Pairabi logo

मंसिर ०७, २०८१, शुक्रबार                    

नेपालगञ्जमा हट्यो कर्फ्यु र निषेधाज्ञा

डेक्स

डेक्स

नेपालगञ्जमा हट्यो कर्फ्यु र निषेधाज्ञा
ADVERTISEMENT

नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा जनजीवन सामान्य हुँदै गएपछि स्थानीय प्रशासनले कर्फ्यु र निषेधाज्ञा पूर्णरूपमा हटाएको छ । 
विगत एक सातादेखि लगाइँदै आएको कर्फ्यु र निषेधाज्ञा पूर्णरूपमा हटाइएको जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गर्दै जानकारी दिएको छ ।  सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले आज  सूचना जारी गर्दै शान्ति सुरक्षाको अवस्था सामान्य बनेकाले कर्फ्यु र निषेधाज्ञा हटाइएको उल्लेख गर्नुभएको छ । 
अघिल्लो मंगलबार नेपालगञ्जमा तनाव उत्पन्न भएपछि दिउँसो १ बजेदेखि कर्फ्यु आदेश जारी गरिएको थियो । अवस्था सामान्य बन्दै गएपछि  केही दिन यता दिउँसोको समयमा निषेधाज्ञा र राती कर्फ्यु लाग्दै आएको थियो । सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर उत्पन्न विवादका कारण परिस्थिति असहज बन्ने देखिएपछि असोज १६ गते मंगलबार दिउँसो १ बजेदेखि नेपालगञ्जमा अनिश्चितकालीन कफ्र्यु लगाइएको थियो । असोज १८ गतेदेखि दिउँसोको कर्फ्यु हटाइएको थियो भने राती कफ्र्यु कायमै राखिएको थियो । जनजीवन सामान्य बन्दै गएपछि निषेधाज्ञा र कफ्र्युको समयावधि भने दिन प्रति दिन छोट्याउँदै लगिएको थियो ।

हिन्दु  र मुस्लिम  समुदायबीच भएको विवादले असोज १६ गते दिउँसोदेखि केही दिन अशान्त रहेको नेपालगञ्जमा दुई समुदायबीच बढेको तनाबले उग्ररुप लिने अवस्था देखिएपछि कफ्र्यु आदेश जारी गरिएको थियो । सामाजिक सञ्जालमा मुस्लिम समुदायलाई लक्षित गरी लेखिएको स्टाटसको विषयलाई लिएर मुस्लिम समुदायले असोज १४ गते गरेको विरोध प्रदर्शनका कारण उत्पन्न परिस्थिति एवम् १६ गते ओमकार परिवार हिन्दु समाजले निकालेको र्यालीका क्रममा विवाद उत्पन्न भई नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुढा प्रहार, उच्छृंखल गतिविधि लगायतका विरोध प्रदर्शन कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम् शान्ति भंग हुने स्थिति देखिएको भन्दै कफ्र्यु आदेश जारी गरिएको थियो ।

ताजा

सबै

सार्वजनिक स्थानमा फोहोर फालेपछि आशिर्वाद पेन्ट्सलाई १० हजार जरिवाना

नेपालगञ्ज, मंसिर ६ । नेपालगञ्ज उपमहानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई का…

मर्यादित महिनावारी हाम्रो दायित्व विषयक वक्तृत्वकला प्रतियोगिता

नेपालगन्ज, मंसिर ६ । विश्व बाल दिवसको अवसर पारेर मर्यादित महिनावारी हाम्रो दायित्व व…

अपाङ्गता परीक्षण शिविर

नेपालगन्ज, मंसिर ६ गते । विद्यालयमा अध्ययनरत बालबालिकालाई लक्षित गरी एक दिवसीय अपाङ्…

नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै

नेपालगन्ज, ६ मसिंर :नेपालगञ्जमा १०८ फिट अग्लो हनुमानको मूर्ति निर्माण भइरहेको छ । ने…

लोकप्रिय

‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना हुदै

नेपालगन्ज, ३ मसिंर :राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली सेनाले ट…

नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै

नेपालगन्ज, ६ मसिंर :नेपालगञ्जमा १०८ फिट अग्लो हनुमानको मूर्ति निर्माण भइरहेको छ । ने…

यो पनि

सार्वजनिक स्थानमा फोहोर फालेपछि आशिर्वाद पेन्ट्सलाई १० हजार जरिवाना

सार्वजनिक स्थानमा फोहोर फालेपछि आशिर्वाद पेन्ट्सलाई १० हजार जरिवाना

नेपालगञ्ज, मंसिर ६ । नेपालगञ्ज उपमहानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई का…

नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै

नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै

नेपालगन्ज, ६ मसिंर :नेपालगञ्जमा १०८ फिट अग्लो हनुमानको मूर्ति निर्माण भइरहेको छ । ने…

‘वैकुण्ठधाम निर्माण योजना प्रदेश सरकारको प्राथमिकता छ’

‘वैकुण्ठधाम निर्माण योजना प्रदेश सरकारको प्राथमिकता छ’

नेपालगञ्ज, ५ मङ्सिरः बाँकेको नेपालगञ्जमा निर्माण हुन लागेको सिधनियाघाटको वैकुण्ठधाम …

‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना हुदै

‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना हुदै

नेपालगन्ज, ३ मसिंर :राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली सेनाले ट…