Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

शान्ति र सदभावका लागि नागरिक अपिल

डेक्स

डेक्स

शान्ति र सदभावका लागि नागरिक अपिल
ADVERTISEMENT

नेपालगन्ज १८ असोज । नेपालगन्ज घटनामा सामाजिक सदभाव कायम गर्नका लागि बाँकेका नागरिक समाजले शान्ति र सदभावका लागि अपिल गरेका छन । नेपालगन्ज बहुधार्मिक, बहुजातिय, बहुसांस्कृतिक विविधता भएको शहरको रुपमा परिचित छ ।

यहाँ बसोबास गर्ने हिन्दु, मुस्लिम, सिख्ख र इसाई धर्महरु एक आपसमा मिलेर बसेका छन । एक अर्काको चाडपर्वमा आपसी मेलमिलाप, भाइचारको सन्देश प्रवाह भई सबै मिलेर बसेको शहर हो । 

सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजित तिवारीको संयोजकत्वमा बसेको एक बैठकले नेपालगन्जमा शान्ति र सदभावको बाताबरण सिर्जनाका लागि सबैमा अपिल गरेको हो । 

नेपालगन्जमा वर्तमान अवस्थामा सिर्जना भएको परिस्थितिले यहाँको धार्मिक, साँस्कृतिक सहिष्णुता तथा सबै भाषाभाषीहरुको विचमा रहेको बन्धुत्व तथा भाइचारामा समेत नराम्रो असर पुगेकोले सबै जातजाती, धर्म सम्प्रदायमा आपसी एकता कायम गर्न र अन्तर घुलनको सिद्धान्तलाई आत्मसाथ गरि सामाजिक सदभाव कायम गर्न अपिल गरिएको हो । 

यसैगरी सामाजिक सद्भाव कायम गराउन, धार्मिक सहिष्णुता खल्बलिन नदिन, शान्ति सुरक्षा स्थापित गर्न स्थानीय प्रशासन समक्ष जोडदार माग गरिएको छ । नेपालगन्जका नागरिक समाजका जयसिंह केसी, बेचनलाल गुप्ता, रविन्द्र ज्ञवाली, अनुप मिश्र, राकेश मिश्र, भरतकिशोर बैश्य, भिष्म लोध, श्री राधाकृष्ण हनुमान मन्दिरका महन्त रामसुमिरन दास, नेपाल सांस्कृतिक महासंघका केन्द्रीय सहमहामन्त्री जहिरुलहक जिनु लगायतले हस्ताक्षर गर्नुभएको थियो । 

यसैगरि आजै बाँके जिल्लास्थित विभिन्न नागरिक समाजका अगुवाहरुले पनि संयुक्त रुपमा सामाजिक सदभावका लागि हार्दिक अपिल गरेका छन । 

स्थानीय शान्ति समितिका पुर्व संयोजकको अपिल 

धार्मिक विषयलाई लिएर नेपालगन्जमा उत्पन्न असहज परिस्थितीप्रति पुर्व स्थानीय शान्ति समिति बाँकेका संयोजकहरुले दुःख व्यक्त गरेका छन ।

समितिका पुर्व संयोजकहरुको आज बसेको बैठकले नेपालगन्जमा सामाजिक सदभावका लागि जोडदार आवाज उठाउदै घटनाका दोषीमाथी कानून बमोजिम कारवाही गर्न, घाइतेको उपचारको व्यवस्थ गर्न, विविध सम्प्रदायविचको सुसम्वन्धमा खलल पुग्ने गतिविधी नगर्न /नगराउन र संयमता अपनाउन सबैमा अपिल गरेको छ । 

अपिलको पुर्ण पाठ 

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

नेपालगन्ज, २९ कात्तिकः बाँकेको बैजनाथ गाउँपालिकामा अवस्थित गाभर भ्याली सामुदायिक घर…

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

बाँके, २३ कात्तिकः सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार …

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज, २१ कात्तिकः पश्चिम नेपालको नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्…