Pairabi logo

कात्तिक ०९, २०८३, आइतबार                    

मानसिक स्वास्थ्य : मानव अधिकार

डेक्स

डेक्स

मानसिक स्वास्थ्य : मानव अधिकार

डा. मो. ऐनुद्दीन बागबान

ADVERTISEMENT

  

सन्दर्भ  :    विश्व   मानसिक    स्वास्थ्य    दिवस    २०२३  

मानसिक    स्वास्थ्य    : मानव अधिकार

मानसिक स्वास्थ्य भनेको के हो ?

विश्व स्वास्थ्य संगठन अनुसार, स्वास्थ्य भनेको कुनै रोग वा दुर्बलता उपस्थित नहुनु मात्र होइन बरु शारीरिक, मानसिक तथा सामाजिक समग्र रुपमा स्वस्थ हुने अवस्था हो। मानसिक रूपमा स्वस्थ्य व्यक्तिहरुले आफ्नो क्षमताको सही पहिचान गरी जीवनका विभिन्न परिस्थिति सामना गर्दै उत्पादनशील जीवनयापन गर्न सक्षम हुन्छन।

मानसिक रुपमा अस्वस्थ हुनु भन्नाले मगज बिग्रिनु वा पागल हुनु मात्र होइन बरु मनमा अनावश्यक अन्तर्द्वन्द्व , डर, उदासीपन हुनुका साथै तनाव सहने सक्ने क्षमता कम हुनु, व्यक्तिगत तथा सामाजिक जीवन बीच सन्तुलन कायम  राख्न सक्षम नहुनु एवं बौद्धिक क्षमतामा ह्रास आउनु तथा मानसिकतामा असमान्य परिवर्तन हुनु भन्ने बुझ्नु पर्दछ।

  • मानसिक स्वास्थ्य समस्या भएमा कस्ता लक्षणहरु देखिन्छन ?

निन्द्रा  कम वा अधिक लाग्ने, मन आत्तिने, मनमा धेरै कुरा खेल्ने, मन उदास हुने, एक्लै बस्ने, रुन मन लाग्ने, आत्मबल कमजोर हुने, नकारात्मक सोचहरु मात्र आउने, पटक पटक आत्महत्याको विचार आउने, झनक्क रिसाउने,  बिना कारण झगडा गर्ने, अरुको कुरा नसुनी बोलेको बोलै गर्ने, क्षमता भन्दा बढी ठुल्ठुला  कुरा गर्ने, व्यवहारमा असमान्य परिवर्तन  आउने, आफैं बर्बराउने, आफैं  हास्ने , नभएको आवाज सुन्ने, नभएको कुरा देख्ने, अरु माथि शंका उपशंका  बढी गर्ने, बिना काम हिड़ी राख्ने, सरसफाईमा ध्यान नदिने जस्ता लक्षणहरुबाट मानसिक स्वास्थ्य समस्याको पहिचान गर्न सकिन्छ।

  • नेपालमा मानसिक स्वास्थ्य समस्या असामान्य रूपमा  बढ्ने कारण के हो ?

नेपालमा मानसिक स्वास्थ्य समस्या एउटा गम्भीर जनस्वास्थ्य समस्याको रुप धारण गरिसकेको छ। बर्षौंको द्वन्द्वकाल, राजनैतिक अस्थिरताका साथै बाढी, पहिरो, भुकम्प तथा कोरोना महामारी जस्ता विपद घटनाहरुले मानसिक स्वास्थ्य माथि बढी नकारात्मक असर परेका छन्। नेपालमा रक्सी लगायत अन्य नशालु पदार्थहरुको सेवन दिन प्रतिदिन  बढ्दै गइरहेको छ। यसबाट हुने शारीरिक, सामाजिक तथा आर्थिक समस्याहरुको पीडाले सम्पूर्ण परिवारको मानसिक स्वास्थ्य जोखिमपूर्ण अवस्थामा हुन्छ। युवाहरु बैदेशिक रोजगारकालागि विदेशतिर पलायन भइरहेका छन्।

जहाँ उनीहरुलाई अनेक मानसिक तनावबाट गुज्रिनुपर्ने बाध्यता रहेको हुन्छ। साथै सम्पूर्ण परिवारमा तनावको अवस्था सिर्जना हुन्छ। यसकारण उनी सबैलाई विभिन्न किसिमका मानसिक स्वास्थ्य समस्याहरु हुने सम्भावना बढी हुन्छ। यस कुरालाई नेपालमा बढ्दै गइरहेको आत्महत्याको संख्याले पनि धेरै हदसम्म पुष्टि गरेको छ।

  • मानसिक स्वास्थ्य प्रति समाजको दृष्टिकोण कस्तो छ ?

समाजले मानसिक विरामीहरुलाई फरक फरक नजरले हेर्ने गरेको पाइन्छ। मानसिक विरामीहरुलाई दैवी शक्ति वा प्रेतात्मा आदिबाट प्रभावित भएको रुपमा देखने गरेको छ। समाजमा यस्ता विरामीहरुलाई बोक्सीले किचकन्नी लगाई दिएको आरोपमा गरिब तथा असहाय महिलाहरुलाई निर्घात कुटपिट गर्ने, मलमुत्र समेत खुवाउने, साथै झारफुकको नाममा धामी झाँक्रीहरुले झन शारीरिक एवं मानसिक यातना दिएको घटनाहरु बारम्बार दोहोरिरहेका छन्। जसले गर्दा धेरैले त आत्महत्या पनि गरेका छन् ।

समाजले मानसिक विरामीहरुलाई कि वेकम्मा ठानेर फलामे साङ्गलाले बाँधी खोरभित्र आजीवन थुनेर अमानवीय अवस्थामा राखने गरेको छ कि त छाडा जनावर झैं सडकमा थुपारिएका गन्हाउने डंगुरबाट सडेगलेका खानेकुरा टिपेर खाँदै गरेको जनावर भन्दा पनि तल्लो स्तरको जीवन जिउन वाध्य तुल्याएको छ। समाजले मानसिक विरामीलाई औषधि उपचारबाट वंचित राख्नु भनेको उसको मानव अधिकार हनन गर्नु हो। (लेखक नेपालगंज मेडिकल कलेजका नशा, यौन तथा मनोरोग विशेषज्ञ हुन l)

 

ताजा

सबै

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

नेपालगन्ज,६ कात्तिकः बाँकेको नेपालगञ्ज उपमहानगरपालिका१९ का अमजत अली शेख विगत सात व…

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

लोकप्रिय

सबै

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज, ३ कात्तिक : दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया न…

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

बाँके, ३ कात्तिक । बाँकेको राप्ती सोनारी गाउँपालिका६ फत्तेपुरका किसान महिलाले खसीब…

आज दसहरा मेला, रामलिलामा रावण बध गरिदै

नेपालगन्ज, ४ कार्तिक । नेपालगञ्ज रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि शुरु भ…

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

यो पनि

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

बसन्त गौतम काठमाडौँ, । हामी सबै नागरिक कुनै न कुनै रूपमा उपभोक्ता हौँ । खाना, औषध…

संघर्ष, मानवता र सामाजिक रूपान्तरणसँग गाँसिएको २५ वर्षे विकास यात्रा

संघर्ष, मानवता र सामाजिक रूपान्तरणसँग गाँसिएको २५ वर्षे विकास यात्रा

अधिबक्ता मीना पराजुली २३ अगस्ट २००१ मेरो जीवनको एउटा साधारण मिति मात्र थिएन, त्यो म…

बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा हामी अगाडि छौंः कार्यबहाक सभापति अधिकारी

बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा हामी अगाडि छौंः कार्यबहाक सभापति अधिकारी

नेपाली कांग्रेस बाँकेका कार्यवाहक सभापति, निर्वाचन परिचालन, प्रचार प्रसार मूल समिति …

‘उत्साहपूर्ण तरिकाले चुनावी अभियान चलिरहेको छ’  क्षेत्रीय सभापति गुप्ता

‘उत्साहपूर्ण तरिकाले चुनावी अभियान चलिरहेको छ’  क्षेत्रीय सभापति गुप्ता

बाँके क्षेत्र नम्बर २ मा चुनावी तापक्रम चुलिँदै जाँदा नेपाली काँग्रेसका उम्मेदवार सुध…