचगान गर्दै (जय माता दी) को नारा लगाउदै मुर्ति सेलाइने गरिएको दुर्गा पुजा समिति फुल्टेक्राका अध्यक्ष चन्देश्वरराज त्रिपाठीले बताउनुभयो । आज सबै मुर्तिहरु लगेर राप्ती नदीको सिधानिया घाटमा सेलाइनेछ । मुर्ति सेलाउने क्रममा भक्तजनहरुका लागि प्रसाद वितरण, भजन र्कितन समेत गर्ने गरिन्छ ।
घटस्थापनाको दिनदेखि स्थापना गरिएको दुर्गा मुर्तिको नौ दिनसम्म विशेष पुजापाठ गरि दशैको भोली पल्ट आर्थात आज सेलाइने परम्परा रहेको दुर्गा मुर्तिका पुजारी पण्डित शिवप्रसाद पाठकले बताउनुभयो । उहाँका अनुसार दुर्गा मुर्तिमा विशेष गरि नौ दिनसम्म दुर्गा सप्तसतीको पाठ गर्ने गरिन्छ र नवमीका दिन विशेष पुर्णाहुती गरि पुजापाठ सकिन्छ ।
आजको कार्यक्रम सौहार्दपुर्ण र सामाजिक सदभावको बाताबरणलाई सुदृढ बनाउन विशेष सुरक्षा व्यवस्थापन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो । प्रजिअ पोखरेलका अनुसार दुर्गा मुर्ती विसर्जन र्र्याली निस्कने भएकाले र्र्यालीलाई सभ्य, शान्त, अनुशासित एवम् मर्यादित बनाउन आज विहान ८ बजेदेखि राती १२ बजेसम्म मदिराजन्य पदार्थको ओसारपसार, विक्री वितरण तथा उपभोग निषेध गरिएको छ ।
दुर्गा भवानीको मुर्ती विसर्जन ¥याली अत्यन्तै मर्यादित, अनुशासित, शान्त एवम् शौम्य तुल्याउन साँझ ५ बजे अघि नै मुर्ती विसर्जन सम्पन्न स्थानीय प्रशासनले अनुरोध गरेको छ । बाँके जिल्लामा करिब ६०० दुर्गा मुर्ति रहेका छन भने नेपालगन्जमा मात्र ५६ वटा मुर्ति पुजाका लागि स्थापना गरिएको स्थानीय प्रशासनले जनाएको छ ।
–––