Pairabi logo

असोज २६, २०८३, सोमबार                    

नेपालगन्ज सडकमा स्ट्रीट लाइट

डेक्स

डेक्स

नेपालगन्ज सडकमा स्ट्रीट लाइट
ADVERTISEMENT

 नेपालगन्जको सडकमा स्ट्रीट लाइट ९सडक बत्ती बल्न सुरु गरेको छ । सडक बत्तीले गर्दा रातिको समयमा नेपालगन्जको मुख्य सडक झलमल्ल भएको छ । केहि दिन अघिदेखि सञ्चालनमा आएको सडक बत्तीले रातिको समयमा नेपालगन्जको मुख्य सडक झलमल्ल भएको हो ।

रत्न राजमार्गको जमुनाहा–राँझा–कोहलपुरसम्मको सडक खण्डमा सडक बत्ती जडान कार्यका लागि तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले २०७९ भदौ ४ गते शिलान्यास गर्नुभएको थियो ।

नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईले पूर्वमन्त्री राईको पहलमा सङ्घीय सरकारको बजेटबाट नेपालगन्जमा सडक बत्ती, ट्राफिक लाइट, हाइमास्ट लाइट, ओभरहेड ब्रीज लगायतका महत्वकांक्षी योजनाहरु निर्माणका लागि बजेट विनियोजित भएको र ती सम्पूर्ण योजनाहरु निर्माणका लागि ठेकेदार कम्पनीमार्फत टेण्डर प्रक्रिया भई काम सुरु भएको बताउनुभयो ।

उपप्रमुख राईले ती योजनाहरुमध्ये हाइमास्ट लाइट जडान भइसकेको, सडक बत्ती हालसालै बलिसकेको, ट्राफिक लाइट जडानको काम अन्तिम चरणमा पुगेको बताउनुभयो ।

पूर्वमन्त्री राईले नेपालगञ्जलाई रातिको समयमा सडक बत्तीले झलमल्ल पार्ने उद्देश्य अनुरुप तत्कालीन समयमा सडक बत्ती लगायत अन्य योजनाहरुका काम अगाडि बढाइएको बताउनुभयो । “नेपालगन्जको पूर्वमा सिधनिया ९राप्ती पूल०, पश्चिममा बर्दिया, उत्तरमा भारतसँगको सिमा जोडिएको जमुनाहा र दक्षिणमा कोहलपुरसम्मको मुख्य सडकमा सडक बत्ती बाल्ने योजना हो, अहिले पहिलो चरणमा जमुनाहादेखि कोठारपुरसम्मको सडकमा सडक बत्ती जडान भएर बलिसकेको छ ।” पूर्वमन्त्री राईले भन्नुभयो ।

नेपालगन्जको पुष्पलालचोकदेखि सिधनियासम्मको सडक बत्ती जडान कार्य पनि धमाधम भइरहेको उहाँले जानकारी दिनुभयो । “मेरो कार्यकालमा सुरु गरिएका योजनाहरु केही सम्पन्न भइसकेका छन्, केही अन्तिम चरणमा छन् भने ओभरहेड ब्रीज ९आकासे पुल०को काम भने हुन सकेको छैन ।” पूर्वमन्त्री राईले भन्नुभयो, “ओभरहेड ब्रिज बनाउने स्थानमा खाडल खन्नका लागि स्थानीयले अवरोध गरेपछि सो काम अझै अगाडी बढ्न सकेको छैन, विस्तारै उक्त योजना पनि सम्पन्न हुनेछ ।”

नेपालगन्ज गुलरीया चारलेन सडकखण्डको निर्माणको कार्य जारी रहेको हुँदा सँगसँगै सडक बत्ती जडानको काम र साइकल लेनको कार्य पनि भइरहेको उहाँले जानकारी दिनुभयो ।

रातिमा सडक बत्तीको उज्यालोमा हिँड्न पाउँदा सर्वसाधारण खुशी भएका छन् । नेपालगन्ज १० सुर्खेत रोडमा व्यवसाय गरेर बस्ने रीता गुरुङले रातिमा सडक बत्ती बल्दा नेपालगञ्जको दृष्य अत्यन्तै सुन्दर देखिएको बताउनुभयो । गुरुङले सडक उज्यालो हुनाका साथै नेपालगञ्जको सौन्दर्यीकरण पनि बढेको बताउनुभयो । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…