Pairabi logo

असोज २६, २०८३, सोमबार                    

नेपाली कांग्रेसले प्रशिक्षण अभियान चलाउने

डेक्स

डेक्स

नेपाली कांग्रेसले प्रशिक्षण अभियान चलाउने
ADVERTISEMENT

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले छठ लगत्तै प्रशिक्षण अभियान चलाउने भएको छ ।

कांग्रेस बाँकेले आज पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको नियमित पत्रकार भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रममा सभापति नारायणप्रसाद गौडेलले चुस्त, दुरुस्त र धारिलो संगठन बनाउने कामलाई अभियानकै रुपमा अघि बढाउन छठ लगत्तै गाउँ केन्द्रित पार्टी प्रशिक्षण अभियान सञ्चालन गर्ने बताएका हुन् । पत्रकार भेटघाटमा वितरित प्रेस नोटमा भनिएको छ, ूयसको सुरुवात हामीले केही समय अगाडि ८ पालिका सभापति र ८१ वटै वडा सभापतिहरुको लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गरेर गरिसकेका छौं । ‘सचेत र जागरुक’ कार्यकर्ता उत्पादन गर्ने ध्येयका साथ प्रशिक्षणका कार्यक्रम अगाडि बढाइनेछ ।ू

सभापति गौडेलले पार्टीलाई सुनिने, देखिने र महसुस गर्ने संगठनका रुपमा क्रियाशील बनाउने गरी अगाडि बढाउन उद्यत रहेको भन्दै जनतासंग प्रत्यक्ष सरोकार राख्ने सामाजिक र सिर्जनात्मक क्रियाकलापहरुमा पार्टीलाई अग्रसर बनाउने नीति अनुरुप पार्टीले आफ्ना कार्यक्रमहरुलाई केन्द्रित गरेको जानकारी र्दिए । ूजनताका अप्ठेराहरुमा सहानुभूति मात्र प्रकट गर्ने परम्परागत सोचबाट माथि उठेर नेपाली कांग्रेस बाँके समानुभूतिको मन्त्रसहित अघि बढ्न हरदम पर्यत्नशील छ । सामाजिक मुद्दाहरुमा पक्षधरताबाट अलग बसेर जनताका चासो र सरोकारलाई आफ्नो एजेण्डा सम्झँदै पाइला चालिरहेको स्मरण पनि गराउँदछौं,ू पत्रकार भेटघाटमा वितरित प्रेस नोटमा भनिएको छ । उनले सञ्चार जगतसंग नियमित र निरन्तर सम्पर्कमा रहँदै विश्वासको जग बलियो बनाउन नेपाली कांग्रेस बाँके प्रतिबद्ध भएको उल्लेख गरे ।

दशैं, तिहार र छठ पर्वहरु तथा नेपाल सम्बत ११४४ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै नेपाली कांग्रेस बाँकेले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न यी पर्वहरुले सबैमा उत्प्रेरणा प्रदान गरुन् भन्ने कामना गरेको छ ।

पत्रकारहरुको प्रश्नको जवाफ दिँदै सभापति गौडेलले भ्रष्टाचारको मामिलामा नेपाली कांग्रेस बाँके शून्य सहनशिलताका साथ अघि बढेको बताए । कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले सुशासन उल्लंघन गरे पार्टीले संरक्षण नगर्ने भन्दै जनप्रतिनिधिहरुलाई पटक(पटक स्वच्छ छविका साथ काम गर्न झक्झक्याइरहेको बताए । भ्रष्टाचारका सवालमा पार्टीले कुनै कम्प्रमाइज नगर्ने सभापति गौडेलको भनाई छ । गौडेलले भ्रष्टाचार गर्ने जनप्रतिनिधिलाई पार्टीले नछाड्ने दृढता व्यक्त गरे । उनले जनप्रतिनिधिहरुलाई जनअपेक्षा अनुसार काम गर्न सचेत बनाइएको बताए ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…