Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

सूचनाको हक राष्ट्रिय अवार्ड २०८० बाट अर्याल सम्मानित

डेक्स

डेक्स

सूचनाको हक राष्ट्रिय अवार्ड २०८० बाट अर्याल सम्मानित
ADVERTISEMENT

नेपालगन्ज २८ असोज । सूचनाको हक, सुशासनका क्षेत्रमा लामो समयदेखि काम गर्दै आउनु भएका विज्ञ टंकराज अर्याललाई सूचनाको हक राष्ट्रिय अवार्ड २०८० बाट सम्मान गरिएको छ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्र आइएचआरसी नेपालगन्जले आफ्नो ११औं वार्षिक साधारण सभामा सूचनाको हकका विज्ञ अर्याललाई राष्ट्रिय अवार्डले सम्मान गरेको हो ।

अर्यालले लामो समयदेखि सूचनाको हकको कार्यान्वयन, सचेतना, सरोकारवाला निकायको भुमिका लगायतका विषयमा उल्लेख्य भूमिका निर्वाह गर्दै आउनुभएको छ । उहाँ अहिले सार्वजनिक निकायले सूचनाको हक सम्वन्धी ऐन २०६४ लाई कार्यान्वयन गर्न डिजिटल प्रविधीको प्रयोग गरि विभिन्न सूचना विवरणलाई सार्वजनिक गर्न पैरवी समेत गरिरहनु भएको छ ।

डिजिटल राईटस नेपालका अध्यक्ष समेत रहनुभएका अर्यालले नागरिक समाजको अभियान र मानव अधिकारको क्षेत्रमा उहाँले सहयोग गर्दै आउनु भएको छ ।  

सूचनाको हक र सुशासन क्षेत्रमा क्रियाशिल संस्था आइएचआरसीले यसभन्दा अघि वरिष्ठ पत्रकारद्धय तारानाथ दाहाल र धमेन्द्र झालाई सम्मान गरिसकेको संस्थाका अध्यक्ष अधिवक्ता विश्वजित तिवारीले बताउनुभयो । 

उहाँका अनुसार सूचनाको हकको मुख्य विषयमा काम गर्ने संस्थाको रुपमा परिचित संस्थाले हरेक वर्ष राष्ट्रियस्तरमा सूचनाको हक र सुशासनको क्षेत्रमा विशेष योगदान पु¥याउने व्यक्ती वा संस्थालाई सम्मान गर्दै आएको छ । संस्थाको साधारण सभाको अवसरमा नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले अर्याललाई उक्त सम्मान गर्नुभएको हो । 


 

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

नेपालगन्ज, २९ कात्तिकः बाँकेको बैजनाथ गाउँपालिकामा अवस्थित गाभर भ्याली सामुदायिक घर…

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

बाँके, २३ कात्तिकः सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार …

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज, २१ कात्तिकः पश्चिम नेपालको नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्…