Pairabi logo

माघ १३, २०८२, सोमबार                    

नेपालगञ्जमा निषेधाज्ञा खुकुलो बनाउन सिफारिस

डेक्स

डेक्स

नेपालगञ्जमा निषेधाज्ञा खुकुलो बनाउन सिफारिस
ADVERTISEMENT

नेपालगञ्ज  । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा हिजो दिउसो एक बजेदेखि जारी भएको निषेधाज्ञा (कर्र्फयु) लाई खुकुलो बनाउदै पूर्ण रुपमा हटाउन जिल्ला सुरक्षा समितिलाई सिफारिस गरिएको छ । 

जिल्ला प्रसासन कार्यालय, बाँकेमा आज बसेको सर्वपक्षीय बैठकले सो सिफारिस गर्दै सामाजिक सदभाव कायम राख्न र अब सदभाव भडकिन नदिने प्रतिवद्धता व्यक्त गरेको छ । साथै सबै क्षेत्रको उल्लेख्य सहभागिता हुने गरी सदभाव र्याली आयोजना गर्ने समेत निर्णय बैठकले गरेको छ । 


उक्त बैठकले सामाजिक सदभाव भडकाउने, धार्मिक विद्धेष फैलाउने तथा कसैको धार्मिक आस्थामा आँच पुर्याउने जस्ता कानून विपरितका  कार्य गर्नेलाई कानून बमोजिम कडा कारवाही गर्ने तीन बुँदे निर्णय गरेको छ । 

बैठकमा लुम्विनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेले दोषीमाथि कारवाही हुने भएकाले विश्वस्त हुन आग्रह गर्दै एक जनाको गल्तीका कारण सामाजिक सदभाव विथोलिन नहुने बताउनुभयो । प्रतिनिधिसभाका सदस्य धवलशम्शेर राणाले निषेधाज्ञालाई खुकुलो पार्न आग्रह गर्दै दोषीमाथि कारवाहीको माग गर्नुभयो । 

पूर्व मन्त्री इश्तियाक राईले हिन्दु र मुश्लिम समुदायलाई लडाउने षडयन्त्र भएको उल्लेख गर्दै सामाजिक सदभाव कायम राख्न सबैलाई अपिल गर्नुभयो । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले घाइतेहरुको उपचार स्थानीय सरकारले गर्ने जानकारी दिदै प्रहरी र प्रशासनले संयम्ता अपनाएको बताउनुभयो । बाँकेका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सो बैठक भएको थियो ।  

भेलामा बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगी, मौलाना अब्दुल जब्बार मञ्जरी, नागरिक समाजका अगुवा, जनप्रतिनिधि लगायत सहभागि हुनुहुन्थ्यो । 
 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …